North-East

शारीरिक शुद्धिकरणका लागि आहार व्यवस्थापन

शारीरिक शुद्धिकरणका लागि आहार व्यवस्थापन

हाम्रो वातावरणमा विभिन्न प्रकारको विषाक्त पदार्थ उपस्थित छ । अनेकन प्रकारका खानपानले पनि हाम्रो शरीरभित्र यस किसिमको विकार पैदा गर्छ । साधारणतय हाम्रो शरीर तन्त्र यी विष संचयनलाई निष्काषित गर्न सक्षम हुन्छ । साथै एक दैनिक प्रक्रियाको रुपमा स्वतः निष्काषित पनि भइरहेको हुन्छ । यद्यपि जसरी ति विषाक्त तत्व एवं विकार शरीरबाट बाहिर निष्कासन हुनुपर्ने हो, त्यसरी भइरहेको हुँदैन । कहिले काहीँ शरीरले पनि यि तत्वको निष्कासन सही ढंगले गर्न सक्दैन । यदि हामी शरीरको जैविक घडी अनुसार चल्ने हो र प्राकृतिक जीवनयापन गर्ने हो भने विजातिय तत्व निष्कासित हुन्छ । यसका लागि पर्याप्त मात्रामा पानी पिउने, योग वा व्यायाम…
Read More
उत्तर सिक्किम सीमामा सङ्घर्ष :भारत-चीन

उत्तर सिक्किम सीमामा सङ्घर्ष :भारत-चीन

चीन र भारतका सैनिकबीच फेरि विवादित सीमामा सङ्घर्ष भएको र दुवैतर्फ केही घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन्।सो सङ्घर्ष उत्तरी सिक्किममा तीन दिनअघि भएको बताइएको छ। अर्को सीमाक्षेत्रमा भएको भिडन्तपछि दुई देशबीच तनाव रहिआएको छ। गत वर्ष जुनमा लद्दाख क्षेत्रमा भएको भिडन्तमा कम्तीमा २० भारतीय सैनिकको मृत्यु भएको थियो। चीनतर्फ पनि क्षति भएको विवरण आए पनि चिनियाँ अधिकारीले केही बोलेका थिएनन्।
Read More
सीमा विवादमा भारतीय र चिनियाँ सैनिकबीच भिडन्त

सीमा विवादमा भारतीय र चिनियाँ सैनिकबीच भिडन्त

एजेन्सी ।  उत्तरी सिक्किमको नाकु ला सेक्टरमा भारतीय र चिनियाँ सैनिकबीच झडप भएको छ । चीन र भारतका सैनिकबीच फेरि विवादित सीमामा सङ्घर्ष भएको र दुवैतर्फ केही घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन्।  तीनदिनअघि सिक्किमको नाकुला पासमा उक्त झडप बताइएको छ। अर्को सीमाक्षेत्रमा भएको भिडन्तपछि दुई देशबीच तनाव रहिआएको छ। गत वर्ष जुनमा लद्दाख क्षेत्रमा भएको भिडन्तमा कम्तीमा २० भारतीय सैनिकको मृत्यु भएको थियो। चीनतर्फ पनि क्षति भएको विवरण आए पनि चिनियाँ अधिकारीले केही बोलेका थिएनन्। तीन दिनअघिको घटना भने चिनियाँ सैनिकको टोली भारतीय क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेपछि नकु ला पासमा भिडन्त भएको भारतीय सैन्य अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले…
Read More
एशियाको ‘सबैभन्दा ठूला लागुपदार्थ गिरोहका नाइके’ द नेदरल्यान्ड्समा पक्राउ

