Political

छुट्टै राज्य गठनको मागमा ७-९ दिसम्बर जन्तर मन्तरमा धरना

छुट्टै राज्य गठनको मागमा ७-९ दिसम्बर जन्तर मन्तरमा धरना

छुट्टै राज्य गठनको मागमा पहाड़का गोर्खाल्याण्डपन्थी एउटा समूहले दिल्लीमा धरना गर्ने भएको छ। गोर्खाल्याण्ड एक्टिभिस्ट समूहको उक्त धरना-प्रदर्शनी राजधानी प्रदेश दिल्लीको जन्तर-म न्तरमा आउँदो ७ देखि ९ दिसम्बरसम्म चल्नेछ । फलस्वरूप, दोस्रो चरणको वार्ताको प्रतीक्षामा बसेका पहाड़वासी अनि आउँदो सोमवारदेखि आरम्भ हुने शीतकालीन सत्रअवधि हुने उक्त धरना कार्यक्रम राजनैतिक रूपमा निकै महत्त्वपूर्ण हुने विश्लेषकहरूको मत छ । केन्द्र अनि राज्यले दिने भनिएको स्थायी राजनैतिक समाधानको सूत्र केवल छुटै राज्य गोर्खाल्याण्ड हुनुपर्ने कार्यक्रम आयोजनाको औचित्य हुने संयोजक किशोर प्रधानको भनाई छ । यसबीच, पहाड़ समस्याबारे पछिल्लो १२ अक्टोबर भएको दिल्ली वार्तामा राज्य सरकारको उपस्थितिलाई पनि गोर्खाल्याण्ड एक्टिभिस्ट समूह सहजै पचाउन तयार…
Read More
अमित शाहले राखे संग्रहालयको आधारशिला

अमित शाहले राखे संग्रहालयको आधारशिला

केन्द्रिय गृहमन्त्री अमित शाहले मणिपुरमा भाजपा सरकारको शान्ति स्थापना र विगत पाँच वर्षमा चौतर्फी विकासको लागि प्रशंसा गरे । उनले राज्यमा शान्ति सुरक्षामा उल्लेखनीय सुधार भएको बताए । भर्चुअल कार्यक्रम मार्फत रानी गाइदिन्ल्यू आदिवासी स्वतन्त्रता •सेनानी संग्रहालयको शिलान्यास गर्दै शाहले भने, केन्द्रको सरकार र मणिपुरको एन वीरेन सिंहको सरकारले राज्यमा कानून र व्यवस्था, शिक्षा, बिजुली र अन्य पूर्वाधारको क्षेत्रमा उल्लेखनीय सुधार पूर्वाधारको गरेको छ शाहले भने, मणिपुरमा सत्तामा आउनुअघि हामीले बन्द, हडताल र नाकाबन्दी अन्त्य गर्ने वाचा गरेका थियौं| हामीले तीनवटैलाई हटाएका छौं र राज्यको कानून र व्यवस्थाको स्थितिमा उल्लेखनीय सुधार गरेका छौं। गृहमन्त्रीले यहाँ विगत पाँच वर्षमा भएको विकास…
Read More
पञ्जाब-हरियाणामा ममता ब्यानर्जीको चासो कीर्ति आजादलगायत अन्य तृणमूलमा सामेल

पञ्जाब-हरियाणामा ममता ब्यानर्जीको चासो कीर्ति आजादलगायत अन्य तृणमूलमा सामेल

त्रिपुरा र गोवापछि उत्तर भारतमा पार्टीको विस्तार साथै पार्टीलाई शक्तिशाली बनाउनु तृणमूल कङ्ग्रेसको मुख्य लक्ष्य भएको छ। अहिले राजधानीको भ्रमणमा रहेकी पश्चिम बङ्गालकी मुख्यम न्त्री तथा तृणमूल कङ्ग्रेस सुप्रिमो ममता ब्यानर्जीले यस्तै स्पष्ट पारेकी छन् । कीर्ति आजाद, पवन बर्मा र अशोक तनवर तृणमूल कङ्ग्रेसमा सामेल भएपछि ममता ब्यानर्जीले जनाए अनुसार तिनी शीघ्र पञ्जाब अनि हरियाणा जान चाहन्छिन् । नयाँ दिल्लीमा तिनले भनिन्, हरियाणा र पञ्जाब यहाँबाट धेर टाढ़ो छैन । तपाईंहरूले जति छिटो भन्नु हुनेछ त्यति नै छिटो म हरियाणा र पञ्जाब जानेछु दिल्लीमा भदै अभिषेक ब्यानर्जीको घरबाहिर भेला भएका तृणमूल कङ्ग्रेस समर्थकहरूलाई सम्बोधन गर्दै मम ताले भनिन्, तपाईंहरू…
Read More
भाजपामा योगी आदित्यनाथको बढ्यो कद

