West Bengal

जलपाईगुडी जिल्ला प्रहरीले अन्तर्राष्ट्रिय लागूऔषध विरोधी दिवसमा म्याराथन दौड

जलपाईगुडी जिल्ला प्रहरीले अन्तर्राष्ट्रिय लागूऔषध विरोधी दिवसमा म्याराथन दौड

अन्तर्राष्ट्रिय लागूऔषध विरोधी दिवसमा आज जलपाईगुडी प्रहरीको विभिन्न कार्यक्रम आयोजना गरियो।यो दिन जुन २६ बिहीबार विश्वभर लागूऔषध विरोधी दिवसको रूपमा मनाइन्छ। यस अवसरमा जलपाईगुडी जिल्ला प्रहरीले जिल्लाभर म्याराथन दौड, सेमिनार, विद्यार्थीहरूसँग जुलुस आदि जस्ता विशेष लागूऔषध विरोधी जागरूकता कार्यक्रमहरू आयोजना गर्‍यो। यस सन्दर्भमा जिल्ला प्रहरी उपरीक्षक उमेश खाँड बहलले भने, आज हामी विभिन्न कार्यक्रमहरू मार्फत विश्वसँग उचित तरिकाले लागूऔषध विरोधी दिवस मनाइरहेका छौं र लागूऔषध विरोधी चेतना पनि फैलाइरहेका छौं।
Read More
घर घर जगन्नाथको महाप्रसाद

घर घर जगन्नाथको महाप्रसाद

द्वारे राशनमार्फत दिघाको जगन्नाथ मन्दिरको प्रसाद घर-घरमा वितरण गर्ने कार्य राजगञ्जमा आरम्भ भएको छ। पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीको वाचाअनुसार जगन्नाथ मन्दिरको महाप्रसाद घर-घरमा पुर्यादउने अभियानको शुभारम्भ गरिएको हो। शुक्रवारदेखि राजगञ्ज ब्लकको बिन्नागुड़ी ग्राम पञ्चायतअन्तर्गत साहुडाङ्गी वरिपरिको क्षेत्रमा द्वारे राशन योजनामार्फत यो विशेष प्रसाद वितरण भइरहेको छ। बितेको महीनाको अक्षय तृतीयाको दिन मुख्यमन्त्रीले दिघा समुद्र किनारमा नवनिर्मित जगन्नाथ मन्दिरको उद्घाटन गरेकी थिइन्। त्यसै अवसरमा राज्यका प्रत्येक नागरिकले जगन्नाथ देवको आशीष पाउन सकून् भनेर मन्दिरको महाप्रसाद घर-घरमा पुर्यागइने तिनले घोषणा गरेकी थिइन्। सोही घोषणाअनुसार अहिले राजगञ्जमा महाप्रसाद वितरण आरम्भ गरिएको हो।प्राप्त जानकारीअनुसार यो प्रसाद वितरण 20 जूनदेखि आरम्भ भई 26 जूनसम्म…
Read More
खोरमा थुनुवा वयस्क चितुवाश्

खोरमा थुनुवा वयस्क चितुवाश्

वन विभागको थापेको खोरमा थुनुवा परेको छ एउटा वयस्क चितुवा। घटना मटेली ब्लकको सामसिङ चियाबारीको हो। बिहीवार राति चियाबारीको लोअर लाइनमा राखिएको खोरमा उक्त चितुवा थुनुवा परेको हो। रातको समयमा स्थानीय वासिन्दाहरूले चितुवाको गर्जन सुने। नजिक पुगेर हेर्दा एक वयस्क चितुवा खोरभित्र थुनुवा परेको थियो। त्यसबारे वन विभागको खुनिया मोड़ स्क्वाड र नेउरा साउथ रेञ्जलाई जानकारी दिइयो। वन कर्मचारीहरू घटनास्थलमा आएर खोरसहित चितुवालाई उद्धार गरी लगे। चितुवालाई गोरुमारा जङ्गलमा छोडिने वन विभागले बताएको छ। पछिल्ला केही दिनदेखि उक्त क्षेत्रमा लगातार चितुवाको आक्रमण भइरहेको जानकारी छ। साँझपख चितुवाले घरबाट बाख्रा, सुङ्गुर जस्ता पाल्तु जनावरहरू उठाएर लैजाने घटना भइरहेको थियो। झण्डै एक…
Read More
बङ्गलादेशी छात्रबारे बढ्दै रहस्य

