Sports

आठौँ मिलनमोड़ गोल्ड कपमा दार्जीलिङ पुलिस च्याम्पियन

आठौँ मिलनमोड़ गोल्ड कपमा दार्जीलिङ पुलिस च्याम्पियन

मिलनमोडको आयोजनमा सम्पन्न आठौं मिलनमोड़ गोल्ड कप नक्आउट फूटबल टुर्नामेण्टमा दार्जीलिङ पुलिसले च्याम्पियनको पगढ़ी गुँथ्यो। यस प्रतिष्ठित टुर्नामेण्ट अन्तर्गत आइतवार खेलिएको फाइनलमा दार्जीलिङ पुलिसले दलसिंगपाड़ा स्पोर्ट्स एकाडमी (डीएसए) लाई ३-० ले पराजित गर्यो स्थानीय मिलनमोड़ खेल मैदानमा भएको म्याचमा आज दार्जीलिङ पुलिसले युवा खेलाडीहरुले सुसज्जित डीएसए-को टोलीलाई कुनै मौका दिएन। म्याचमा दार्जीलिङ पुलिसबाट अमन थापाले सात मिनटमा पहिलो गोल गरे मध्यान्तरपछि पुलिसको टोलीले अझ दुईवटा गोल थप्यो। प्रतीक लामाले ६६औ मिनटमा हेडरबाट बढ़तलाई दोब्बर पारे अन्तमा वैकल्पिक खेलाडीको रूपमा मैदानमा ओर्लिने शुभम लामा (हर्के) ले ८२औँ मिनटमा अझ एक गोल थपेर दार्जीलिङ पुलिसलाई ३-० ले जीत दिलाए । टुर्नामेण्टमा च्याम्पियन…
Read More
टेनिस स्टार नोभाक जोकोभिचले अस्ट्रेलियासँग लडाइँ जिते

टेनिस स्टार नोभाक जोकोभिचले अस्ट्रेलियासँग लडाइँ जिते

टेनिस स्टार नोभाक जोकोभिचको अस्ट्रेलियाको भिसा रद्द गरिदिएको मामिलामा भएको सुनुवाइका क्रममा अदालतले जोकोभिचलाई प्रवासन हिरासत केन्द्रबाट छोड्न आदेश दिएको छ । गत हप्ता अस्ट्रेलियन ओपनमा भाग लिन गएका सर्बियाली खेलाडी जोकोभिचलाई कोरोना खोप नलगाएको भन्दै अस्ट्रेलियाले भिसा रद्द गरिदिएको थियो । अस्ट्रेलियाको मेलबर्नमा ओर्लिइसकेपछि आफ्नो भिसा रद्द गरिएपछि जोकोभिचले आफ्नो यो लडाइँलाई अदालतमा लिएर गएका थिए । उनका वकिलहरुको बहसपछि भिसा रद्द गरिएको मामिलामा उनले अस्ट्रेलिया सरकारसँग जितेका छन् । न्यायाधीश एन्थोकी क्यालीले भिसा रद्द गर्ने अस्ट्रेलियाली प्राधिकरणको निर्णय खारेज गरिदिएका छन् । यसको अर्थ अब उनको पहिलेकै भिसा वैध छ र उनी अस्ट्रेलियामा प्रवेश गर्न र बस्न सक्छन्…
Read More
न्यूजील्याण्डको पहिलो इनिङ्ग्स ३२८ रनमा समाप्त बङ्ग्लादेशको लड़ाइँ जारी

न्यूजील्याण्डको पहिलो इनिङ्ग्स ३२८ रनमा समाप्त बङ्ग्लादेशको लड़ाइँ जारी

बङ्ग्लादेशले गत केही सालमा विदेशी माटोमा आफ्नो दिनको सर्वश्रेष्ठ प्रदर्शन गर्दै आइतवार न्यूजील्याण्ड विरुद्ध पहिलो टेस्ट म्याचको दोस्रो दिन लड़ाई जारी राख्यो । | बङ्ग्लादेशले न्यूजील्याण्डको अन्तिम पाँच विकेट ७० रनभित्र हासिल गरी आयोजक टोलीको पहिलो इनिङ्ग्स ३२८ रनमा समेट्यो। त्यसपछि दोस्रो दिनको खेल समाप्त हुँदासम्म आफ्नो पहिलो इनिङ्ग्समा २ विकेटको नोक्सानमा १७५ रन बटुल्यो। ओपनिङ्ग व्याटर महमूदुल हसन जय (अविजित ७०) र नजमुल हुसेन शान्तो (६४) - | ले दोस्रो विकेटको निम्ति १०४ रनको साझेदारी गरे। दिनको खेल समाप्त हुँदासम्म कप्तान मोमीनुल हक अविजित ८ रन बनाएर महमूदुलसँग क्रीजमा थिए। शान्तोले आफ्नो १२औं टेस्टमा दोस्रो अर्द्धशतक बनाए । उनले…
Read More
सुकना गोल्ड कपको आयोजनबारे सभा