भाजपामा योगी आदित्यनाथको बढ्यो कद

भारतको सत्तारूढ दल भारतीय जनता पार्टीको नेतृत्वले विधानसभा निर्वाचनअघि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई विशेष महत्त्व दिन थालेको देखिन्छ । आइतवार भाजपाको राष्ट्रिय कार्यकारिणीको बैठकमा भएको गतिविधिले योगीको कद पार्टीमा बढ्न थालेको संकेत दिएको छ । अर्को वर्ष पाँच राज्यमा विधानसभा निर्वाचन हुन लागेको छ । तर योगीलाई मात्र कार्यकारिणी बैठकमा राखियो । बैठकमा योगीले राजनीतिक प्रस्ताव पनि पेश गरेका छन् ।  बैठकका लागि योगी आफैं दिल्ली पुगेका थिए भने भाजपाको सरकार भएमा उत्तराखण्ड, गोवा र मणिपुरका मुख्यमन्त्रीहरू भिडियो कन्फरेन्सिङमार्फत जोडिए ।  योगीलाई सशरीर उपस्थित गराएर भाजपाले उत्तर प्रदेशमा पुनः सत्तामा आउन योगीको महत्त्वलाई संकेत गरेको छ । उत्तर प्रदेशमा पुनः…
Read More
सिक्किमका सीएम प्रेम सिंह तामाड़ कू ऐपमा सामेल हुनुभयो

सिक्किमका सीएम प्रेम सिंह तामाड़ कू ऐपमा सामेल हुनुभयो

सिक्किमका मुख्यमन्त्री श्री प्रेम सिंह तामाङ (गोले) भारतको बहुभाषिक माइक्रो-ब्लगिङ प्लेटफर्म कूमा राज्य र क्षेत्रका मानिसहरूलाई आफ्नो मातृभाषामा संलग्न गराउन सामेल हुनुभएको छ। ह्याण्डल @pstamang को उपयोग गरी, श्री तामाड़ ले लेखनु भयो, "मँ अनुभवी नेता र सिक्किमका पूर्व मुख्यमन्त्री श्री बीबी गुरुंगलाई उनको ९२ औं जन्मदिनको अवसरमा हार्दिक बधाई दिन्छु। भगवानले उहाँलाई सुस्वास्थ्य, दीर्घायु र खुशीको साथ आशीर्वाद दिउन्। " कू ऐप, जसले भारतीयहरूलाई आफ्नो मातृभाषामा जडान गर्न र कुराकानी गर्न सशक्त बनाउँछ, उत्तर प्रदेशका सीएम योगी आदित्यनाथ, हरियाणाका सीएम मनोहर लाल खट्टर, मध्य प्रदेशका सीएम शिवराज सिंह चौहान, कर्नाटकका सीएम बसवराज बोम्मईलगायत धेरै राज्यका मुख्यमन्त्रीहरूले राम्रोसँग यस ऐपको…
Read More
जलवायु सम्मेलनमा मोदीले भने- ‘न्यूनिकरण मात्र होइन, अनुकुलन’

जलवायु सम्मेलनमा मोदीले भने- ‘न्यूनिकरण मात्र होइन, अनुकुलन’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जलवायु संकटप्रति विश्वको प्रतिक्रियामा न्यूनिकरण मात्र नभइ अनुकूलन हुनुपर्ने बताएका छन्। सोमबार स्कटल्याण्डको ग्लासगोमा भएको कोप२६ शिखर सम्मेलनमा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले सो कुरा बताएका हुन् । ‘न्युनिकरणको विश्वव्यापी जलवायु बहसमा अनुकूलनले महत्व पाएको छैन। यो जलवायु परिवर्तनबाट बढी प्रभावित विकासोन्मुख राष्ट्रहरूका लागि अन्याय हो। हामीले अनुकूलनलाई हाम्रा विकास नीति र परियोजनाहरूको मुख्य भाग बनाउन आवश्यक छ,’ उनले भने। त्यस्तै भारत नेपाल लगायतका विकासोन्मुख देशका लागि जलवायु परिवर्तन ठूलो चुनौती रहेको बताए । ‘जस्तै भारतमा र अन्य धेरै विकासोन्मुख देशहरूको लागि कृषि क्षेत्रको लागि जलवायु परिवर्तन ठूलो चुनौती हो। त्यहाँ बाली ढाँचामा परिवर्तनहरू छन्, बेमौसममा…
Read More
राज्य सरकारले कुनै पनि सरकारी सम्पत्ति बिक्री गरेको छैन : गोले

राज्य सरकारले कुनै पनि सरकारी सम्पत्ति बिक्री गरेको छैन : गोले

राज्यको कुनै पनि सरकारी सम्पत्ति बिक्री नगरिएको मुख्यमन्त्री प्रेम सिंह तामाङ गोलेले दावी गरेका छन्। बुधवार राजधानीको देउरालीस्थित एउटा खेल पूर्वाधारको उद्घाटनपछि पत्रकारहरूले सोधेको प्रश्नको उत्तर दिँदै मुख्यमन्त्री गोलेले भने, राज्यको सरकारी सम्पत्तिहरू वर्तमान सरकारले बिक्री गरेको विपक्षी पार्टीहरूले जुन आरोप लगाइरहेका छन् यो सरासर गलत हो, हामीले कुनै पनि सरकारी सम्पत्ति बिक्री गरेका छैनौं । विपक्षीको आरोपको खण्डन गर्दै तिनले भने, पुरानो वेस्ट पोइण्ट स्कूल र साउथ वेस्ट ट्याक्सी स्ट्याण्डको जमीनमा पीपीई मोडमा एउटा राम्रो अनि बहुद्देश्य पूर्वाधार निर्माण भइरहेको छ, उक्त स्थानमा निजी कम्पनीले उक्त पूर्वाधार निर्माण गरेपछि चार तला ट्याक्सी स्ट्याण्डको निम्ति सरकारलाई दिने र यसको सुविधा…
Read More
कश्मीरदेखि बंगलादेशसम्म हिन्दूहरूको हत्या भइरहेको छ : केन्द्रिय मंत्री