बङ्गलादेशी छात्रबारे बढ्दै रहस्य

शारीरिक रूपमा उपस्थित नभई बङ्गलादेश फर्किएको छु भनेर उल्लेख गर्दै विश्वविद्यालय प्रशासनलाई इमेल गरेर बेपत्ता भएका छन् विवादित बङ्गलादेशी छात्र शान भौमिक। बुधवार बिहान 7 बजी उत्तर बङ्गाल विश्वविद्यालयका संयुक्त रजिष्ट्रार स्वप्नकुमार रक्षितलाई शान भौमिकको इमेल प्राप्त भयो। उक्त इमेलमा भौमिकले आफू स्वदेश फर्किएको उल्लेख गरेका छन्। विद्यार्थी भिसामा भारत आएका शान भौमिक अवैधानिक रूपमा शिक्षण कार्यमा संलग्न भएका तथ्य सार्वजनिक भएपछि हङ्गामा मच्चिएको छ। मङ्गलवार स्वप्नकुमारले शान भौमिकलाई 48 घण्टाभित्र पासपोर्ट र भिसासहित आफ्नो कार्यालयमा उपस्थित हुने निर्देशन दिएका थिए। तर किन शान उपस्थित भएनन् भन्ने प्रश्नको उत्तर अहिलेसम्म पाइएको छैन। के तिनका पासपोर्ट वा भिसा सम्बन्धी कागजातहरूमा कुनै…
Read More
शरीरमा धेरै चोट बोकेरै मृत्यु भयो हात्तीको

शरीरमा धेरै चोट बोकेरै मृत्यु भयो हात्तीको

पहिले बुलडोजरको ठक्कर त्यसपछि अर्को जङ्गली हात्तीको आक्रमण। एकपछि अर्को चोटका कारण जलपाइगढ़ीको एउटा जङ्गली हात्तीको शरीरमा गम्भीर घाउ बनेको थियो। लामो समयदेखि घाइते अवस्थामा त्यो हात्ती बस्ती क्षेत्रमा डुलिरहेको थियो। बितेको बिहीवार वन विभागले त्यस हात्तीको उपचारको व्यवस्था गरेको थियो। तर त्यसले काम गरेन। अन्ततः मङ्गलवार उक्त हात्तीको मृत्यु भयो। प्राप्त सूचनाअनुसार उक्त जङ्गली हात्ती गत फरवरीमा आपालचाँद रेञ्जको जङ्गलबाट नेपुचापुरतिर आएको थियो। त्यहाँ एउटा कङ्क्रिटको घरमा ठोक्किएको थियो। त्यो दिन एउटा बुलडोजरले समेत हात्तीलाई ठक्कर दिएको थियो। त्यसमा हात्तीको शरीरमा धेरै चोटपटक लागेको थियो। यसरी घाइते अवस्थामा पनि हात्ती लामो समयसम्म बस्ती क्षेत्रमा डुलिरह्यो। हात्तीको उपचारको माग गर्दै…
Read More
नियम तोड़ेर शिक्षक बने बङ्गलादेशी