सुकना गोल्ड कपको आयोजनबारे सभा

सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको एक सभा बिहीवार संस्थाका अध्यक्ष अशोक प्रधानको अध्यक्षतामा सम्पन्न भयो संस्थाका सल्लाहकार राजेश लामाद्वारा सञ्चालित सभामा संस्थाका महासचिव सुरेन प्रधानले सबैलाई न्यानो स्वागत जनाउँदै सभाको विषय-वस्तबारे जानकारी दिए, जसमा संस्थाको भवनको छतमा होर्डिड्ग लगाउने र आउँदो साल सुकना गोल्ड कपको आयोजनबारे चर्चा अनि वर्तमान कार्यकारिणी समितिको तीन वर्षको मियाद समाप्त भएकोले यसलाई विघटन गरि नयाँ कार्यकारिणी समिति बनाउने मुद्दा सामेल थियो त्यसपछि संस्थाका सल्लाहकार नितिन छेत्रीले आफ्नो सम्बोधनमा सुकना गोल्ड कपको आयोजन जरूरी रहेको कारण हरेक स्थानमा फूटबल टुर्नामेण्टहरू आयोजना भइरहेको हुनाले हामीले पनि गर्ने पर्छ तर मुख्य समस्या फण्ड भएको बताए यसैकारण सर्वप्रथम फण्डको…
Read More
विश्व ब्याडमिण्टन च्याम्पियनशीपमा ऐतिहासिक सफलता रजत पदकको साथ इतिहास रचे श्रीकान्तले

विश्व ब्याडमिण्टन च्याम्पियनशीपमा ऐतिहासिक सफलता रजत पदकको साथ इतिहास रचे श्रीकान्तले

शट्लर किदाम्बी श्रीकान्तले बीडब्ल्यूएफ विश्व च्याम्पियनशीपमा इतिहास रचे उनले टुर्नामेण्टमा रजत पदक जिते । यस्तो गर्ने उनी पहिलो भारतीय पुरुष खेलाड़ी हुन्। टुर्नामेण्टको खिताबी म्याचमा उनको जम्काभेट सिङ्गापुरका लोह किन येवसँग भएको थियो, जसमा उनी पराजयको सम्मुखीन भए । लोहले श्रीकान्तलाई सीधा गेममा २१-१५, २२ २० ले पराजित गरे । विश्वका पूर्व नम्बर एक शट्लर श्रीकान्तले पहिलो गेममा असल शुरुवात । गर्दै एक समय ९७ को बढ़त हासिल गरेका थिए तर सिङ्गापुरका शट्लरले पनि लय हासिल गर्दै स्कोर ११-११ को बराबरीमा पुयाए । त्यहाँदेखि दुई शट्लरबीच एक-एक अङ्कको निम्ति सङ्घर्ष देख्न पाइयो। स्कोर १३-१३ को बराबरीमा पुगेपछि चाहिँ किन येवले…
Read More
भारतीय क्रिकेट टोलीले पाकिस्तान भ्रमण गर्नेमा आईसीसी विश्वस्त

भारतीय क्रिकेट टोलीले पाकिस्तान भ्रमण गर्नेमा आईसीसी विश्वस्त

पाकिस्तानले सन् २०२५ मा आयोजना गर्ने आईसीसी च्याम्पियन्स ट्रफीमा भारतको सहभागिता अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को टाउको दुखाइ भएको छ । यद्यपि, आईसीसीले प्रतियोगितामा सबै देश सहभागी हुने विश्वास व्यक्त गरेको छ । २००९ मा लाहोरमा श्रीलंकन टिम चढेको बसमा इस्लामिक सैनिकले आक्रमण गरेका थिए । उक्त घटनामा ६ प्रहरीसहित दुई सर्वसाधरणको मृत्यु भएको थियो । त्यसपछि विदेशी टोलीले पाकिस्तानको भ्रमण गर्न अस्वीकार गरेका थिए । गएको सेप्टेम्बरमा इंग्ल्यान्ड र न्युजिल्यान्डले सुरक्षाको कारण देखाउँदै अन्तिममा पाकिस्तानको भ्रमण स्थगित गरेका थिए । ५० ओभरको उक्त क्रिकेट प्रतियोगिता पाकिस्तानमा हुने आईसीसीले निर्णय गरिसकेको छ । १९९६ मा श्रीलंका र भारतसँग मिलेर विश्वकपको आयोजना गरेपछि…
Read More
पाकिस्तानलाई एक खेल अगावै सिरिज

