23
May
बिहीवार प्रधानमन्त्री नरेन्द्र मोदीले देशका विभिन्न स्थानका 103 वटा अमृत भारत रेल परियोजनाअन्तर्गत स्टेशनहरूको उद्घाटन गरे। तीमध्ये दक्षिण बङ्गालका तीनवटा र आसामको एउटा स्टेशन परे पनि उत्तर बङ्गालको कुनै पनि स्टेशन परेका छैन। उद्घाटन भएका ती स्टेशनहरूसितै लगभग एकै समयमा अलिपुरद्वार डिभिजनका 15 स्टेशनमा पनि कार्य आरम्भ भएको थियो। प्राप्त जानकारीअनुसार, उत्तरबङ्गका ती स्टेशनहरूमा कार्यको गति निकै सुस्त छ। विभिन्न कारणले यी स्टेशनहरूको आधुनिकीकरणको कार्य सुस्त गतिमा भइरहेको आरोप छ।त्यसैले बिहीवार उद्घाटन गरिएका सूचीमा उत्तर बङ्गालको कुनै पनि स्टेशन परेन। अर्को हप्ता प्रधानमन्त्री नरेन्द्र मोदी अलिपुरद्वार आउने छन्। तर यति धेरै स्टेशनहरूको उद्घाटन गरिँदा अलिपुरद्वार डिभिजनको एउटै स्टेशन नपर्दा विवाद…
