North Bengal

नक्सलबारीको जङ्गलनजिक क्रसर मसिन

नक्सलबारीको जङ्गलनजिक क्रसर मसिन

संरक्षित वन क्षेत्रनजिक सत्तारूढ़ तृणमूल नेताद्वारा राखिएको क्रसर मसिनका कारण वन्यजन्तुहरू सङ्कटमा परेका छन्। नक्सलबारी ब्लकको मणिराम ग्राम पञ्चायतअन्तर्गत पर्ने कलाबारी वन क्षेत्रनजिक फेरि एउटा क्रसर मसिन राखिएको आरोप छ। यस विषयले विवाद चर्किएको छ। क्षेत्रका थुप्रै पर्यावरणप्रेमी सङ्गठनहरूले क्रसर मसिन राखिएको घटनाविरुद्ध आवाज उठाइरहेका छन्। वन विभागले भने जिम्मावारी प्रदूषण नियन्त्रण बोर्डमाथि थोपरेको छ। डीएलएलआरओ रामकुमार तामाङले भने, क्रसर राख्ने अनुमति प्रदूषण नियन्त्रण बोर्डले दिन्छ। तिनीहरूले जङ्गलनजिक अनुमति कसरी दिए भन्ने विषयमा जाँच गरिनेछ।कलाबारी वन क्षेत्रनजिक रक्मजोत क्षेत्रमा दुई महीनाअघि दुईवटा क्रसर मसिन राखिएका छन्। त्यहाँट ढुङ्गालाई टुक्रा गरी तयार गिटी बिहारतिर पठाइन्छ। माछी नदीनजिक राखिएको क्रसरका लागि दिन-रात…
Read More
कोचबिहार नगरपालिकाद्वारा सात वर्षपछि ऱाशि फिर्ता

कोचबिहार नगरपालिकाद्वारा सात वर्षपछि ऱाशि फिर्ता

सन् 2018-19 मा तत्कालीन नगर बोर्डले कोचबिहार नगरपालिकाको पुरानो भवन भत्काएर पीपीपी मोडलमा आधुनिक भवन निर्माण गर्ने योजना बनाएको थियो। त्यसताका नगरपालिकाका चेयरम्यान भूषण सिंहले उक्त पहल गरेका थिए। उक्त योजनाका लागि नगरपालिकाले कलकत्ताको एउटा एजेन्सीसित छलफल गरेपछि उक्त संस्थाले नगरपालिकाको ब्याङ्क खातामा 20 लाख रुपियाँ जम्मा गऱ्यो। पुरानो भवन भत्काएर जी प्लस फाइभ अर्थात् पाँच तल्ले आधुनिक भवन बनाउने योजना बनाइएको थियो जसमा तीन तल्ला नगरपालिका आफैले प्रयोग गर्ने अनि बाँकी तल्ला एजेन्सीलाई सुपुर्द गर्ने चुक्ति भएको थियो। तर नगरपालिकाको उक्त निर्णयमा विवाद सिर्जना हुँदा उक्त योजना स्वीकृत हुन सकेन साथै भूषण सिंह पनि नगरपालिका अध्यक्षको पदमा पनि रहेनन्।…
Read More
एसआईआर घोषणापछि एकपछि अर्को अस्वाभाविक मृत्यु

एसआईआर घोषणापछि एकपछि अर्को अस्वाभाविक मृत्यु

मतदाता सूचीको विशेष गहन संशोधन (एसआईआर) को वातावरणमा फेरि एकै दिन दुईजनाको मृत्युको आरोप उठेको छ। एउटा घटना उत्तर बङ्गालको जलपाइगढ़ीको धूपगुड़ीमा भएको हो भने अर्को मुर्शिदाबादको बहरमपुरमा भएको हो। धूपगुड़ीमा बूथ लेभल अफिसर (बीएलओ) घरमा फारम दिन गएको केही क्षणमै हृदयाघातका कारण एक वृद्धको मृत्यु भयो। अर्कातिर एसआईआर घोषणा भएपछि 4 देखि 6 नोभेम्बरसम्म मुर्शिदाबाद जिल्लामा चारजनाको असामान्य मृत्यु भएको खबर छ।धूपगुड़ीमा मृत्यु भएको वृद्धको नाम लालुराम बर्मन (71) हो। तिनी बारोघरिया 1 ग्राम पञ्चायतको दक्षिण डाङ्गापाड़ा क्षेत्रका वासिन्दा थिए। परिवारअनुसार सन् 2002 को मतदाता सूचीमा लालुराम बर्मनको नाम नरहेको कारण केही दिनदेखि तिनी तनाउमा थिए। बिहीवार बेलुकी बीएलओ…
Read More
वृद्धाको दुईवटा मतदाता परिचयपत्र

