16
Sep
डुवर्सको वन क्षेत्र खोलिएको छ। खोलिएपछि आज बिहानदेखि नै अलिपुरद्वार जिल्लाका विभिन्न वन क्षेत्रमा पर्यटकहरूको भीड़ देखिएको छ। जलदापाड़ा राष्ट्रिय निकुञ्जमा पर्यटकहरूका लागि फरक ढङ्गले स्वागतको व्यवस्था गरिएको थियो। वन विभागको तर्फबाट पर्यटकहरूलाई लड्डु र मिठाई खुवाएर स्वागत गरियो। त्यससितै जिल्लाको बक्सा टाइगर रिजर्भ र जलदापाड़ा राष्ट्रिय निकुञ्जको ढोका पनि खोलिएको छ। वन क्षेत्र घुम्ने अवसर पाएर पर्यटकहरू उत्साहित बनेका छन्। पूजाअघि वन क्षेत्र खोलिएसितै डुवर्सको पर्यटन उद्योगमा थप उत्साह सिर्जना हुनेमा वन विभाग र व्यवसायीहरू आशावादी छन्।