पाकिस्तानलाई एक खेल अगावै सिरिज

पाकिस्तानले बंगलादेशसँगको तीन टि२० आई खेलको सिरिज खेल अगावै २–० ले जितेको छ । दोस्रो खेलमा शनिबार पाकिस्तानले बंगलादेशलाई ८ विकेटले हराउँदै सिरिज एक खेल अगावै पक्का गरेको हो । जितको लागि १ सय ९ रनको सामान्य विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १८.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानको जितमा फखार जमान ५१ बलम २ चौका र ३ छक्कासहित सर्वाधिक ५७ रनमा अविजित रहे । मोहम्मद रिजवान ४५ बलमा ४ चौकासहित ३९ रनमा क्याच आउट भए । दोस्रो विकेटका लागि जमान र रिजवानले ८५ रनको साझेदारी गर्दै सहज जित दिलाए । तीव्र गतिका बलर मुश्ताफिजुर रहमानले ओपनर तथा कप्तान…
Read More
अस्ट्रेलियाले जित्यो विश्वकप क्रिकेटको उपाधि

अस्ट्रेलियाले जित्यो विश्वकप क्रिकेटको उपाधि

न्युजिल्यान्डलाई पराजित गर्दै अस्ट्रेलियाले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार राति दुबईको अन्तर्राष्ट्रिय रंगशालामा न्युजिल्यान्डमाथि ८ विकेटको जित निकाल्दै अस्ट्रेलियाले पहिलोपल्ट टी-ट्वान्टी विश्वकपको उपाधि हात पारेको हो । न्युजिल्याण्डबाट पाएको १ सय ७३ रनको लक्ष्य अस्ट्रेलियाले १८ ओभर पाँच बलमा दुई विकेट गुमाएर पूरा गर्‍यो । अस्ट्रेलियाको जितमा मिचेल मार्सले अविजित ७७ र डेभिड वार्नरले ५३ रन जोडे । कप्तान आरोन फिन्च ५ रनमै आउट भए भने ग्लेन म्याक्सवेल २८ रनमा अविजित रहे । न्युजिल्याण्डका ट्रेन्ट बोल्टले दुई विकेट हात पारे । टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ७२…
Read More
T20 विश्वकप सेमिफाइनल, PAK vs AUS

T20 विश्वकप सेमिफाइनल, PAK vs AUS

पाकिस्तान आइसिसी टि२० विश्वकप २०२१ को दोस्रो सेमिफाइनलमा अष्ट्रेलियासँग ५ विकेटले पराजित हुँदै बाहिरिएको छ । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शनका साथ पाकिस्तानले अपराजित रहँदै सेमिफाइनल यात्रा तय गरेको थियो । सेमिफाइनलमा ब्याटिङमा राम्रो प्रदर्शन गरेपनि बलिङ अपेक्षा अनुसार चल्न नसक्दा पराजित हुन पुगेको हो । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको थियो । पाकिस्तानका ओपनर मोहम्मद रिजवानले ५२ बलमा ३ चौका र ४ छक्का सहित सर्वाधिक ६७ रनको योगदान दिए । फखार जमान ३२ बलमा ३ चौका र ४ छक्का सहित ५५ रनमा अविजित रहे । पाकिस्तानका…
Read More
रोहितको कप्तानीमा भारतीय टोली घोषणा, विराटलगायत खेलाडी टिमबाहिर

रोहितको कप्तानीमा भारतीय टोली घोषणा, विराटलगायत खेलाडी टिमबाहिर

न्युजिल्याण्डविरुद्ध हुने  टी–२० सिरिजका लागि भारतीय टिमको घोषणा गरिएको छ। नोभेम्बर १७ बाट सुरु हुने सिरिजका लागि रोहित शर्माको कप्तानीमा भारतीय टिम घोषणा गरिएको हो। विराट कोहलीले कप्तान छाडेपछि अब रोहितले  टी–२० टिमको नेतृत्व गर्ने भारतीय क्रिकेट बोर्डले जनाएको छ। न्युजिल्याण्डविरुद्धको खेलमा विश्वकप खेलेका विराटसहित तीन खेलाडी टिममा समावेश छैनन्।  आईपीएलमा उत्कृष्ट प्रर्दशन गरेका केही खेलाडीले भारतीय टिममा मौका पाएका छन्। न्युजिल्याण्डविरुद्धको टिममा केएल राहुल उपकप्तान रहनेछन्। ऋतुराज गायकवडाय, श्रेयस अइयर, सुर्यकुमार यादव, ऋषभ पन्त, इशान किशन, वेन्कटेश अय्यर, युजभेन्द्र चहल, रविचन्द्रन आश्विन, अक्षर पटेल, आवेश खान, भुवनेश्वर कुमार, दिपक चाहर, हर्षल पटेल, मोहम्मद सिराज टिममा छन्। कोहलीसहित जसप्रीत बुमराह र रवीन्द्र…
Read More