North Bengal

दार्जीलिङ सरकारी महाविद्यालयका प्राध्याकहरूद्वारा पीड़ितहरूलाई आर्थिक सहयोग

दार्जीलिङ सरकारी महाविद्यालयका प्राध्याकहरूद्वारा पीड़ितहरूलाई आर्थिक सहयोग

दार्जीलिङ सरकारी महाविद्यालयका प्राध्यापकहरूले मिरिक, सौरेनी, थर्बु नन्दलाल गाउँ, नौ माइल आदि क्षेत्रका पैह्रो पीड़ितहरूसमक्ष पुगेर आर्थिक सहयोग प्रदान गरेका छन्। कलेजका प्राध्यापकहरू पैह्रोले क्षतिग्रस्त बनेका घरहरूमा पुगेर पीड़ितहरूलाई चेकद्वारा रकम हस्तान्तरण गरे। यस अवसरमा बोल्दै प्राध्यपक डा. कबीर बस्नेतले दार्जीलिङ सरकारी महाविद्यालयका शिक्षण, अशिक्षण कर्मचारी, भूतपूर्व प्राध्यपकगण, भूतपूर्व विद्यार्थीहरूद्वारा सङ्ग्रह गरिएको रकम पीड़ितहरूलाई प्रदान गरिएको जानकारी गराए। सबैको साथ र सहयोगले नै यो कार्य सम्पन्न भएको पनि तिनले बताए। विशेष घरविहीन बनेका मानिसहरूलाई आर्थिक सहयोग गरिएको तिनले बताए।गत 4 अक्टोबर बिहानपख आएको विनाशकारी पैह्रोले मिरिक अनि सुके खण्डका धेरै ठाउँहरू प्रभावित बनेका छन् अनि धेरै मानिसहरू घरविहीन बनेका कारण…
Read More
केन्द्रको निर्णयलाई विनय तामाङद्वारा स्वागत

केन्द्रको निर्णयलाई विनय तामाङद्वारा स्वागत

केन्द्र सरकारले दार्जीलिङ पहाड़, तराई र डुवर्स क्षेत्रको दीर्घकालीन राजनैतिक तथा प्रशासनिक आकाङ्क्षासित सम्बन्धित संवादलाई सहज बनाउन आईपीएस (अवकाशप्राप्त) तथा पूर्व उप राष्ट्रिय सुरक्षा सल्लाहकार पङ्कज कुमार सिंहलाई इण्टरलोक्युटर नियुक्त गरेको छ। यस विषयमा प्रतिक्रिया दिँदै जीटीए सभासद विनय तामाङले विज्ञप्ति जारी गरेर यस निर्णयलाई स्वागत जनाएका छन्।विनय तामाङले भनेका छन्, म भारत सरकारले हालै दार्जीलिङ पहाड़, तराई र डुवर्स क्षेत्रका दीर्घकालीन राजनीतिक तथा प्रशासनिक सरोकारहरूमा संरचित संवादलाई सहज बनाउन र अघि बढ़ाउनका लागि पङ्कज कुमार सिंहलाई इण्टरलोक्युटर नियुक्त गरेको निर्णयलाई गहिरो प्रशंसा र संस्थागत आदरका साथ स्वीकार गर्दछु। राष्ट्रिय सत्ताको सर्वोच्च स्तरबाट आएको यो निर्णय देशको संवैधानिक ढाँचाभित्र रहेर…
Read More
मेडिकल कलेजको होस्टेलमा कब्जा राजको आरोप