नियम तोड़ेर शिक्षक बने बङ्गलादेशी

विद्यार्थी भिसामा भारत आएर कानून विपरीत उत्तर बङ्गाल विश्वविद्यालयको मास कम्युनिकेशन विभागमा गेष्ट फ्याकल्टी (अतिथि शिक्षक) को रूपमा कार्यरत छन् एकजना बङ्गलादेशी युवक। यो तथ्य बाहिर आएपछि चारैतिर हङ्गामा मच्चिएको छ। आरोपीको नाम शान भौमिक हो। विश्वविद्यालयका कागजातअनुसार दुई वर्षको विद्यार्थी भिसा लिएर शान भौमिकले मास कम्युनिकेशन विभागबाट स्नातकोत्तर अध्ययन पूरा गरेका थिए। हालै तिनको भिसा अवधि बढ़ाइएको छ। विद्यार्थी भिसामा भारत आएका विदेशी नागरिकलाई कसरी अतिथि शिक्षक नियुक्त गरियो भन्ने प्रश्न उठिरहेको छ। विश्वविद्यालय अनुदान आयोगको नियमअनुसार स्नातकोत्तर स्तरमा अध्यापन गर्न न्यूनतम योग्यता एनईटी वा एसईटी उत्तीर्ण गरेको हुनु अनिवार्य छ। साथै विद्यवारिधि पनि आवश्यक हुन्छ। तर ती योग्यता…
Read More
कङ्ग्रेसका सबै पदबाट शङ्कर मालाकरलाई हटाइयो

कङ्ग्रेसका सबै पदबाट शङ्कर मालाकरलाई हटाइयो

दार्जीलिङ जिल्ला कङ्ग्रेस समितिका अध्यक्षसहित राष्ट्रिय कङ्ग्रेसका सबै पदबाट शङ्कर मलाकरलाई हटाइएको छ। बुधवार प्रेस विज्ञप्तिमार्फत कङ्ग्रेसले शङ्कर मालाकरलाई सबै पदबाट हटाइएको जानकारी दिएको हो। मालाकरको स्थानमा अस्थायी रूपमा सुबीन भौमिक, अलकेश चक्रवर्तीलगायत अन्य चार नेताले जिम्मावारी सम्हाल्नेछन्।आज कङ्ग्रेसले दार्जीलिङ जिल्लाका प्रभावशाली कङ्ग्रेस नेता शङ्कर मलाकरलाई हटाउने विषयमा जारी गरिएको प्रेस विज्ञप्तिमा स्पष्ट रूपमा लेखिएको छ दार्जीलिङ जिल्ला कङ्ग्रेस समितिका अध्यक्षसहित राष्ट्रिय कङ्ग्रेसका सबै पदबाट शङ्कर मालाकरलाई हटाइएको छ। साथै दार्जीलिङ जिल्लाका दैनिक कार्यहरू हेर्नका लागि एउटा समिति गठन गरिएको छ। भारतीय राष्ट्रिय कङ्ग्रेस समितिबाट नयाँ कुनै निर्देशन नआएसम्म नयाँ समितिले नै दार्जीलिङ जिल्लामा कङ्ग्रेसका सबै कामकाज सञ्चालन गर्नेछ।वर्तमान अवस्थामा…
Read More
डोरी बाँधेर रेल पुलबाट नदीमा हाम फाल्दा 11 लाई जरिमाना

