13
Jun
वन विभागको थापेको खोरमा थुनुवा परेको छ एउटा वयस्क चितुवा। घटना मटेली ब्लकको सामसिङ चियाबारीको हो। बिहीवार राति चियाबारीको लोअर लाइनमा राखिएको खोरमा उक्त चितुवा थुनुवा परेको हो। रातको समयमा स्थानीय वासिन्दाहरूले चितुवाको गर्जन सुने। नजिक पुगेर हेर्दा एक वयस्क चितुवा खोरभित्र थुनुवा परेको थियो। त्यसबारे वन विभागको खुनिया मोड़ स्क्वाड र नेउरा साउथ रेञ्जलाई जानकारी दिइयो। वन कर्मचारीहरू घटनास्थलमा आएर खोरसहित चितुवालाई उद्धार गरी लगे। चितुवालाई गोरुमारा जङ्गलमा छोडिने वन विभागले बताएको छ। पछिल्ला केही दिनदेखि उक्त क्षेत्रमा लगातार चितुवाको आक्रमण भइरहेको जानकारी छ। साँझपख चितुवाले घरबाट बाख्रा, सुङ्गुर जस्ता पाल्तु जनावरहरू उठाएर लैजाने घटना भइरहेको थियो। झण्डै एक…
