21
Apr
आज कालेबुङ प्रस्थान गर्नु अघि,भाजपाका पश्चिम बंगाल राज्य प्रमुख दिलीप घोषले बिहाँन सिलगढीमा चिया गफमा भाग लिए। उनले राज्यको शिक्षक नियुक्ति घोटालालाई लिएर राज्य सरकारको कठोर आलोचना गरे साथै तृणमूल कांग्रेसले राष्ट्रिय दलको मान्यता प्राप्त गर्नबाट वञ्चित भएकोमा खिल्ली उडाए।दिलीप घोष आज बिहाँन कलकत्ताबाट रेलमा नयाँ जलपाईगुडी स्टेशन पुगेका हुन्। सोही अवसर पारेर नयाँ जलपाईगुडी स्टेशन छेउछाउको क्षेत्रमा चिया गफ कार्यक्रमको आयोजना गरिएको थियो।त्यसपछि उनी सिधै कालेबुङ तर्फ प्रस्थान भए। पार्टी नेता तथा कार्यकर्तासँग भेटघाट गरी भोलि दार्जिलिङ जानेछन्।
