23
Jun
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टी विभाजनका बेलादेखि सबै कालखण्डमा विमलेन्द्र निधिको साथ र सहयोग रह्यो। कैयौँ प्रभावशाली र विश्वासपात्र नेताले छाड्दा उनी देउवासँगै थिए। यस पटक भने उनले महाधिवेशनको मुखमा आफैँ उम्मेदवार बन्ने घोषणा दोहोर्याएका छन्। नेता निधिका अनुसार गत वर्षको साउन २९ गते नै उनले देउवालाई भेटेर त्यो जानकारी दिइसकेका थिए। उनै नेता निधिले सोमवार नेताद्वय शशाङ्क कोइराला र प्रकाशमान सिंहलाई आफ्नै निवासमा बोलाएर छलफल गरेपछि नयाँ तरङ्ग उत्पन्न भएको छ। कतिपयले कांग्रेसमा नयाँ ध्रुवीकरणले आकार लिन थालेको ठानेका छन्। बीपी कोइराला र गणेशमान सिंहका छोराहरूसँग परामर्श गरेका निधि अर्का वरिष्ठ नेता महेन्द्रनारायण निधिका छोरा हुन्। Click here…
