11
Jul
राज्यको मुख्यमन्त्री ममता बनर्जीको कडा निर्देशन पछि, कार्यदल टोली आज सिलगढीको तरकारी बजारहरूमा देखियो। कार्यदलको टोलीले बिहीबार बिहानैदेखि सिलगढी सहरका थोक तथा खुद्रा बजारमा छापा मारेको छ । कार्यदलको टोलीले तरकारी तथा फलफूलको मूल्य जाँच गरिरहेको छ ।कार्यदलका सदस्यहरूले आज बिहान सिलगढीको थोक बजारको भ्रमण गरे। कार्यदलका सदस्यहरूले सिलगढीको नियन्त्रित बजारका लगभग हरेक पसलमा गए। त्यहाँबाट चम्पासरी बजार र अन्त्यमा विधान बजार गएर खुद्रा व्यापारीसँग कुरा गरे । उनीहरुले आज तरकारी वा फलफूलको मूल्य जाँच गरेका छन् । टास्क फोर्सका अनुसार होलसेल र रिटेलमा खासै फरक नपर्ने गरी चारदेखि पाँच रुपैयाँको अन्तर हुनु स्वभाविक हो ।कार्यदलले आगामी दिनमा पनि उपभोग्य…