कश्मीरदेखि बंगलादेशसम्म हिन्दूहरूको हत्या भइरहेको छ : केन्द्रिय मंत्री

कांग्रेस पार्टीका सांसद तथा पूर्व केन्द्रीय मन्त्री मनीष तिवारीले आइतवार ट्रीट गरेर दक्षिण एसियामा इस्लामिक एजेन्डाले काम गरिरहेको बताएका छन् । जम्मुकश्मीरमा गैर मुसलमानहरूको हत्या तथा बंगलादेशमा हिन्दूहरूमाथि भइरहेको अत्याचारलाई सन्दर्भ बनाएर उनले ट्वीट गरेका हुन् । उनले लेखे, 'कश्मीरमा गैरमुसलमानको हत्या, बंगलादेशमा हिन्दूहरूको हत्या र पुंछमा नौ जवानको हत्यामा कुनै लिंक छ? शायद छ। दक्षिण एसियामा ठूलै इस्लामिक एजेन्डाले काम गरिरहेको छ।' कश्मीरमा केही दिनयता आतंकवादीहरूले त्रास फैलाउनका लागि सर्वसाधारणलाई तारो बनाइरहेका छन् । ती सबै मानिस गैरमुस्लिम थिए । त्यसपछि सुरक्षाबलहरूले आतंकवादीहरूका विरुद्ध कारवाही चर्काएका छन् बंगलादेशमा हिन्दूहरू तथा मन्दिरहरूलाई तारो बनाइँदैछ । एउटा हल्ला चलेपछि त्यहाँ दुर्गापूजाका…
Read More
मन्त्रीको छोरा पक्रन एक साताको अल्टिमेटम

मन्त्रीको छोरा पक्रन एक साताको अल्टिमेटम

उत्तर प्रदेशको लखीमपुर खीरीमा प्रदर्शन गरिरहेका चार किसानसहित आठ जनाको मृत्यु भएको तीन दिनपछि पनि पुलिसले कसैलाई पक्राउ गर्न सकेको छैन । केन्द्रिय गृहराज्यमन्त्री अजयकुमार मिश्रा टेनीको पैतृक गाउँ बनबरीपुरमा आयोजित एक समारोहमा उप मुख्यमन्त्री केशव प्रसाद मौर्य जाने विषयमा किसानहरुले विरोध प्रदर्शन गरिरहेका थिए । किसानहरुको आरोप छ कि प्रदर्शनकारीहरूलाई एसयूभी गाडीले किचेर मारियो । मारिनेमा चार किसानसहित अन्य पीडितमध्ये एक स्वतन्त्र पत्रकार रमन कश्यप थिए मीडियाअनुसार उनीहरुको परिवारले मामिलामा कश्यपको गोली हानेर हत्या गरिएको आरोप लगाएका छन् किनभने कश्यपले घटनास्थलमा भीआईपीहरुको गाडीले किसानलाई कुल्चेको भिडियो खिचिरहेका थिए । आइतबारको घटनामा मन्त्रीका छोरा आशीष मिश्रासहित अन्यको नाम लिँदै हत्याको…
Read More
भाजपालाई केवल टीएमसीले टक्कर दिन सक्छ : ममता

भाजपालाई केवल टीएमसीले टक्कर दिन सक्छ : ममता

पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जी भवानीपुर उपचुनावमा विजयी भएपछि धेरै आत्मविश्वासमा छिन् । यो मानिन्छ किनकि तिनले एउटा लेख लेखेको छ जुन उनको पार्टी टीएमसीलाई कांग्रेस भन्दा धेर प्रभावकारी बताउँछ ममताले पार्टीको मुखपत्र 'जागो बंगला' को लेखमा लेखेकी थिइन्, कांग्रेस भाजपासंग लडाइँ लड्न असफल भएको छ, त्यसैले भारतका जनताले फासीवादी भगवा पार्टी हटाएर नयाँ भारत बनाउने जिम्मेवारी राखेका छन्। ममताले लेखेकी थिइन्, टीएमसीले यस बर्षको शुरुमा भएको राज्य विधानसभा चुनावमा भाजपाको बिरुद्ध जबरजस्ती विजय हासेल गरेपछि देशभरिका जनताको विश्वास कमाएको छ। यस लेखको शीर्षक 'दिल्ली आर डाक' दिइएको छ। ममताले भनिन, हामीले कांग्रेसलाई कहिल्यै अलग राखेनौं तर तथ्य यो हो,…
Read More