North Bengal

हर्षवर्धन शृङ्गलाद्वारा पैह्रो प्रभावित क्षेत्रको भ्रमण

हर्षवर्धन शृङ्गलाद्वारा पैह्रो प्रभावित क्षेत्रको भ्रमण

राज्यसभा सांसद हर्षवर्धन शृङ्गलाले मङ्गलवार मिरिकको पैह्रो प्रभावित क्षेत्रहरूको स्थलगत भ्रमण गरी वस्तुस्थिति बुझे। भ्रमण अवधि सांसदले पैह्रो पीड़ितहरूसित भेटवार्ता गरे अनि पैह्रोमा ज्यान गुमाउनेहरूको परिवारका सदस्यहरू भेट गरी समवेदना प्रकट गरे। तिनले पीड़ितहरूलाई कम्बल अनि राहत सामग्रीहरू पनि वितरण गरे।भ्रमण अवधि हर्षवर्धन शृङ्गलाले भने, पैह्रोले जतासुकै विनाश गरेको छ। यो ठूलो प्राकृतिक आपदा हो। यसैले म आपदा भएको ठाँउमा पुगेर क्षयक्षतिको विवरण सङ्ग्रह गरिरहेको छु। आपदको क्षणमा म पीड़ितहरूको साथमा नै रहेको छु। तिनले भारतका प्रधानमन्त्रीले पैह्रो पीड़ितहरूका लागि क्षतिपूर्तिको घोषणा गरिसकेका बताए। राज्यसभा सांसदको नाताले आफ्नो कार्य गर्ने हर्षवर्धन शृङ्गलाले बताए।
Read More
मुख्यमन्त्रीद्वारा पीड़ित परिवारलाई 5 लाख रुपियाँको चेक प्रदान

मुख्यमन्त्रीद्वारा पीड़ित परिवारलाई 5 लाख रुपियाँको चेक प्रदान

उत्तर बङ्गालको भीषण बाढ़ी र पैह्रोले उत्पन्न गरेको विपद स्थितिको स्थलगत निरीक्षण गर्न मुख्यमन्त्री ममता ब्यानर्जी सोमवार नै उत्तर बङ्गाल आइपुगेकी छन्। मङ्गलवार तिनी मिरिकको दूधे पुगिन्। त्यहाँ तिनले पैह्रो प्रभावित क्षेत्र घुमेर निरीक्षण गरिन् र पीड़ित मानिसहरूसित प्रत्यक्ष कुराकानी गरिन्। पहिले नै मृत व्यक्तिहरूको परिवारका लागि आर्थिक सहयोगको घोषणा गरेकी मुख्यमन्त्रीले आज दूधेमा ती 12 मृत परिवारका सदस्यहरूलाई आफैले 5 लाख रुपियाँको चेक प्रदान गरिन्। साथै तिनले मृत व्यक्तिको परिवारका एक सदस्यलाई स्पेसल होम गार्डको रोजगार दिइने बताइन्। उक्त नियुक्तिमा शैक्षिक योग्यता र शारीरिक उचाइँमा छुट दिइने पनि तिनले आश्वासन दिइन्।मुख्यमन्त्रीले प्रभावित क्षेत्रमा अहिलेका लागि कम्युनिटी किचन निरन्तर सञ्चालनमा…
Read More
रेलको धक्काले हात्तीको मृत्यु

रेलको धक्काले हात्तीको मृत्यु

सोमवार मात्र वन विभाग र रेल मन्त्रालयबीच बैठक भएको थियो। उक्त बैठकमा दुई वर्षभरि जङ्गल मार्गमा रेलको धक्काले कुनै हात्तीको मृत्यु नभएको हुँदा सन्तोष व्यक्त गरिएको थियो। साथै रेल र वन विभागबीच अझ बढ़ी समन्वयमाथि जोड़ दिइएको थियो। तर उक्त बैठकको छायाँ मेटिन नपाउँदै फेरि रेलको धक्काले एउटा हात्ती शावकको मृत्यु भएको छ। घटनामा माउ हात्ती पनि गम्भीर घाइते भएको छ। बुधवार राति 7.30 बजी आलिपुरद्वारदेखि सियालदाहतर्फ जाँदै गरेको डाउन कञ्चनकन्या एक्सप्रेसको धक्काले हात्ती शावकको मृत्यु भयो। बाख्राकोट र सेवक स्टेशनबीच एलेनबारी-मङपङ जङ्गल क्षेत्रमा रेलमार्गमै दुर्घटना भएको हो। यसकारण कञ्चनकन्या एक्सप्रेस रोक्नु परेको थियो। अहिले उक्त रेलमार्गमा रेल आवतजावत बन्द…
Read More
रिपोटर्स क्लब अफ मिरिकको पाँचौँ स्थापना दिवस

