Rain

सन्दकफूमा हिमपात अनि विभिन्न जिल्लामा वृष्टिपात

सन्दकफूमा हिमपात अनि विभिन्न जिल्लामा वृष्टिपात

मङ्गलवार सन्दकफू क्षेत्रमा हिमपातको खबरले पर्यटकहरूलाई धेरै उत्साहित बनाएको छ। सामान्यत फरवरी महीनामा सन्दकफू क्षेत्रमा हिमपात नहुने भए पनि यो वर्ष फरवरी महीनाको अन्त्यतिर भएको हिमपातले सबैलाई आनन्दित तुल्याएको छ। मौसम विभागले पश्चिम बङ्गालका विभिन्न जिल्लामा मङ्गलवार वृष्टिपात हुने सूचित गराएको थियो। मौसम विभागको पूर्वानुमान अनुरूप आज दार्जीलिङ जिल्लामा सामान्य वृष्टिपातसितै असिना परेको छ।वसन्तमै दक्षिण बङ्गालमा पनि मौसमको पहिलो वर्षा भयो। अलिपुर मौसम विभागको पूर्वानुमानअनुसार मङ्गलवार सखारै बिहान हल्कादेखि मध्यम वर्षाले कोलकातासहित वरिपरिका क्षेत्र भिजेका छन्। साथै विभिन्न जिल्लाहरूमा पनि मध्यम वर्षा भएको छ। यसैबीच जाड़ोको अनुभूति झण्डै समाप्त भएको छ। घामको ताप र गर्मी दुवै बढ्दो क्रममा छ। मौसमविद्हरूअनुसार…
Read More
वर्षाका कारण निगम क्षेत्रदेखि पञ्चायतसम्मको अवस्था नाजुक

वर्षाका कारण निगम क्षेत्रदेखि पञ्चायतसम्मको अवस्था नाजुक

वर्षामा पनि पार्षद र पञ्चायतका पदाधिकारीले गरे क्षेत्रको निरीक्षण, ढल सुधारमा जोड सडकका खाल्डाहरूमा पानी जम्मा हुन्छ सिलगढी: पछिल्ला केही दिनदेखि, पानी हरेक दिन रातबाट सुरु हुन्छ र बिहान 10-11 पछि मात्र समाप्त हुन्छ। रातिको वर्षाले मानिसलाई खासै समस्या नपर्ने भए पनि बिहानको पानीले गर्दा सर्वसाधारण सास्तीमा छन् । लगातारको वर्षाका कारण बिहानै आवतजावत गर्ने यात्रु, विद्यालयका बालबालिका तथा विभिन्न कार्यालय जाने कर्मचारीलाई निकै समस्या भएको छ । अर्कोतर्फ लगातारको वर्षाका कारण महानगरपालिका पनि पर्दाफास भइरहेको छ । कतिपय वडाका सडकमा पानी जमेको छ । जसका कारण ट्राफिक जाममा चालकहरुलाई निकै समस्या हुने गरेको छ । विशेषगरी पैदल यात्रुलाई सडकमा…
Read More