16
Jan
सिलगढ़ी शहर रूखविहीन हुँदै गइरहेको छ। सयौँ रूखहरू काटेर कतिवटा बिरुवा रोपियो अनि तिनको संरक्षण गरिएको छ भन्ने विषयमा धेरै प्रश्नहरू उठिरहेका छन्। शहरका मुख्य सड़कहरूसितै राष्ट्रिय र राज्य राजमार्ग चौड़ा गर्दा सयौँ पुराना रूखहरू कुनै हिचकिचाहटबिना काटिए। यसको गम्भीर प्रभाव शहरको पर्यावरणमाथि परेको छ। एसएफ रोडबाट रूख उखेलेर अन्यत्र लगाइने विषयमा सिलगढ़ीको राजनीति गरम भएको छ। तर एसएफ रोड छोड़ेर पनि शहरले कैयौँ रूखहरूको बलिदान देखेको छ। सिलगढ़ीमा गाछ काकु भनेर चिनिने मिलनपल्लीका पुराना वासिन्दा मखन घोषको अहिले मन खिन्न छ। तिनले आफ्नै हातले डेढ़ हजारभन्दा अधिक निमपत्ताका रूखहरू लगाएका छन्। झण्डै तीन गुणा बढ़ी निमपत्ताका बिरुवाहरू पनि वितरण…