मेडिकल कलेजको होस्टेलमा कब्जा राजको आरोप

सरकारी जमीन कब्जा गरेर पार्टी कार्यालय, नाला मिचेर बनाइएका बहुतल्ले भवन, नाला पुरेर बनाइएका पसल घर आदि सबै ठाउँमा अतिक्रमण चलिरहेको छ। उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पतालका होस्टेलका भवनहरू पनि अपवाद होइनन्। यहाँ हाउस स्टाफका लागि छुट्टै होस्टेल छ। तर पनि तिनीहरूकै एक हिस्सा विभिन्न होस्टेलका कोठा कब्जा गरेर मज्जाले बसिरहेका आरोप छ। पोस्ट ग्र्याजुएट ट्रेनी, जेनरल ड्युटी मेडिकल अफिसर पदमा कार्यरत अनेक पूर्व विद्यार्थीले अझै होस्टेल छाड़ेका छैनन्। ती सिनियरहरूको हातबाट नयाँ विद्यार्थीहरू प्रायः अपमानित हुनुपर्ने पनि बताइन्छ।कलेज प्रशासनका ठूलाहरूले यस विषयमा सबै जान्दाजान्दै मौन रहेका आरोप छ। बरु सत्तारूढ़ दलसित नजिक रहेका आरोपीहरूलाई केही व्यक्तिहरूले अझ प्रोत्साहन…
Read More
बाँध पहिल्यै काटिएको पोड़ाझार वासिन्दाको आरोप

बाँध पहिल्यै काटिएको पोड़ाझार वासिन्दाको आरोप

महानन्दा नदी किनारको जमीन मिचेर बिक्री गर्ने कार्यमा केही व्यक्तिहरू संलग्न रहेका सिलगढ़ीका मेयर गौतम देवले स्वीकार गरेका छन्। तर गत 4 अक्टोबर बिहानै महानन्दामा जल स्तर बढ़ेपछि फूलबारी 1 ग्राम पञ्चायतअन्तर्गत पर्ने पोड़ाझार क्षेत्रमा बाँधको बीचको भाग भास्सिएको विषयबारे विवाद आरम्भ भएको छ। जमीन माफियाहरूले नदी किनारको भाग बिक्री गर्न बाँधको बीच भाग काटेर बाटो बनाएका आरोप छ। पोड़ाझारको राधाकृष्ण कोलोनीका वासिन्दाहरू उक्त बाटो भएर आउजाउ गर्थे। त्यहाँ कल्भर्ट पनि बनाइएको थियो। त्यसै कल्भर्ट र बाटो महानन्दाको तीव्र भेलमा बगेर गएको स्थानीय वासिन्दाहरूको दाबी छ।तर पोड़ाझारका तृणमूल ग्राम पञ्चायत सदस्य राजु मण्डलको तर्क फरक छ। तिनले भने, बाँध कसैले…
Read More
यातायात सुचारु गर्ने कार्य जारी

यातायात सुचारु गर्ने कार्य जारी

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सभाका मुख्य कार्यपाल अनित थापाको निर्दैशमा मिरिक थर्बु चेक पोष्टदेखि राङभाङ खोलासम्म सड़क मरम्मती गरेर यातायात सुचारु गर्ने कार्य चलिरहेको छ। उक्त सड़कको थर्बु 6 नम्बरमा पुल पैह्रोले क्षतिग्रस्त बनाएको थियो। त्यसपछि हालसम्म यातायात ठप्प रहेको छ। मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राईले जेसीभी उपलब्ध गराएपछि वैकल्पिक सड़क खनन गरेर यातायात सुचारु गर्ने कार्य भइरहेको स्थानीय ग्राम पञ्चायत सदस्य दिपेन्द्र राईले जानकारी दिएका छन्।पुल भत्किएपछि यातायातमा बाधा सिर्जना भएको हो। यातायात ठप्प बनेपछि थर्बु चन्द्रमान गाँउ, जमानसिहं गाउँ अनि राङभाङ क्षेत्रका मानिसहरू प्रभावित बनेका पञ्चायत सदस्य दिपेन्द्र राईले बताए। तिनले तिहार पर्व सङ्घारमा रहेकाले यातायात जति…
Read More
सिँचाइ विभागको भूमिकाप्रति असन्तुष्ट मुख्यमन्त्री

