West Bengal

प्रधानमन्त्री मोदीलाई ममताको पत्र

प्रधानमन्त्री मोदीलाई ममताको पत्र

तृणमूल कंग्रेस पेट्रोलियम पदार्थहरूको मूल्यवृद्धिको प्रतिवाद जनाउँदै आउँदो १० र ११ जुलाई सड़कमा निस्किनेछ तर त्यसअघि सोमवार राज्की मुख्यमन्त्री ममता ब्यानर्जीले पेट्रोलियम पदार्थलगायत दैनिक आवश्यक सामग्रीहरूको मूल्यवृद्धिको प्रतिवाद जनाउँदै प्रधानमन्त्री नरेन्द्र मोदीलाई एउटा पत्र पठाइन् । पत्रमा मुख्यमन्त्रीले भनिन्, जस पेट्रोलियम पदार्थहरूको मूल्यवृद्धि भइरहेको छ त्यसले गर्दा साधारण मानिसहरूको जीवन कष्टकर भएको छ, यसबारे केन्द्र सरकारले हस्तक्षेप गर्नु उचित हुनेछ । तिनले भनिन्, पेट्रोलको प्रतिलिटर मूल्य केही राज्यहरूमा एक सय रुपियाँ नाघे छ, गत ४ मईदेखि आजसम्म केन्द्र सरकार डीजलको मूल्य आठपल्ट बढाइसक्यो, यसमध्ये जून महीनामा ६ पल्ट मूल्य बढ़ाइयो, यसको फलस्वरूप मानिसको जीवन कष्टकर भएको छ किनभने ईन्धनको मूल्यवृद्धिको…
Read More
लायन्स क्लबद्वारा कोभिड टीकाकरण शिविर

लायन्स क्लबद्वारा कोभिड टीकाकरण शिविर

खरसाङ लायन्स क्लब अनि सिलगढीको नर्थ बेगंल मेडिकाको आयोजनामा खरसाङको नयाँ बजार स्थित लायन्स सेवा केन्द्रमा कोविड टीकाकरण शिविर सम्पन्न भयो । बिहान ९ बजेदेखि बेलुकी ४ बजेसम्म सम्पन्न भएको यो शिविरमा जम्मा २ सय ५० जनालाई कोविड -१९ को टीका कोविशील्ड लगाइयो । टीकाकरणको कार्यक्रममा नर्थ बेगंल मेडिकाबाट ४ जना डाक्टर अनि ८ जना टेक्निसियनहरू टीकाकरणको निम्ति उपस्थित रहेका थिए । शिवरमा खरसाङ महकुमा अस्पतालका डाक्टर सुमन विश्वासले पनि सहयोग गरेका थिए टीकाकरण कार्यक्रमका परियोजना अध्यक्ष अश्विनी अग्रवालको देखरेखमा सम्पन्न यो शिविरमा टीकाकरणको निम्ति डाक्टर अनि टेक्निसियनहरूलाई लायन्स क्लबका सदस्यहरूले पनि सहयोग पुयाएका थिए । टीकाकरणको कार्यक्रम बारेमा बताउदै…
Read More
वनविभाग र स्काभेन्जरद्वारा प्लास्टिक फ्री-को आह्वान

वनविभाग र स्काभेन्जरद्वारा प्लास्टिक फ्री-को आह्वान

दार्जीलिङ वन विभाग अन्तर्गत पर्ने सिंचेल लेक रेञ्जले एक गैर सरकारी संस्थान स्काभेञ्जरसित संयुक्त रहेर विश्व प्लास्टिक फ्री डे पालन गर्दै सिम्कुना थर्ड माइलवासीको ३४ वटा दोकानेहरूलाई साथमा लिएर एक जनचेतना कार्यक्रम गरियो भनी वन विभागले अधिकारीले बताएका छन् । वन विभाग अधिकारीले बताए अनुसार वन विभागले एक अभियान आरम्भ गरेका छन्। विभागीय प्रमुख अधिकारी एसएस शेर्पाको नेतृत्वमा भइरहेको कार्यक्रममा प्लास्टिक फ्री सिंचेल बनाउने कार्य गरिरहेका छौ सिंचेल रेञ्जको भाग यो तीन माइल पनि हो । हाल यो क्षेत्रमा पनि मानिसहरूको जनसंख्या बड़ेकोले प्लास्टिक प्रयोग पनि बड़ेको छ। यसैले प्लास्टिकको नकरात्मक असर सिंचेल रेञ्जमा पनि पुराइरहेको छ। प्लास्टिकको नकरात्मक असर…
Read More
अविरल वर्षाले जनजीवन अस्त व्यस्त

