West Bengal

कोचबिहार नगरपालिकाद्वारा सात वर्षपछि ऱाशि फिर्ता

कोचबिहार नगरपालिकाद्वारा सात वर्षपछि ऱाशि फिर्ता

सन् 2018-19 मा तत्कालीन नगर बोर्डले कोचबिहार नगरपालिकाको पुरानो भवन भत्काएर पीपीपी मोडलमा आधुनिक भवन निर्माण गर्ने योजना बनाएको थियो। त्यसताका नगरपालिकाका चेयरम्यान भूषण सिंहले उक्त पहल गरेका थिए। उक्त योजनाका लागि नगरपालिकाले कलकत्ताको एउटा एजेन्सीसित छलफल गरेपछि उक्त संस्थाले नगरपालिकाको ब्याङ्क खातामा 20 लाख रुपियाँ जम्मा गऱ्यो। पुरानो भवन भत्काएर जी प्लस फाइभ अर्थात् पाँच तल्ले आधुनिक भवन बनाउने योजना बनाइएको थियो जसमा तीन तल्ला नगरपालिका आफैले प्रयोग गर्ने अनि बाँकी तल्ला एजेन्सीलाई सुपुर्द गर्ने चुक्ति भएको थियो। तर नगरपालिकाको उक्त निर्णयमा विवाद सिर्जना हुँदा उक्त योजना स्वीकृत हुन सकेन साथै भूषण सिंह पनि नगरपालिका अध्यक्षको पदमा पनि रहेनन्।…
Read More
एसआईआर घोषणापछि एकपछि अर्को अस्वाभाविक मृत्यु

एसआईआर घोषणापछि एकपछि अर्को अस्वाभाविक मृत्यु

मतदाता सूचीको विशेष गहन संशोधन (एसआईआर) को वातावरणमा फेरि एकै दिन दुईजनाको मृत्युको आरोप उठेको छ। एउटा घटना उत्तर बङ्गालको जलपाइगढ़ीको धूपगुड़ीमा भएको हो भने अर्को मुर्शिदाबादको बहरमपुरमा भएको हो। धूपगुड़ीमा बूथ लेभल अफिसर (बीएलओ) घरमा फारम दिन गएको केही क्षणमै हृदयाघातका कारण एक वृद्धको मृत्यु भयो। अर्कातिर एसआईआर घोषणा भएपछि 4 देखि 6 नोभेम्बरसम्म मुर्शिदाबाद जिल्लामा चारजनाको असामान्य मृत्यु भएको खबर छ।धूपगुड़ीमा मृत्यु भएको वृद्धको नाम लालुराम बर्मन (71) हो। तिनी बारोघरिया 1 ग्राम पञ्चायतको दक्षिण डाङ्गापाड़ा क्षेत्रका वासिन्दा थिए। परिवारअनुसार सन् 2002 को मतदाता सूचीमा लालुराम बर्मनको नाम नरहेको कारण केही दिनदेखि तिनी तनाउमा थिए। बिहीवार बेलुकी बीएलओ…
Read More
वृद्धाको दुईवटा मतदाता परिचयपत्र

वृद्धाको दुईवटा मतदाता परिचयपत्र

एसआईआरको प्रक्रिया चलाउँदा एउटै वृद्धाको दुईवटा मतदाता परिचयपत्र फेला परेको घटना प्रकाशमा आएको छ। एउटै व्यक्तिको नाममा दुईवटा अलग-अलग फोटोसहित परिचयपत्र छन्। दुवै मतदाता कार्डमा वृद्धाको नाम र ठेगाना एकै भए पनि एपिक नम्बर अनि अभिभावकको नाम अलग–अलग छन्। एउटा कार्डमा लिङ्ग पुरुष र अर्कोमा महिला उल्लेख गरिएको छ। मतदाता सूचीमा पनि तिनको नाम दुईपल्ट सूचीकृत छ। बालुरघाट नगरपालिकाको 8 नम्बर वार्डको मङ्गलपुर क्षेत्रमा एसआईआर फारम बुझाउने क्रममा बीएलओको नजरमा यस्तो घटना फेला परेको हो। त्यसपछि विवाद सिर्जना भयो। बीएलओले तुरुन्तै उक्त विषयबारे बीडीओ कार्यालयलाई जानकारी गराए। बिहीवार नै अधिकारीहरू वृद्धाको घर पुग्ने जानकारी पनि प्राप्त भएको छ। यसरी तृणमूलले…
Read More
धम्कीको आरोपमा युवक पक्राउ

