04
Mar
भारतीय स्टार ब्याट्सम्यान विराट कोहलीले १०० औँ टेष्टको कोसेढुङ्गा पार गरेका छन्। आफ्नो टेष्ट क्रिकेट करियरको १०० औँ खेलमा पूर्वकप्तान कोहली ४५ रनमा आउट भए। श्रीलंकासँगको पहिलो टेष्ट म्याचमा उनले ७६ बलमा पाँच चौकाको मद्दतले ४५ रन जोडेका थिए। भारतको लागि १०० टेष्ट खेल खेल्ने उनी १२ औँ खेलाडी बनेका छन्। कोहलीले सन् २०११ मा टेष्ट डेब्यू गरेका थिए। ६८ खेल भने उनले भारतको टेष्ट टिमको कप्तानको रूपमा खेलेका थिए। यसै खेलबाट उनी टेष्ट क्रिकेटमा ८ हजार रन पूरा गर्ने छैठौँ भारतीय खेलाडी बन्न पनि सफल भएका छन्। यो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतको तेस्रो विकेटको रूपमा कोहली…
