28
Feb
उत्तर बङ्गाल र दार्जिलिङको पहाडी पर्यटन उद्योगलाई प्रवद्र्धन गर्न चौथो बंगाल हिमालयन कार्निवल आयोजना हुन लागेको हो । यस कार्निवलमार्फत डुअर्सको पर्यटन विकासका लागि छुट्टै विकास बोर्ड गठन गर्नुपर्ने मागमा जोड दिइनेछ ।हिमालयन हस्पिटालिटी एण्ड टुरिजम डेभलपमेन्ट नेटवर्कका सदस्यहरुले पत्रकार सम्मेलन गरी सो जानकारी दिएका हुन् । चैत १, २ र ३ गते लाटागुडी, जलढाका र मिरिकमा यो कार्निभल आयोजना गरिने उनले जानकारी दिए । पहिलो दिन लाटागुरी, दोस्रो दिन जलढाका र तेस्रो दिन मिरिकमा कार्निभल हुनेछ । हिमालयन हस्पिटालिटी एण्ड टुरिजम डेभलपमेन्ट नेटवर्कले प्रदेशको पर्यटन विभागसँगको सहकार्यमा कार्निभल आयोजना गर्न लागेको हो ।बुधबार सिलगढी जर्नलिस्ट क्लबमा सञ्चारकर्मीसँग भेट गर्दै…