डोरी बाँधेर रेल पुलबाट नदीमा हाम फाल्दा 11 लाई जरिमाना

बग्दै आइरहेको काठ सङ्कलन गर्न ज्यानको जोखिम उठाएर धेरैजना टिस्टा नदीमा हाम फाल्न थालेका छन्। कोही त डोरीले कम्मरमा बाँधेर रेलको पुलबाट बगिरहेको नदीमा नै पस्छन्। जलपाइगढ़ीको टिस्टा किनारमा बसोवास गर्ने केही वासिन्दाहरूले यस्तो जोखिमपूर्ण कार्य गरिरहेका छन्। यसकारण रेलवे सुरक्षा बल (आरपीएफ) र सरकारी रेलवे पुलिस (जीआरपी) ले एघाह्रजनालाई जरिमाना गरेका छन्। आरपीएफअनुसार, रेलको पुल प्रयोग गरेर काठ सङ्कलन गर्ने क्रममा जुन सुकै बेला ठूलो दुर्घटना हुन सक्छ। त्यसैले यस्तो कार्य रोक्न जरिमाना गरिएको हो। त्यससितै पुलमा निगरानी पनि बढ़ाइएको छ।नदीमा बग्दै आइरहेको काठ सङ्कलन गर्न यहाँको नयाँ अभ्यास होइन। टिस्टा किनारका वासिन्दाहरूले यी काठहरू खाना पकाउन इन्धनको रूपमा…
Read More
विश्व साइकल दिवसमा, साइकल प्रेमीहरू कोलकाताको सडकमा निस्किए, प्रदूषण कम गर्न साइकल अपनाउन अपील गरे

विश्व साइकल दिवसमा, साइकल प्रेमीहरू कोलकाताको सडकमा निस्किए, प्रदूषण कम गर्न साइकल अपनाउन अपील गरे

विश्व साइकल दिवसमा आज कोलकाताका विभिन्न स्थानहरूमा मैदानमा साइकल प्रेमीहरूको भीड देखियो। आज बिहान साइकल प्रेमीहरूले नयाँ पुस्तालाई अपील गरे। सन्देश दिन, उनले मैदान वरिपरि साइकल यात्रा गरे। उनले भिक्टोरिया नर्थ गेटबाट मैदानका विभिन्न भागहरूको भ्रमण गरे। साइकल प्रेमीहरूको समूहमा दुई सगरमाथा विजेता पर्वतारोही देबाशिष विश्वास र मलय मुखर्जी पनि थिए। यो कुरा ध्यान दिन लायक छ कि उच्च गतिको वर्तमान युगमा, आज यी व्यक्तिहरूले मानिसहरूलाई साइकल चलाउन प्रेरित गरे, यो द्रुत गतिको युगमा साइकल चलाउँदा तनाव कम हुन्छ भन्ने सन्देश दिएर। यसका साथै, साइकल प्रेमीहरूलाई कोलकातालाई प्रदूषणमुक्त राख्न साइकल चलाउन अपील गरिएको थियो।
Read More
बुढ़ी तोर्षा नदीबाट बालुवा-ढुङ्गाको तस्करी

बुढ़ी तोर्षा नदीबाट बालुवा-ढुङ्गाको तस्करी

एक समय थियो जब चराको चिरबिर र वन्यजन्तुको आवाजले कुञ्जनगरका वासिन्दाहरूको निद्रा खुल्थ्यो। तर अहिले गाउँलेहरू ट्र्याक्टरको गर्जनले ब्युझिन्छन्। बिहान उठ्न साथ हेर्दा सड़कभरि बालुवा र ढुङ्गा छरिएको हुन्छ। अहिले कुञ्जनगरको बुढ़ी तोर्षा नदी खनेर बग्रेल्तै बालुवा–ढुङ्गा तस्करी भइरहेको छ। यद्यपि फालाकाटामा कुनै पनि नदीबाट बालुवा वा ढुङ्गा उठाउने रोयल्टी नरहेको भू–विभागले जानकारी दिएको छ। त्यसो भए बुढ़ी तोर्षामा के भइरहेको छ? प्रशासनका अधिकारीहरूसित यसको कुनै जवाब छैन। बुढ़ी तोर्षा नदीबाट बालुवा–ढुङ्गा निकाल्दा पर्यावरणीय सन्तुलनमाथि गम्भीर प्रभाव परेको धारणा पर्यावरणविद्हरूको छ। यहाँसम्म कि वन विभागका धेरै अधिकारीहरूले पनि यसलाई स्वीकार गरेका छन्। अहिले नै ठूलो परिमाणमा बालुवा–ढुङ्गा उठाउँदा नदी कटान…
Read More