24
Jun
सिलगढ़ीमा भएको एटीएम लुट काण्डमा हरियाणाबाट तीनजना अपराधीहरू पक्राउ गरिएको छ। यिनीहरूलाई हरियाणाको नुह जिल्लाबाट पक्राउ गरिएको हो। तीमध्ये एक हरियाणाका वासिन्दा छन् भने दुईजना भक्तिनगर थानाअन्तर्गत क्षेत्रका वासिन्दा रहेका बताइएको छ। पक्राउ परेका व्यक्तिहरू हुन् मोहम्मद इसराइल, जावेद खान र खुर्शीद। प्रधाननगर थाना पुलिसले तिनीहरूलाई पक्राउ गरी सिलगढ़ी ल्याइएको हो। अहिले तिनीहरूलाई सोधपुछ गरिँदैछ। मैनागुड़ीको एटीएम लुट काण्डको प्रभाव बाँकी रहँदै सिलगढ़ीमा पनि अर्को एटीएम लुटको घटना भएको हो। प्रधाननगर थानादेखि केवल 500 मिटर टाढ़ा चम्पासारीको सड़कमा पूर्ण रूपले आवासीय क्षेत्रमा एउटा समूहले 13 मिनटमै एटीएम लुट पूरा गरेको थियो। बितेको बिहीवार राति 1.44 देखि 1.57 बजीसम्म फिल्मी शैलीमा…