रिपोटर्स क्लब अफ मिरिकको पाँचौँ स्थापना दिवस

मिरिकका सक्रिय पत्रकारहरूको सह्गठन रिपोटर्स क्लब अफ मिरिकले क्लब गठनको पाँचौँ स्थापना दिवससितै मिरिक गौरव सम्मान कार्यक्रम सम्पन्न गरेको छ। क्लबका मुख्य संरक्षक एसबी गजमेरको अध्यक्षता अनि सचिव प्रवेश हाङखिमले सञ्चालन गरेका कार्यक्रममा मिरिक साहित्य सुनौ परिवारका अध्यक्ष अमर दुङमाली प्रमुख अतिथिको रूपमा उपस्थित थिए। मिरिकका विभिन्न सङ्घ संस्थाका प्रतिनिधि अनि साहित्यकारहरू पनि कार्यक्रममा उपस्थित थिए। रिपोर्टस क्लब अफ मिरिकका अध्यक्ष मुस्कान राई खेसाहाङले क्लब गठन भएपछि स्थापना दिवस पालन गर्दै आए पनि गत वर्षदेखि मिरिक गौरव सम्मान कार्यक्रम पनि आरम्भ गरिएको बताए। विभिन्न क्षेत्रमा महत्त्वपूर्ण कार्य गरिरहेका व्यक्तिहरूलाई गौरव सम्मान कार्यक्रममा सम्मान गर्ने प्रथा आरम्भ गरिएको तिनले थप बताए।…
Read More
सिलगढ़ी–रङटङ जोइराइड आरम्भ

सिलगढ़ी–रङटङ जोइराइड आरम्भ

सिलगढ़ी जङ्क्सनदेखि प्रत्येक शुक्रवार, शनिवार अनि आइतवार दिउँसो 12 बजी टी एण्ड टिम्बर स्पेशियल जोइराइड नामक टोय ट्रेन सञ्चालन हुने भएको छ।रेल सुकनामा छोटो विश्राम गरेपछि 1.15 बजी रङटङ पुग्नेछ जहाँ लगभग 3 घण्टा उभिनेछ। एकतर्फी भाड़ा 500 रुपियाँ अनि राउण्ड ट्रिपको भाड़ा 750 रुपियाँ तोकिएको छ। महालयाको दिन सिलगढ़ी जङ्क्सनदेखि रङटङसम्म टी एण्ड टिम्बर जोइराइड सञ्चालन भयो।रेलमार्गमा भीड़, पसल र गाई–गोरुको कारण सुरक्षाको चुनौती रहेको रेल कर्मीले बताए। यात्रीहरूले पङ्खा, मोबाइल चार्जिङ जस्ता सुविधाहरूको अभावमा असुविधा रहेको अनुभव सुनाए। तर अधिकारीहरूअनुसार रङटङ वरिपरिका स्थान घुम्न सकिने भएकाले रेल रोकिने व्यवस्था गरिएको हो।भविष्यमा पूर्णिमाको दिन नाइट राइड सञ्चालन गरी सुकना…
Read More
२०% बोनसको माग गर्दै साइली चिया बगानमा मजदुरहरूको विरोध प्रदर्शन, काम पूर्ण रूपमा ठप्प

२०% बोनसको माग गर्दै साइली चिया बगानमा मजदुरहरूको विरोध प्रदर्शन, काम पूर्ण रूपमा ठप्प

दार्जिलिङको साइली चिया बगानमा शनिबार बिहानदेखि मजदुरहरूको विशाल विरोध प्रदर्शन जारी छ। कामदारहरूले टिप्ने लगायत सबै काम रोकेर बगान परिसरमा धर्ना सुरु गरेका छन्। मुख्यमन्त्रीको घोषणा अनुसार सबै चिया बगानमा २०% बोनस अनिवार्य छ, तर साइली बगानमा १५% मात्र उनीहरूको बैंक खातामा जम्मा भएको कामदारहरूको आरोप छ। विगत केही दिनदेखि, कामदारहरूले बारम्बार गेट बैठकहरू आयोजना गर्दै बगान व्यवस्थापनलाई आफ्ना मागहरू प्रस्तुत गर्दै आएका छन्, तर उनीहरूको मागलाई बेवास्ता गरिएको छ। शुक्रबार अचानक १५% बोनस उनीहरूको खातामा जम्मा हुँदा, उनीहरू आक्रोशित भए र विरोध गर्न शनिबार सबै काम रोके। बाँकी ५% बोनस नतिरेसम्म कोही पनि काममा नफर्किने कामदारहरूले स्पष्ट रूपमा चेतावनी…
Read More
एसएसबीद्वरा सफाई अभियान