सिँचाइ विभागको भूमिकाप्रति असन्तुष्ट मुख्यमन्त्री

उत्तर बङ्गालमा आएको विपदपछि राज्य सरकारका विभिन्न विभागहरूले विपद व्यवस्थापन कार्यमा सक्रिय भूमिका निर्वाह गरे पनि सिँचाइ विभागको कार्यप्रति मुख्यमन्त्री ममता ब्यानर्जी पूर्ण रूपले सन्तुष्ट छैनन्। मानस भुइयाँको जिम्मामा रहेको सिँचाइ विभागले कार्य सही प्रकारले गर्न नसकेको मुख्यमन्त्रीले टिप्पणी गरेकी छन्। मुख्यमन्त्रीले भनिन्, नदी किनारमा बनाइएका कङ्क्रिटका बाँधहरू छ महीनामै भत्किने जानकारी मलाई प्राप्त भएको छ। यस्तो परिस्थितिमा सिँचाइ विभागका कुनै पनि परियोजनालाई स्वीकृति दिनअघि निर्माण विभागसित छलफल गर्न मुख्यमन्त्रीले राज्यका मुख्य सचिव मनोज पन्थलाई निर्देशन दिएकी छिन्। उत्तर बङ्गालमामा उद्धार, राहत वितरण र पुनर्वासका कार्यबारे बुधवार मुख्यमन्त्रीले दार्जीलिङमा समीक्षा बैठक गरिन्। सोही बैठकमा तिनले सिँचाइ विभागको कार्यप्रति असन्तोष प्रकट…
Read More
विपक्षी दलका नेता शुभेन्दु अधिकारीले बाढी प्रभावित धुपगुडीको भ्रमण गरे, राहत सामग्री वितरण गरे र प्रशासनमाथि प्रश्न उठाए

विपक्षी दलका नेता शुभेन्दु अधिकारीले बाढी प्रभावित धुपगुडीको भ्रमण गरे, राहत सामग्री वितरण गरे र प्रशासनमाथि प्रश्न उठाए

मंगलबार, राज्य विपक्षी दलका नेता शुभेन्दु अधिकारीले धुपगुडी उपविभागको गढेयरखुठी ग्राम पञ्चायतको कुर्शमारी क्षेत्रमा बाढी प्रभावित मानिसहरूसँग भेट गरे। उनले बाढीबाट गम्भीर रूपमा प्रभावित व्यक्तिहरूसँग अन्तरक्रिया गरे, उनीहरूको समस्या सुने र राहत सामग्री वितरण गरे। उनीसँगै थिए: जलापाईगुडीका सांसद जयन्त राई, फलाकाटाका विधायक दीपक बर्मन, नगरकाटाका विधायक पुना भिंग्रा, साथै अन्य भाजपा जिल्ला र मण्डलस्तरीय नेताहरू। सुभेन्दु अधिकारीले घटनास्थलमा स्थानीय प्रशासनको राहत कार्यप्रति असन्तुष्टि व्यक्त गरे र पुनर्स्थापना प्रक्रियालाई तीव्र पार्नुपर्ने बताए। उनले बाढी प्रभावित मानिसहरूलाई प्रशासनबाट पर्याप्त सहयोग नपाएको आरोप लगाए। कार्यक्रमपछि, शुभेन्दु अधिकारी खगेन मुर्मु र शंकर घोषमाथि भएको आक्रमणको विरोधमा नगरकाटामा भाजपाद्वारा आयोजित निन्दा र्‍यालीमा सहभागी हुने…
Read More
इस्कन मन्दिर रोडमा ट्रक फँस्दा अवरोध विद्यार्थीहरू दुःखद बिहान