अविरल वर्षाले जनजीवन अस्त व्यस्त

तीन दिनदेखि लगतार भएको वर्षाले खरसाङको जनजीवन अस्तव्यस्त बनेको छ । लगातार वर्षाको कारण खरसाङ बजारमा मानिसहरूको चहल पहल पातलो रहेको छ । सरकारको नयाँ दिशा निर्देश अनुसार अहिले बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म आवश्यक सामग्रीका राशन दोकान, सब्जी दोकान, मासु दोकान, माछा दोकान, फलफूल दोकान, दुध दोकान, खुल्ला रहने गरेको छ भने दैनिक आवश्यकताका सामग्री बाहेकका दोकान, लुगा दोकान, जुत्ता दोकान, हाईवेयर, इलेक्ट्रिकल, इलेक्ट्रोनिकका दोकान, श्रृंगारका दोकान, स्टेशनरी दोकान दिउँसो ११ बजेदेखि उता रातीसम्म खोलिने गरेको छ । यसरी पालै पालो गरेर दिनभरि नै दोकानहरू खुले तापनि बजारमा मानिसहरूको चहल पहल कोरोना संक्रमण अनि लगतार वर्षाको कारण न्यून…
Read More
पुनः खोलियो दार्जीलिङको ऐतिहासिक होटल

पुनः खोलियो दार्जीलिङको ऐतिहासिक होटल

दार्जीलिङ पहाड़को प्रसिद्ध तथा हेरिटेज होटल विण्डामेर होटल लकआउटलाई विण्डमेर होटल प्राइभेट लिमिटेडले फिर्ता लिएको छ । यो होटल शुक्रवारदेखि नै पुनः सञ्चालन भएको छ भने होटल कर्मचारीहरूले यस लकडाउन अवधिको वेतन ५० प्रतिशतको दरले पाउनेछन् अनि बंगाल लकडाउन सकिएपछि ६० प्रतिशतले साथै भारतको लकडाउन सकिएपछि सय प्रतिशत पूर्ण वेतन पाउनेछन् भनी दार्जीलिङ एसिस्टेण्ट लेबर कमिश्नर आशीष सुब्बाले बताए बुधवार सिलगड़ीमा एडिशनल लेबर कमिश्नरसितको त्रिपक्षीय बैठकमा लगभग ४ घण्टासम्म चलेको तर्कातर्कीपछि विण्डामेर होटलले होटल लकआउटको नोटिसलाई फिर्ता लिएको कुरा बताउँदै एएलसी आशीष सुब्बाले भने, गर्नको निम्ति सिलगढ़ी एडिशनल लेबर एएलसी म कहाँ भेट गरे, यस विषयमा कमिश्नर मोहम्मद विण्डामेर होटलको…
Read More
६ वर्षपछि खोलियो बाग्राकोट चियाबारी

६ वर्षपछि खोलियो बाग्राकोट चियाबारी

माल खण्डअन्तर्गत बाग्राकोट चियाबारी आजदेखि खोलिएको छ । धेरै सङ्घर्ष अनि बैठकहरू गरेर ६ वर्षपछि बाग्राकोट चियाबारी खोलिएको हो आदिवासी कल्याण विकास एवं अन्य पछौटे वर्गका मन्त्री बुलु चिकबराइक फिता काटेर चियाबारी खोले यस कार्यक्रममा मन्त्रीसँगै अलिपुरद्वार सांसद जोन बारला, चियाबारीका मालिक सुरजीत बक्सीसहित अन्य महानुभावहरू मञ्चमा उपस्थित थिए । बिहानैदेखि चियाबारी खोलिने खबरले श्रमिकहरू अत्यन्तै उत्साहित बनेका थिए । मुसलधारे पानीको पनि पर्वाह नगरी श्रमिकहरू नयाँ मालिकको एक झलक पाउन बिहानदेखि कुरेर बसेका थिए । मन्त्री बुलु चिकबराइकले भने, बाग्राकोट चियाबारीका श्रमिकहरूको सपना आज पूरा भएको छ । लामो समयदेखि यहाँका मानिसहरूले चियाबारी खोलिनुपर्ने माग गरिरहेका थिए । बन्द…
Read More
भ्याक्सिन नपाएको जनगुनासो

भ्याक्सिन नपाएको जनगुनासो

खरसाङ महकुमा अस्पतालले यहाँको सन्त अल्फन्सेस उच्चत्तर माध्यमिक विद्यालयको टीकाकरण केन्द्रमा प्रत्येक दिन कोभिड १९ - को टीका लगाउने कार्य गरिरहेको छ । केन्द्रमा प्रत्येक दिन टीका लगाउने कार्य भए पनि लगातार ४-५ दिन टीकाकरण केन्द्रमा पुगेर पालो पर्खन्दा पनि टीका लगाउन नपाएको जनसाधरणको गुनासो छ । टीका लगाउन आएका कतिपय मानिसहरूले टीकाकरणमा भाइ भतिजावाद भइरहेको, आ-आफ्नो मान्छेहरूलाई टीका लगाउने कार्य गरिएको गुनासो पनि गरेका छन् टीका लगाउन आएकी एउटी युवतीले भनिन्, नेपालको काठम ाण्डुमा काम गर्छु । मेरो स्थायी घर खरसाङ हो । म विधानसभा चुनाउमा मतदान गर्न आएको थिएँ । कोभिडको टीका लगाएर आफ्नो काममा जानलाई धेरै अघिदेखि…
Read More
ममता बनर्जीको भनाइ पछि, अहिले स्वास्थ्य मन्त्री हर्षवर्धनले यस्तो जवाफ दिए – महामारीमा निर्लज्ज राजनीति गर्नबाट जोगिनुहोस्।

