23
Nov
सिलगढीको पूर्व रवीन्द्र नगरको शीतला मन्दिर रोड इलाकाबाट एक व्यक्ति अचानक बेपत्ता भएपछि सम्पूर्ण क्षेत्रमा हलचल मच्चिएको छ। जानकारी अनुसार सुवीर देव नामका ४७ वर्षीय पुरुष यही महिनाको २१ गते बैंक जानका लागि घरबाट निस्किएका थिए । त्यसपछि उनी घर फर्किएनन् । सुवीर देव घर नफर्केपछि परिवारमा हलचल मच्चियो । आफन्त र परिवारका सदस्यहरूले सोधपुछ गरे तर सुवीर देवको कुनै पत्ता लागेन। यस सम्बन्धमा मंगलबार भक्तिनगर प्रहरी चौकी अन्तर्गतको आशिघर आउट पोस्टमा हराएको उजुरी परेको थियो । पारिवारिक स्रोतका अनुसार सोमबार दिउँसो १२ बजे सुवीर देव मोबाइल घरमै छोडेर बैंक गएका थिए । उनकी श्रीमती मिठु देव भान्साबाट निस्केर कोठामा…