एशियाको ‘सबैभन्दा ठूला लागुपदार्थ गिरोहका नाइके’ द नेदरल्यान्ड्समा पक्राउ

द नेदरल्यान्ड्स प्रहरीले अस्ट्रेलियाद्वारा जारी एउटा पक्राउपुर्जीका आधारमा विश्वकै सबैभन्दा ठूलो लागुऔषध समूहका नाइके भएको आरोप लागेका एक व्यक्तिलाई पक्राउ गरेको छ। चीनमा जन्मिएका क्यानडाली नागरिक सो चि लपलाई 'द कम्पनी'का प्रमुख भएको मानिन्छ। उक्त गिरोहले एशियाभरि हुने ७० अर्ब डलर बराबरको गैरकानुनी लागुऔषध कारोबारको ठूलो भाग ओगट्छ। संसारमा सबैभन्दा बढी खोजी गरिएका फरार अभियुक्तमध्येका एक मानिने सोलाई एम्स्टर्डामस्थित स्किपोल विमानस्थलमा पक्राउ गरिएको हो। अस्ट्रेलियाले आफ्नो देशमा उनीमाथि मुद्दा चलाउन उनको सुपुर्दगी गराउन खोजिरहेको छ। बलिवुडका चर्चित नायिकाहरू किन तानिए लागुऔषध सम्बन्धी अनुसन्धानमाथाईल्यान्डमा लागुपदार्थ लुकाइएको गाडी झुक्किएर लिलाम अस्ट्रेलियाको सङ्घीय प्रहरी (एएफपी) देशमा भित्रिने कुल लागुऔषधिमध्ये करिब ७० प्रतिशत साम…
Read More
युरोप मा कोभिड खोपको अभाव

युरोप मा कोभिड खोपको अभाव

कोरोनाभाइरस विरुद्धको खोप विकास गरिरहेको अर्को एउटा कम्पनीले वितरणमा समस्या हुन सक्ने बताएसँगै युरोपेली सङ्घ निराश बनेको छ।यूकेको कम्पनी एस्ट्राजेनिकाले उत्पादनमा देखिएको समस्याका कारण अनुमान गरिएभन्दा कम मात्रामा खोप उत्पादन हुने बताएको छ। युरोपका कयौँ भागमा फाइजर/बायोएनटेकले वाचा गरे अनुरूपको आपूर्ति नगरेपछि कोभिडको खोप दिने काम सारिएको वा रोकिएको बताइएको छ।अक्सफर्ड विश्वविद्यालयसँगको सहकार्यमा खोप विकास गरेको एस्ट्राजेनिकाले एक विज्ञप्ति जारी गर्दै पछिल्लो अवस्थाबारे जानकारी गराएको हो।
Read More
कोरोना भाइरस नियन्त्रण बाइडेनको प्राथमिकतामा

कोरोना भाइरस नियन्त्रण बाइडेनको प्राथमिकतामा

अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरस नियन्त्रणलाई प्राथमिकतामा राखेका छन् । भाइरस नियन्त्रणका लागि बाइडेनले १० वटा कार्यकारी आदेशमा हस्ताक्षर गर्ने जनाइएको छ ।  भाइरसविरुद्धको खोप द्रुतगतिमा दिइने, परीक्षण दायरा बढाइने तथा मास्कलगायत अत्यावश्यक सामग्रीको उत्पादन बढाइने आदेशमा उल्लेख छ । त्यसैगरी, भाइरस नियन्त्रणका लागि राष्ट्रियस्तरको रणनीति तय गरिने पनि बाइडेनको योजना छ । निवर्तमान राष्ट्रपति ट्रम्पको भाइरसविरुद्धको रणनीति तय गर्न राज्यहरूलाई अधिकार दिएका थिए । महामारी नियन्त्रणका लागि ठोस कदम नचालको भन्दै उनको व्यापक आलोचना भएको थियो । बिहीबार साँझसम्म अमेरिकामा कोरोना भाइरसको महामारीका कारण ४ लाख ६ हजार जनाले ज्यान गुमाइसकेका छन् । संक्रमितको संख्या २ करोड ४५ लाख पुग्नै लागेको छ । राष्ट्रपति बाइडेनको कोरोना भाइरस…
Read More
‘जनयुद्धको नाम सुन्‍नै नचाहने ओलीले अहिले कालीबहादुर खाम खोई अरे’

‘जनयुद्धको नाम सुन्‍नै नचाहने ओलीले अहिले कालीबहादुर खाम खोई अरे’

नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुश कदमलाई कसैले प्रोत्साहन गरे शान्ति प्रक्रिया ‘डिरेल’ हुनसक्ने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूहले शुक्रबार काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै दाहालले ओलीको कदमलाई कसैले प्रोत्साहन गरेमा शान्ति प्रक्रिया ‘डिरेल’ हुन सक्ने चिन्ता व्यक्त गरेका हुन् । ‘यो देशमा फेरि हिंसा होस्, फेरि युद्ध होस्, फेरि अराजकता होस् भन्ने कसैले चाहेको छैन । सम्मानित सर्वोच्च अदालतका सम्मानित न्यायाधीशहरु कोही पनि फेरि यो देशमा हिंसा, द्वन्द्व, अराजकता चाहनु हुन्छ भनेर म कल्पना पनि गर्न चाहन्‍न,’ दाहालले भने, ‘केपीको कदमलाई सदर गर्ने काम भयो भने नेपालको शान्ति प्रक्रिया ‘डिरेल' हुन्छ कि भन्ने ठूलो…
Read More
२४ घण्टामा ३०२ संक्रमित थपिए, ४८० कोरोनामुक्त

२४ घण्टामा ३०२ संक्रमित थपिए, ४८० कोरोनामुक्त

पछिल्लो २४ घण्टामा शुक्रबार थप ३०२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६८ हजार ९ सय ४८ संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा ४८० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६३ हजार ३ सय ४८ पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या भने ३ हजार ६ सय १४ छ। मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख ३५ हजार ३ सय १ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ सय ५८ रहेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा ७ को मृत्यु…
Read More
इजरायलमा कामका लागि जान खुल्यो बाटो

इजरायलमा कामका लागि जान खुल्यो बाटो

इजरायलको केयरगिभर क्षेत्र (स्याहारसुसार केन्द्र) मा जान रोकिएको नेपाली श्रमिकका लागि झन्डै ११ वर्षपछि बाटो खुलेको छ । आकर्षक सेवासुविधा र मर्यादित कार्यस्थल मानिएको इजरायलमा श्रमिकमाथि अत्यधिक आर्थिक भार परेको भन्दै सन् २००९ देखि नेपाली जान रोकिएको थियो । इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता कार्यान्वयन गर्न बिहीबार दुई देशबीच हस्ताक्षर भएपछि नेपालीका लागि बाटो खुलेको हो । प्रोटोकलमा वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल र इजरायलका तर्फबाट नेपालका लागि इजरायली राजदूत खनान गोडेरले हस्ताक्षर गरेका छन् । ‘श्रम सम्झौतालाई कार्यान्वयन गर्न प्रोटोकलमा भएको हस्ताक्षरले श्रमिक पठाउने बाटो खोलेको छ,’ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता भरतमणि पाण्डेले कान्तिपुरसँग भने,…
Read More
श्रीलंकामा खुल्यो अन्तर्राष्ट्रिय आगमन

श्रीलंकामा खुल्यो अन्तर्राष्ट्रिय आगमन

श्रीलंकाले बिहीबारदेखि सबै देशका पर्यटक र अन्तर्राष्ट्रिय आगमनका लागि आफ्नो सीमा पूर्णरूपमा खोलेको छ । अन्तर्राष्ट्रिय पर्यटक तथा सीमा खुला गर्ने निर्णयसँगै विदेशमा विभिन्न काम तथा रोजगारीका सिलसिलामा गएका ५० नागरिक बिहीबार बिहानै ओमान एयरको उडानमार्फत बन्दरानाइके अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । सरकारको निर्णयबारे राजधानी कोलम्बोमा बोल्दै पर्यटनमन्त्री प्रसन्न रनतुंगेले महामारीबाट प्रभावित अर्थतन्त्रलाई उकास्न पर्यटकीय गतिविधि सञ्चालन तथा वैदेशिक आवागमन खुला गरिएको बताए । महामारीबाट सुरक्षित रहन सरकारले विभिन्न सुरक्षा मापदण्ड र प्रक्रिया अवलम्बन गर्ने उनको भनाइ छ ।
Read More