ममता बनर्जीको भनाइ पछि, अहिले स्वास्थ्य मन्त्री हर्षवर्धनले यस्तो जवाफ दिए – महामारीमा निर्लज्ज राजनीति गर्नबाट जोगिनुहोस्।

कोरोना भाइरस संकटको बीचमा, कोविड भ्याक्सिनसम्बन्धी राजनीति जारी छ। बुधवार, ममता बनर्जीले दावी गरे कि पश्चिम बंगाललाई साना राज्यहरू भन्दा कम कोरोना भाइरस खोप दिइयो। सीएम ममताले भने कि हामीसँग भ्याक्सिन छैन त्यसैले हामी कोलकातामा दोस्रो मात्र खुराक दिइरहेका छौं। ममता बनर्जीको भनाइमा अहिले केन्द्रीय स्वास्थ्य मन्त्री डा। हर्षवर्धन आज (बिहीबार) इशारामा बदलेका छन्। उनले भने कि केही राजनीतिक व्यक्तिहरूले कोविड खोप सम्बन्धी गैरजिम्मेवारपूर्ण बयान दिइरहेका छन्। डा हर्षवर्धनले एक पछि अर्को धेरै ट्वीटमा राज्यलाई खोप आपूर्तिबारे जानकारी गराए। साथसाथै उनले सबै राजनीतिज्ञहरुलाई महामारीको नक्कली राजनीतिबाट टाढा रहन अपील गरे। आफ्नो पहिलो ट्वीटमा हर्षवर्धनले लेखे, "मेरो ज्ञानमा देशका सबैभन्दा ठूला…
Read More
राजु बिष्टले गोर्खाल्याण्डको लागि काम नगरेको भन्दै राजीनामाको मागमा व्यापक पोस्टरिंग

राजु बिष्टले गोर्खाल्याण्डको लागि काम नगरेको भन्दै राजीनामाको मागमा व्यापक पोस्टरिंग

दार्जिलिङको सासद राजु बिस्टले पहाडको हितमा तथा गोर्खाल्यान्डको निम्ति एक इन्च पनि केहि काम नगरेको तथा उनको राजीनामाको माग गर्दै आज दार्जिलिङ बजारमा अखिल भारतीय गोर्खा लिकले व्यापक रूपमा पोस्टरिङ गरेको छ। गोर्खाल्याण्ड कै निम्ति भनेर पहाडमा कसैले नचिनेको राजु बिष्ट लाई जिताएको पनि २ बर्ष भन्दा धेर बित्यो, काम एकै इन्च पनि अघि बड़ेन भने अहिले त झन ५० थरीको मुद्दा र प्रतिनिधि टोलीको कुरा हुँदैछ। काम गर्न नस्कने सांसदले बरु राजीनामा दिनु, हामी बरु अरु नै कुनै निर्दलीय ब्यक्ति लाई पठाउँछौँ पोस्टरिङपछि लिगको महासचिव एस पी शर्माले बताएका छन।
Read More
जलपाईगुडीमा बिहानदेखि नै पानी परिरहेको छ, जीवन विचलित छ

जलपाईगुडीमा बिहानदेखि नै पानी परिरहेको छ, जीवन विचलित छ

जलपाईगुडीमा मंगलबार बिहानदेखि नै छिटो वर्षा हुँदै आएको छ। जलपाईगुडी शहर र यसको छेउछाउका क्षेत्रहरूमा आज बिहानदेखि हल्का र मध्यम वर्षा भएको छ। वर्षाको बीचमा, कोही मानिसहरू छाताको सहायताले घरबाट बाहिर निस्के। यहाँ दिन बित्दै जाँदा छिटो-छिटो पानी पर्न थाल्यो। मंगलबार बिहान देखि, जालपाईगुडी शहरलगायत विस्तृत क्षेत्रमा कालो बादल आकाशमा छाइरहेका छन्। जलपाईगुडीमा हल्का बतासको साथ छरितो वर्षाको थालनी भयो। कम दबावको कारण मध्यम यहाँ जारी रहन्छ। सामान्य वर्षाले शहरमा सामान्य जीवन बाधक बनायो। अर्कोतर्फ, जलपाईगुडीका बासिन्दा वर्षा भएपछि गर्मीबाट राहत पाएको देखिन्छ।
Read More