वृद्धाको दुईवटा मतदाता परिचयपत्र

एसआईआरको प्रक्रिया चलाउँदा एउटै वृद्धाको दुईवटा मतदाता परिचयपत्र फेला परेको घटना प्रकाशमा आएको छ। एउटै व्यक्तिको नाममा दुईवटा अलग-अलग फोटोसहित परिचयपत्र छन्। दुवै मतदाता कार्डमा वृद्धाको नाम र ठेगाना एकै भए पनि एपिक नम्बर अनि अभिभावकको नाम अलग–अलग छन्। एउटा कार्डमा लिङ्ग पुरुष र अर्कोमा महिला उल्लेख गरिएको छ। मतदाता सूचीमा पनि तिनको नाम दुईपल्ट सूचीकृत छ। बालुरघाट नगरपालिकाको 8 नम्बर वार्डको मङ्गलपुर क्षेत्रमा एसआईआर फारम बुझाउने क्रममा बीएलओको नजरमा यस्तो घटना फेला परेको हो। त्यसपछि विवाद सिर्जना भयो। बीएलओले तुरुन्तै उक्त विषयबारे बीडीओ कार्यालयलाई जानकारी गराए। बिहीवार नै अधिकारीहरू वृद्धाको घर पुग्ने जानकारी पनि प्राप्त भएको छ। यसरी तृणमूलले…
Read More
धम्कीको आरोपमा युवक पक्राउ

धम्कीको आरोपमा युवक पक्राउ

डेढ़ महीनाअघि नयाँ दिल्लीमा दुई समूहबीच भएको झड़प र एकार्कामाथि भएको प्राणघातक आक्रमणको जाँचको क्रममा दिल्ली पुलिसले सिलगढ़ीसित सम्बन्ध रहेको थाहा पाएको छ। त्यसै मामिलामा बुधवार फरीदाबाद साइबर क्राइम थाना पुलिसले सिलगढ़ीका वासिन्दा ऋतम महाजनलाई पक्राउ गरेको छ। बिहीवार पक्राउ परेका ऋतम महाजनलाई जलपाइगढ़ी न्यायालयमा प्रस्तुत गरी ट्राञ्जिट रिमाण्डमा नयाँ दिल्ली लगिएको छ। पुलिसअनुसार, झण्डै डेढ़ महीनाअघि दुई समूहबीच ठूलो झड़प भएको थियो। एक व्यक्तिमाथि धारिलो हतियारले प्राणघातक हमला गरिएको आरोप छ। घाइते व्यक्तिले पुलिसमा उजुरी गरेपछि जाँचका क्रममा सातजना पक्राउ परेका थिए। पछि सोही घाइते व्यक्तिले फरीदाबाद साइबर क्राइम थानामा अर्को उजुरी दर्ता गरे जसमा तिनले ऋतमको फोन नम्बर…
Read More
भाजपा बीएलएसित कुटपिटको आरोप

भाजपा बीएलएसित कुटपिटको आरोप

मतदाता सूचीको विशेष गहन संशोधन (एसआईआर) अन्तर्गत एन्युमरेशन फारम वितरणबारे कोचबिहारको माथाभाङ्गा 1 ब्लकको पचागढ़ ग्राम पञ्चायतको 239 नम्बर बूथमा तनाउ उत्पन्न भयो। छाटखाटेरबारी क्षेत्रमा भाजपा बूथ लेभल एजेण्ट निवास दासलाई दुर्व्यवहार गरिएको आरोप छ। निवास दासलाई जुत्ताको माला लगाएर गाउँभरि घुमाइएको तृणमूल कङ्ग्रेसमाथि आरोप लागेको छ। भाजपाको आरोपअनुसार, बीएलओ निशीथ राय अनि तृणमूलका केही स्थानीय नेताहरूले मिलेमतो गरेर यस्तो गरेका हुन्। यस घटनाको कारण बिहीवार माथाभाङ्गामा तनाउ सिर्जना भयो। स्थिति नियन्त्रणमा लिन घटनास्थलमा ठूलो सङ्ख्यामा पुलिस तैनाथ गरिएको छ।भाजपा बीएलए निवास दासले भने, मैले फोन गरेपछि बीएलओले हामी धर्म चक्रवर्तीको घरमा आएका छौँ अनि तपाईँ पनि यहाँ आउनुहोस् भनेर…
Read More
क्यान्सर ब्लकको परिसेवा आरम्भमा विलम्ब

क्यान्सर ब्लकको परिसेवा आरम्भमा विलम्ब

उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पतालमा निर्माणाधीन क्यान्सर ब्लकको निर्माण कार्यमा चरम विलम्बबारे प्रश्न उठिरहेको छ। जुन गतिमा काम हुनुपर्ने थियो त्यो हुँदै नभएको आरोप छ। त्यसैले दिसम्बरदेखि सेवा आरम्भ गर्ने योजना अब लगभग असम्भव भएको छ। राज्यका मुख्य सचिव अनि स्वास्थ्य विभाग सचिवले अस्पताल निरीक्षणका क्रममा दिसम्बरसम्म कार्य पूरा गर्ने निर्देशन दिएका थिए। दिसम्बरदेखि क्यान्सर बल्कमा ओपीडी सेवा आरम्भ हुने रोगी कल्याण समितिको बैठकहरूमा पनि पटक–पटक भनिएको थियो।तर अहिले अस्पताल प्रशासनले नै त्यो सम्भव नहुने सङ्केत दिएको छ। उत्तर बङ्गाल मेडिकल कलेजका सुपरिण्टेण्डेण्ट डा. सञ्जय मलिकले भने, दिसम्बरको पहिलो हप्तादेखि क्यान्सर ब्लकमा ओपीडी सेवा आरम्भ गर्ने योजना थियो। तर…
Read More
झलमल्ल कञ्चनजङ्घा हेर्न पर्यटकहरू भीड़

