08
Oct
गत 4 अक्टोबरको दिन मिरिकमा भएको अत्यधिक वर्षाले मिरिक महकुमाको अधिकांश ठाँउहरूमा पैह्रो गएपछि ती गाउँ बस्तीहरूमा अझ पनि यातायात सुचारु बन्न सकेको छैन। यद्यपि मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राईको पहलमा मिरिक बस्ती अनि मरमालाई जोड्ने दुवै सड़कमा वाहनको आवतजावत आरम्भ भएको छ भने मिरिक थर्बु चेक पोष्टदेखि राङभाङ पर्यटन केन्द्रसम्म पुग्ने सड़कलाई पनि सुचारु गर्ने कार्य जारी छ। दशैँ तिहारको बेला चारैतिर यातायात ठप्प बनेपछि मानिसहरूलाई यातायातमा धेरै समस्या भइरहेको देखिएको छ।कतिपय ठाँउहरूमा होमस्टेमा आउने पर्यटकहरूको गाड़ी फँसेको पनि देखिएको छ। यता खरबानीको मुख्य सड़कमा पनि पैह्रो झरेको छ। पैह्रोले ठूला वाहनहरूको यातायात अवरुद्ध भएको छ। खरबानीलाई…
