22
Oct
वर्षाले पहाड़ र समतलमा गरेको क्षयक्षतिको जानकारी लिन साथै उत्तर बङ्गालका विभिन्न जिल्लाको प्रशासनिक बैठक गर्न मुख्यमन्त्री ममता ब्यानर्जी आउँदो आइतवार पाँच दिनको उत्तर बङ्गाल भ्रमणमा सिलगढ़ी आउनेछिन् । यो अवधि तिनले उत्तर बङ्गालका विभिन्न जिल्लाका प्रशासनिक अधिकारीहरूसित सिलगढ़ी अनि खरसाङमा बैठक गर्ने जानकारी छ। पहाड़को दार्जीलिङ र कालेबुङ जिल्लाका विभिन्न ठाउँमा पैहो गएर सड़क मार्गहरू बाधित भएका छन् साथै धेरै क्षयक्षति भएको छ भने समतल र डुवर्सका जलपाइगढ़ी, कोचबिहार र अलिपुरद्वार जिल्लामा पनि पानीले धेरै क्षति गरेको छ पहाड़ र समतलको यस्तो परिस्थितिको स्थलगत निरीक्षण गर्न मुख्यमन्त्री ममता ब्यानर्जी पाँच दिनको उत्तर बङ्गाल भ्रमणमा आइरहेकी छन् । तिनी २४…
