22
Nov
अब उत्तर बङ्गालमा पनि मिष्टी हब हुनेछ। तर कुन जिल्लामा यसलाई निर्माण गरिने हो त्यसबारे अन्तिम निर्णय भएको छैन। राज्यको खाद्य प्रशोधन र बागवानी विभागका मन्त्री अरूप रायले बिहीवार सिलगढ़ीमा भने, यो केवल चर्चा मात्र होइन। मिष्टी व्यापारीहरूले आज मलाई उत्तर बङ्गालमा मिष्टी हबको प्रस्ताव दिएका छन्। एक महीनाभित्र यसबारे पुनः व्यापारीहरूसित छलफल गर्नेछु। हामी हब बनाउनेछौँ। कलकत्ताको न्यु टाउनको इको पार्कमा मिष्टी हब छ। त्यस्तै ढाँचामा उत्तर बङ्गालको कुनै स्थानमा हब निर्माण गरिए व्यवसायीहरूले ठूलो लगानीको आश्वासन दिएका छन्। खाद्य प्रशोधनसितै विभिन्न विषयहरूमा छलफल गर्न उत्तर कन्यामा कार्यशाला आयोजना गरिएको थियो। त्यहाँ उत्तर बङ्गालका विभिन्न जिल्लाका चेम्बर अफ कमर्सका…
