04
Sep
आज पश्चिम बङ्गाल विधानसभामा उत्पत्त अवस्था देखियो। मुख्यमन्त्री ममता ब्यानर्जीको भाषणको कारण बिहीवार दिउँसो विधानसभाको विशेष अधिवेशनमा निकै तनाउ चर्कियो। मुख्यमन्त्रीले बोल्न आरम्भ गर्न साथ भाजपाका विधायकहरू आक्रोशित भए। किन तिनीहरूको आवाज दबइयो? किन बोल्न दिइएन? भनेर भाजपा विधायकहरूले प्रश्न उठाए। तब नै होहल्ला, नाराबाजी अनि टेबल ठटाइने काम आरम्भ भयो।मुख्यमन्त्रीको भाषण बीचैमा भाजपा विधायकहरूले सभामुखलाई घेरे। स्थिति नियन्त्रणमा ल्याउन सभामुख विमान बन्दोपाध्यायले भरमग्दुर प्रयास गरे। भाजपाका विधायकहरूमध्ये सबैभन्दा सक्रिय थिए सिलगढ़ीका विधायक शङ्कर घोष। सभामुखले शङ्कर घोषलाई निलम्बन गरे। त्यसपछि स्थिति अझै नियन्त्रणभन्दा बाहिर गयो। मार्शलहरू शङ्कर घोषलाई सदनबाट बाहिर निकाल्न जाँदा नाटकीय तानातानी आरम्भ भयो। शङ्कर घोष विधानसभादेखि…
