15
Oct
दार्जीलिङका नौवटा ब्लक र चारवटा महकुमालाई सबैभन्दा बढ़ी प्रभाव परेको छ। 1300 भन्दा बढ़ी मानिसहरूलाई विपद्बाट उद्धार गरिएको छ। हिमाली क्षेत्रको अवस्थाको समीक्षा गर्दै बुधवार मुख्यमन्त्री ममता ब्यानर्जीले जिल्ला अधिकारी, पुलिस अधीक्षकलगायत प्रशासनिक अधिकारीहरूसित बैठक गरिन्। दार्जीलिङमा आयोजित उक्त प्रशासनिक बैठकमा मुख्यमन्त्रीले यस्तो जनाएकी हुन्। प्राकृतिक आपदाले प्रभावित उत्तर बङ्गालमा नै अहिले मुख्यमन्त्री उपस्थित छिन्। उत्तर बङ्गालमा अहिलेसम्म राज्य सरकारले के के कार्य गरेको छ, त्यसको विस्तृत विवरण तिनले प्रस्तुत गरिन्। त्यसै सन्दर्भमा केही गुनासो गर्दै तिनले भनिन्, कसैबाट एक पैसासम्म पाएको छैन। तर पनि राज्य सरकारले धेरै काम गरेको छ।बैठकमा पहाड़को समग्र क्षति, पुनर्निर्माणको रूपरेखा तथा राहत र उद्धार…