धम्कीको आरोपमा युवक पक्राउ

डेढ़ महीनाअघि नयाँ दिल्लीमा दुई समूहबीच भएको झड़प र एकार्कामाथि भएको प्राणघातक आक्रमणको जाँचको क्रममा दिल्ली पुलिसले सिलगढ़ीसित सम्बन्ध रहेको थाहा पाएको छ। त्यसै मामिलामा बुधवार फरीदाबाद साइबर क्राइम थाना पुलिसले सिलगढ़ीका वासिन्दा ऋतम महाजनलाई पक्राउ गरेको छ। बिहीवार पक्राउ परेका ऋतम महाजनलाई जलपाइगढ़ी न्यायालयमा प्रस्तुत गरी ट्राञ्जिट रिमाण्डमा नयाँ दिल्ली लगिएको छ। पुलिसअनुसार, झण्डै डेढ़ महीनाअघि दुई समूहबीच ठूलो झड़प भएको थियो। एक व्यक्तिमाथि धारिलो हतियारले प्राणघातक हमला गरिएको आरोप छ। घाइते व्यक्तिले पुलिसमा उजुरी गरेपछि जाँचका क्रममा सातजना पक्राउ परेका थिए। पछि सोही घाइते व्यक्तिले फरीदाबाद साइबर क्राइम थानामा अर्को उजुरी दर्ता गरे जसमा तिनले ऋतमको फोन नम्बर…
Read More
भाजपा बीएलएसित कुटपिटको आरोप

भाजपा बीएलएसित कुटपिटको आरोप

मतदाता सूचीको विशेष गहन संशोधन (एसआईआर) अन्तर्गत एन्युमरेशन फारम वितरणबारे कोचबिहारको माथाभाङ्गा 1 ब्लकको पचागढ़ ग्राम पञ्चायतको 239 नम्बर बूथमा तनाउ उत्पन्न भयो। छाटखाटेरबारी क्षेत्रमा भाजपा बूथ लेभल एजेण्ट निवास दासलाई दुर्व्यवहार गरिएको आरोप छ। निवास दासलाई जुत्ताको माला लगाएर गाउँभरि घुमाइएको तृणमूल कङ्ग्रेसमाथि आरोप लागेको छ। भाजपाको आरोपअनुसार, बीएलओ निशीथ राय अनि तृणमूलका केही स्थानीय नेताहरूले मिलेमतो गरेर यस्तो गरेका हुन्। यस घटनाको कारण बिहीवार माथाभाङ्गामा तनाउ सिर्जना भयो। स्थिति नियन्त्रणमा लिन घटनास्थलमा ठूलो सङ्ख्यामा पुलिस तैनाथ गरिएको छ।भाजपा बीएलए निवास दासले भने, मैले फोन गरेपछि बीएलओले हामी धर्म चक्रवर्तीको घरमा आएका छौँ अनि तपाईँ पनि यहाँ आउनुहोस् भनेर…
Read More
बंगाल: भगवानगोलामा सनसनी! छतबाट बमले भरिएको झोला बरामद, दुई युवा पक्राउ

बंगाल: भगवानगोलामा सनसनी! छतबाट बमले भरिएको झोला बरामद, दुई युवा पक्राउ

सोमबार, मुर्शिदाबाद जिल्लाको भगवानगोला प्रहरी चौकी क्षेत्राधिकार अन्तर्गत खुलारपुकुर पश्चिम हाजीपारा क्षेत्रको एक घरको छतबाट प्रहरीले सकेट बमले भरिएको झोला बरामद गरेको छ। यो घटनाले सम्पूर्ण क्षेत्रमा आतंक मच्चाएको छ। प्रहरी स्रोतका अनुसार मुर्शिदाबाद जिल्ला प्रहरी हेल्पलाइनले खुलारपुकुरको एक घरमा लुकाइएको बमको बारेमा जानकारी प्राप्त गरेको थियो। जानकारीको आधारमा, भगवानगोला प्रहरीले घरमा छापा मारेर छतबाट बमले भरिएको झोला बरामद गरेको छ। घरका मालिक अहमद जमाल हाल फरार छन् भने प्रहरीले उनका दुई छोराहरू - मतिन शेख र आदिल शेख - लाई हिरासतमा लिएर प्रहरी चौकीमा लगेको छ। प्रहरीले अब छतमा बम कसरी पुग्यो र अरु को को संलग्न छन् भन्ने…
Read More
क्यान्सर ब्लकको परिसेवा आरम्भमा विलम्ब

क्यान्सर ब्लकको परिसेवा आरम्भमा विलम्ब

उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पतालमा निर्माणाधीन क्यान्सर ब्लकको निर्माण कार्यमा चरम विलम्बबारे प्रश्न उठिरहेको छ। जुन गतिमा काम हुनुपर्ने थियो त्यो हुँदै नभएको आरोप छ। त्यसैले दिसम्बरदेखि सेवा आरम्भ गर्ने योजना अब लगभग असम्भव भएको छ। राज्यका मुख्य सचिव अनि स्वास्थ्य विभाग सचिवले अस्पताल निरीक्षणका क्रममा दिसम्बरसम्म कार्य पूरा गर्ने निर्देशन दिएका थिए। दिसम्बरदेखि क्यान्सर बल्कमा ओपीडी सेवा आरम्भ हुने रोगी कल्याण समितिको बैठकहरूमा पनि पटक–पटक भनिएको थियो।तर अहिले अस्पताल प्रशासनले नै त्यो सम्भव नहुने सङ्केत दिएको छ। उत्तर बङ्गाल मेडिकल कलेजका सुपरिण्टेण्डेण्ट डा. सञ्जय मलिकले भने, दिसम्बरको पहिलो हप्तादेखि क्यान्सर ब्लकमा ओपीडी सेवा आरम्भ गर्ने योजना थियो। तर…
Read More
बालुरघाटको सौर्यदीपले बलिउडमा चर्चा सिर्जना गर्छ – फिल्म “थामा” को गीतले मन जित्छ

