28
Oct
एकातिर झलमल्ल कञ्चनजङ्घाको मुस्कान अर्कातिर तापक्रम क्रमशः घट्दै गइरहेको छ। अक्टोबरको अन्त्यसितै दार्जीलिङ पहाड़ र वरिपरिका पर्यटन स्थलहरू पर्यटकले खचाखच भरिएका छन्। मुख्य शहर मात्र होइन छेउछाउका पकेट रूटहरूमा पनि होटल र होमस्टेहरूमा पर्यटकहरूको बाक्लो भीड़ छ। वाहन चालकहरूको अनुहारमा पनि मुस्कान देखिन्छ। केही चालकहरू त एकै दिनमा तीनपल्ट यात्री लिएर दार्जीलिङ-सिगढ़ी कुदिरहेका छन्। चालकहरूको भनाइअनुसार यस महीनाको पछिल्ला दुई दिनमै तिनीहरूले सबैभन्दा बढ़ी आम्दानी गरेका छन्। मल रोडदेखि रिङ्क मल रोड, भानु भवन वरिपरि, महाकाल मन्दिर क्षेत्र सबै ठाउँमा पर्यटकहरूको भीड़ देखिन्छ।मङ्गलवारसम्म राज्यमा लगातार बिदा छ। आइतवार स्वाभाविक रूपमा साप्ताहिक बिदा, त्यसमा सोमवार र मङ्गलवार छठ पर्वको बिदा छ।…