झलमल्ल कञ्चनजङ्घा हेर्न पर्यटकहरू भीड़

एकातिर झलमल्ल कञ्चनजङ्घाको मुस्कान अर्कातिर तापक्रम क्रमशः घट्दै गइरहेको छ। अक्टोबरको अन्त्यसितै दार्जीलिङ पहाड़ र वरिपरिका पर्यटन स्थलहरू पर्यटकले खचाखच भरिएका छन्। मुख्य शहर मात्र होइन छेउछाउका पकेट रूटहरूमा पनि होटल र होमस्टेहरूमा पर्यटकहरूको बाक्लो भीड़ छ। वाहन चालकहरूको अनुहारमा पनि मुस्कान देखिन्छ। केही चालकहरू त एकै दिनमा तीनपल्ट यात्री लिएर दार्जीलिङ-सिगढ़ी कुदिरहेका छन्। चालकहरूको भनाइअनुसार यस महीनाको पछिल्ला दुई दिनमै तिनीहरूले सबैभन्दा बढ़ी आम्दानी गरेका छन्। मल रोडदेखि रिङ्क मल रोड, भानु भवन वरिपरि, महाकाल मन्दिर क्षेत्र सबै ठाउँमा पर्यटकहरूको भीड़ देखिन्छ।मङ्गलवारसम्म राज्यमा लगातार बिदा छ। आइतवार स्वाभाविक रूपमा साप्ताहिक बिदा, त्यसमा सोमवार र मङ्गलवार छठ पर्वको बिदा छ।…
Read More
दार्जीलिङ मोड़का आगलागी पीड़ितहरूसमक्ष मेयर गौतम देव

दार्जीलिङ मोड़का आगलागी पीड़ितहरूसमक्ष मेयर गौतम देव

गत आइतवार अबेर राति दार्जीलिङ मोड़मा भएको भीषण आगलागीले सम्पूर्ण क्षेत्रमा त्रासको माहौल फैलिएको थियो। केही क्षणमै आगो चारवटा फर्निचर पसलहरूमा फैलियो जसका कारण करोड़ौँ रुपियाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।खबर पाएपछि दमकलका पाँचवटा इञ्जिन तत्काल घटनास्थलमा पुगे। लगातार केही घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिन सफल भए पनि पसलका सम्पूर्ण सामग्रीहरू पहिले नै जलेर खरानी बनेका थिए। प्रारम्भिक अनुमानअनुसार विद्युत् सर्ट सर्किटकै कारण आगलागी भएको मानिएको छ।मङ्गलवार सिलगढ़ीका मेयर गौतम देव घटनास्थल निरीक्षण गर्न पुगे। तिनीसित 1 नम्बर बरोका चेयरम्यान, 1 नम्बर वार्डका काउन्सिलर अनि अन्य अधिकारीहरू पनि उपस्थित थिए। मेयरले आगलागीबाट प्रभावित व्यापारीहरूसित कुराकानी गर्दै तिनीहरूको साथमा रहने…
Read More
दूधे अस्थायी पुलको निर्माण कार्य समाप्त

दूधे अस्थायी पुलको निर्माण कार्य समाप्त

तीन हप्तापछि 12 नम्बर राज्य मार्ग खोलिएको छ। आइतवारदेखि दूधे हुँदै मिरिकतर्फ वाहनहरूको आवागमन गर्न सकिनेछ। यद्यपि सरकारी रूपमा सड़क सोमवार खोलिनेछ। पीडब्ल्यूडी विभागका एकजना अधिकारीले यस विषयमा शनिवार रातभरि पुल निर्माणको काम हुने स्पष्ट जानकारी दिएका छन्। अर्को दिन अर्थात् आइतवारको बिहानसम्म पुल निर्माणको काम समाप्त गर्न भनिएको छ। त्यसपछि गाड़ी चलाएर परीक्षण गरिनेछ। सबै ठिक रहे सोमवारदेखि सामान्य यातायात आरम्भ हुनेछ। तर गह्रौँ वस्तु बोक्ने गाड़ीहरूको आवागमनमा अहिले अनुमति दिइएको छैन। ती गाड़ीहरू सुखियापोखरी, घुम, खरसाङ हुँदै जानु पर्नेछ।4 अक्टोबर राति भीषण वर्षासितै बालासन नदीमा तीव्र जल स्तरमा वृद्धि भयो। त्यसकारण दूधेमा फलामको पुल भत्किएर मिरिकसित सड़क सम्पर्क…
Read More