एसएसबीद्वरा सफाई अभियान

स्वच्छ भारत अभियानलाई सफल बनाउन एसएसबी आठौँ बटालियन खोप्रेल डी कम्पनीका जवानहरूले शुक्रवार मिरिक पर्यटन केन्द्रमा सफाई अभियान चलाए। एसएसबीका जवानहरूले मिरिक झील परिसरमा थुप्रिएका फोहोर अनि प्लास्टिकहरूलाई सङ्ग्रह गरेर सुरक्षित स्थानमा तह लगाए। यस अवसरमा बोल्दै एसएसबीका अधिकारी नर्बु छिरिङले भने, एसएसबीले सीमा क्षेत्रमा सुरक्षा मात्रै प्रदान नगरेर सामाजिक कार्यहरू पनि गर्दै आइरहेको छ। यसै क्रममा मिरिक पर्यटन केन्द्रको मुख्य आकर्षण मिरिक झील परिसरमा सफाई गरिएको हो। यसबारे जानकारी गराँउदै एसएसबीले सार्वजनिक स्थलहरू मन्दिर, गिर्जा घर, गुम्बा आदि ठाँउमा पनि सफाई गर्ने गरेको तिनले बताए।
Read More
ओकेटी चियाबारीमा सभा

ओकेटी चियाबारीमा सभा

ओकेटी चियाबारी श्रमिक सङ्गठनका प्रतिनिधि अनि चियाबारी प्रबन्धकहरूमाझ सभा सम्पन्न भएको युनियन नेता अर्पण राईले जानकारी गराएका छन्। सभामा श्रमिक सङ्गठनहरूले चियाबारीका श्रमिकहरूलाई यो वर्ष पूजा बोनस 20 प्रतिशतको दरले प्रदान गरिएकोमा चियाबारी मालिक राजु वैध अनि प्रबन्धकहरूलाई आभार प्रकट गरे अनि आउने वर्षहरूमा पनि यसै गरी कुनै झमेला र समस्या उत्पन्न नगराई श्रमिकहरूलाई 20 प्रतिशत दरले पूजा बोनस प्रदान गरिदिने माग गरे। सभा अवधि श्रमिकहरूले सही बोनस प्राप्त गरे वा गरेनन् भनेर 2024 को अप्रेल महीनादेखि 2025 को मार्च महीनासम्म दैनिक हाजिरा रजिस्टर अनि वर्षभरिको ईएलपी बिगाको पूर्ण विवरण रजिस्टर जाँच गरे। यस विषयमा बोल्दै युनियन नेता अर्पण राईले…
Read More
वनाञ्चल खोलिएपछि डुवर्समा पर्यटकहरूको भीड़

वनाञ्चल खोलिएपछि डुवर्समा पर्यटकहरूको भीड़

डुवर्सको वन क्षेत्र खोलिएको छ। खोलिएपछि आज बिहानदेखि नै अलिपुरद्वार जिल्लाका विभिन्न वन क्षेत्रमा पर्यटकहरूको भीड़ देखिएको छ। जलदापाड़ा राष्ट्रिय निकुञ्जमा पर्यटकहरूका लागि फरक ढङ्गले स्वागतको व्यवस्था गरिएको थियो। वन विभागको तर्फबाट पर्यटकहरूलाई लड्डु र मिठाई खुवाएर स्वागत गरियो। त्यससितै जिल्लाको बक्सा टाइगर रिजर्भ र जलदापाड़ा राष्ट्रिय निकुञ्जको ढोका पनि खोलिएको छ। वन क्षेत्र घुम्ने अवसर पाएर पर्यटकहरू उत्साहित बनेका छन्। पूजाअघि वन क्षेत्र खोलिएसितै डुवर्सको पर्यटन उद्योगमा थप उत्साह सिर्जना हुनेमा वन विभाग र व्यवसायीहरू आशावादी छन्।
Read More
महिलाको सुरक्षामा विनर्स स्क्वाड

महिलाको सुरक्षामा विनर्स स्क्वाड

महिलाहरूको सुरक्षालाई ध्यानमा राख्दै सिलगढ़ी पुलिस कमिश्नरेटले पहल आरम्भ गरेको छ। विनर्स नामक महिला पुलिस स्क्वाड गठन गरिएको छ जसले शहरका भीड़भाड़ हुने महत्त्वपूर्ण क्षेत्रमा नियमित गस्ती गरिरहेको छ।यस टोलीले केवल सुरक्षा सुनिश्चित गरिरहेको छैन तर स्थानीय महिलाहरूसित प्रत्यक्ष सम्पर्क स्थापना गरी तिनीहरूको चेतना र आत्मविश्वास बढ़ाउने कार्यमा समेत संलग्न बनिरहेको छ। विद्यालय, बजार, पार्क र बस स्ट्याण्डमा विनर्स टोलीको उपस्थितिले महिलाहरूका लागि सुरक्षित वातावरण सिर्जना गरिरहेको छ।पुलिस सूत्रअनुसार यस पहलले शहरको सुरक्षा व्यवस्थालाई अझ सबल बनाउने र महिलाहरूका लागि सुरक्षित समाज सुनिश्चित गर्ने लक्ष्यलाई थप सुदृढ़ बनाएको छ। स्थानीय महिलाहरूसित नियमित भेटघाटमार्फत विनर्स टोलीले समाजमा विश्वास र सहयोगको वातावरण…
Read More