26
Dec
एकतर्फ एशियन फोक फेष्ट अर्कातिर क्रिसमस। यी दुई आकर्षणले गर्दा लाटागुड़ी पर्यटकहरूले भरिएको छ। तर लाटागुड़ी आएर फोक फेष्टको आनन्द लिए पनि पर्यटकहरूले जङ्गल सफारी गर्न पाएनन्। बुधवार साप्ताहिक बिदाको रूपमा लाटागुड़ी जङ्गल बन्द रहन्छ। त्यसैले नजिकै पुगेर पनि जङ्गलभित्र छिर्न नपाउँदा धेरै पर्यटकहरू निराश बने। यसअघि पनि धेरैपल्ट साप्ताहिक बिदा हुँदाहुँदै पर्यटकहरूको भीड़लाई ध्यानमा राखेर वन विभागले सफारीको अनुमति दिएको थियो। यो वर्ष भने वन विभागले सफारी खुल्ला राख्ने अनुरोध अस्वीकार गरिदिको छ। क्रिसमसदेखि नयाँ वर्षको आरम्भसम्म डुवर्सका सबै ठाउँहरूमा पर्यटकहरूको अत्यधिक भीड़ हुने अनुमान पर्यटन व्यवसायीहरूले अग्रिम बुकिङबाट नै गरेका थिए। यसमा लाटागुड़ी पनि अपवाद भएन। जङ्गल भ्रमण,…
