22
Jan
दार्जीलिङ जिल्ला पुलिस अधीक्षक प्रवीण प्रकाश चढ्ने वाहनका कागजातबारे प्रश्न उठिरहेको छ। उक्त वाहनको प्रदूषण, बीमा जस्ता सबै कागजातहरू फेल रहेका आरोप उठेको छ। तर त्यसै वाहनमा अधीक्षक सारा जिल्लामा घुमिरहेका छन्। केवल अधीक्षकको मात्र होइन अन्य अधिकारीहरूको अधिकांश वाहनको पनि त्यस्तै हालत छ। थाना ओसीका वाहनदेखि गस्ती भ्यानसम्म सबैमा कागजातहरू नहुने आरोप छ। ती वाहनहरूको प्रदूषण र बीमा कुनै पनि कागजातको म्याद सकिएको दाबी गरिएको छ। दार्जीलिङ जिल्ला पुलिस अधीक्षकको वाहनको नम्बर हालेर आरटीओ एपमा खोज्दा उक्त नम्बरका वाहनको बीमा र प्रदूषण प्रमाणपत्र लामो समयदेखि फेल रहेको देखिन्छ। जिल्ला पुलिस अधीक्षकले चढ्ने वाहनको यस्तो अवस्था देखेर सर्वसाधारणमा आक्रोश बढ़ेको…