इस्कन मन्दिर रोडमा ट्रक फँस्दा अवरोध विद्यार्थीहरू दुःखद बिहान

मङ्गलवार बिहान सिलगढ़ीको इस्कन मन्दिर रोडका वासिन्दा र विद्यालय जाने बालक-बालिकाका लागि साँच्चै असुविधाको समय बन्यो। नागाल्याण्ड नम्बरको एउटा ट्रक टान्दै गर्दा अचानक सड़कछेउको हाइड्रेनमा चक्का फँसियो। त्यसपछि पूरै सड़कमा भीड़भाड़ र ट्राफिक जाम सिर्जना भयो।दुर्घटनाग्रस्त ट्रक हटाउन क्रेनलाई घटनास्थलमा ल्याइयो। ठीक त्यसै समयमा विद्यालय जाने भीड़ आरम्भ भयो। त्यसपछि एकपछि अर्को विद्यालय बस, अटो र सवारी साधन सड़कमा अड़किए। लगभग आधा घण्टाभन्दा अधिक समयसम्म चलेको ट्राफिक जामले क्षेत्रमा विपद परिस्थिति सिर्जना भयो।आक्रोश पोख्दै एकजना अभिभावकले भने, बिहानको बेला यस सड़कमा सामान्यतया ट्राफिक हुन्छ। आज त दुर्घटनाका कारण पूरै बिहान नै बिग्रियो। साना विद्यार्थीहरू यस्तो अवस्थामा पर्नु वास्तवमै दुःखद हो।पछि…
Read More
मुर्मू-घोष आक्रमण प्रकरणमा थप दुई पक्राउ

मुर्मू-घोष आक्रमण प्रकरणमा थप दुई पक्राउ

सोमवार नगरकट्टाको बामनडाङ्गामा बाढ़ीको स्थिति निरीक्षणका क्रममा मालदा उत्तरका भाजपा सांसद खगेन मुर्मू अनि सिलगढ़ीका विधायक शङ्कर घोषमाथि आक्रमण भएको थियो। उक्त घटनामा नगरकट्टा थाना पुलिसले थप दुईजनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूको नाम शहानुर आलम अनि तोफायेल हुसैन हो। बिहीवार बिहान सुल्कापाड़ाको खयेरबारीबाट तिनीहरूलाई पक्राउ गरिएको हो। यससितै उक्त आक्रमण प्रकरणमा हालसम्म चारजना पक्राउ परेका छन्। बुधवार दुईजनालाई पक्राउ गरिएको थियो। बाँकी आरोपीहरूको खोजी कार्य जारी छ।बामनडाङ्गामा बाढ़ीको अवस्था निरीक्षणका क्रममा खगेन मुर्मू अनि शङ्कर घोष प्रदर्शनकारीहरूको घेरामा परेका थिए। लाट्ठी, जुत्ता बोकेर धेरै मानिसहरू तिनीहरूमाथि आक्रमण गर्न पुगेका थिए। नदीको ढुङ्गाले भाजपा नेताहरू सवार गाड़ीमा प्रहार गरिएको…
Read More
पैह्रोले क्षतिग्रस्त सड़क सुचारु गर्ने कार्य जारी

पैह्रोले क्षतिग्रस्त सड़क सुचारु गर्ने कार्य जारी

गत 4 अक्टोबरको दिन मिरिकमा भएको अत्यधिक वर्षाले मिरिक महकुमाको अधिकांश ठाँउहरूमा पैह्रो गएपछि ती गाउँ बस्तीहरूमा अझ पनि यातायात सुचारु बन्न सकेको छैन। यद्यपि मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राईको पहलमा मिरिक बस्ती अनि मरमालाई जोड्ने दुवै सड़कमा वाहनको आवतजावत आरम्भ भएको छ भने मिरिक थर्बु चेक पोष्टदेखि राङभाङ पर्यटन केन्द्रसम्म पुग्ने सड़कलाई पनि सुचारु गर्ने कार्य जारी छ। दशैँ तिहारको बेला चारैतिर यातायात ठप्प बनेपछि मानिसहरूलाई यातायातमा धेरै समस्या भइरहेको देखिएको छ।कतिपय ठाँउहरूमा होमस्टेमा आउने पर्यटकहरूको गाड़ी फँसेको पनि देखिएको छ। यता खरबानीको मुख्य सड़कमा पनि पैह्रो झरेको छ। पैह्रोले ठूला वाहनहरूको यातायात अवरुद्ध भएको छ। खरबानीलाई…
Read More