12
Feb
केन्द्रीय श्रम कोड कानून रद्द लगायत विभिन्न मागसहित 21 वटा केन्द्रीय ट्रेड युनियनहरूले आज बिहीवार उद्योग हड़तालको आह्वान गरेका थिए। साथै विधानसभा चुनाउअघि पश्चिम बङ्गालमा केन्द्रीय ट्रेड युनियनहरूको एक संयुक्त फोरमले राज्यमा बङ्गला बचाओको आह्वान गर्दै विरोध प्रदर्शन आरम्भ गरेको छ। देशव्यापी उद्योग हड़तालमा सीआईटीयू, एआईटीयूसी र यूटीयूसीसहित विभिन्न श्रमिक सङ्गठनहरू सहभागी छन्।गत वर्ष 29 वटा श्रम कानून खारेज गरी लागू गरिएका चार श्रम कोड श्रमिकहरूको हित विपरीत रहेको तिनीहरूको दाबी छ। नयाँ कोडमा श्रमिकहरूको अधिकार कटौती भएको, रोजगारको सुरक्षा घटेको र रोजगारदातालाई कर्मचारी भर्ना तथा हटाउन सजिलो बनाइएको आरोप पनि तिनीहरूको छ। साथै निजीकरण तलब संरचना र सामाजिक सुरक्षाको…