बालुरघाटको सौर्यदीपले बलिउडमा चर्चा सिर्जना गर्छ – फिल्म “थामा” को गीतले मन जित्छ

भनिन्छ कि इमानदारी, धैर्य, समर्पण र कडा परिश्रमले व्यक्तिको भाग्य परिवर्तन गर्न सक्छ। दक्षिण दिनाजपुर जिल्लाको बालुरघाटका निवासी सौर्यदीप सरकारले त्यही हासिल गरेका छन्। उनी सानो शहरबाट सिधै मुम्बईको बलिउडमा यात्रा गरेका छन्। निर्देशक अमर कौशिकको हालै रिलिज भएको फिल्म "थामा" मा सौर्यदीपले गाएको हृदयस्पर्शी गीत "रहे ना रहे हम" देशभर गुन्जिएको छ। अमिताभ भट्टाचार्यद्वारा लेखिएको शब्द र सचिन-जिगरको संगीतमा, सौर्यदीपले गीतमा आफ्नो भावपूर्ण स्वर दिएका छन्। फिल्ममा आयुष्मान खुराना, रश्मिका मन्डाना, परेश रावल र नवाजुद्दीन सिद्दीकीले अभिनय गरेका छन्। गीत सामाजिक सञ्जालमा ट्रेन्डिङ भइरहेको छ र सौर्यदीपको नाम सबैको ओठमा छ। सम्पूर्ण दक्षिण दिनाजपुर उनको उल्लेखनीय यात्रामा गर्व गर्दछ।…
Read More
आँगनबाड़ी कर्मचारीहरूद्वारा स्मार्टफोन योजनाविरुद्ध विरोध प्रदर्शन

आँगनबाड़ी कर्मचारीहरूद्वारा स्मार्टफोन योजनाविरुद्ध विरोध प्रदर्शन

पश्चिम बङ्गाल आँगनबाड़ी कर्मचारी एवं सहायिका कल्याण समिति, जोरबङ्गलो–सुकेपोखरी शाखाले राज्य सरकारले एकीकृत बाल विकास परियोजनाअन्तर्गत आँगनबाड़ी कार्यकर्ताहरूलाई 5जी स्मार्टफोन किन्नका लागि उपलब्ध गराएको 10 हजार रुपियाँको अनुदानविरुद्ध आज तीव्र विरोध जनाएको छ। समितिका प्रतिनिधिहरूले आज सुकेपोखरी स्थित बाल विकास परियोजना कार्यालयमा परियोजना अधिकारी रिञ्छेन लामा यल्मोलाई ज्ञापन पत्र बुझाउँदै राज्यको निर्णयप्रति आपत्ति जनाए। समितिकी सभानेत्री फुर्बा किमाअनुसार केन्द्र सरकारले सन् 2021 र 2026 मा क्रमशः 10 हजार र 8 हजार रुपियाँको सहयोग उपलब्ध गराएको भए पनि यसपटक राज्य सरकारले केवल 10 हजार रुपियाँ उपलब्ध गराएको छ र बाँकी 8 हजार रकम गायब भएको जनाएकी छिन्। तिनीअनुसार सरकारले अनिवार्य रूपमा…
Read More
नादियाको कृष्णनगरमा बुढी माँ जगधात्री पूजाको भव्य समारोहमा लाखौं भक्तजनको भिड लागेको थियो

नादियाको कृष्णनगरमा बुढी माँ जगधात्री पूजाको भव्य समारोहमा लाखौं भक्तजनको भिड लागेको थियो

नदिया जिल्लाको कृष्णनगरको चासापाडा बरोयारीमा आयोजित जगद्धात्री देवी ‘बुढी माँ’को पूजाआजाका लागि लाखौं भक्तजनको भीड लागेको छ । किलोग्राम सुनका गरगहनाले सजिएको देवीको मूर्ति भक्तजनको आस्थाको केन्द्र बनेको छ । भक्तजनले चढाएको चन्दा र गरगहनाले बुढी माँलाई सजाइएको छ। मानिसहरु आफ्नो परिवारको सुखसमृद्धि र विभिन्न मनोकांक्षा पुरा होस् भन्ने कामना गर्दै देवीदेवताको आशिर्वाद लिन्छन्। कृष्णनगरको चासपाडा बरोयारीमा यो प्रसिद्ध जगधात्री पूजा करिब २५३ वर्षदेखि चल्दै आएको छ। यो विश्वास गरिन्छ कि नदीका राजा कृष्णचन्द्र राईले जगधात्री पूजाको शुरुवात गरे, त्यसपछि यो परम्परा राज्य र देश भर फैलियो। जबकि चन्दननगरको जगधात्री पूजा यसको रोशनी र भव्य सजावटको लागि परिचित छ, नादियाको…
Read More