North-East

कांग्रेसद्वारा तीन दिनको आन्दोलन घोषणा

कांग्रेसद्वारा तीन दिनको आन्दोलन घोषणा

कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमका विरुद्ध थप तीन दिनको विरोध कार्यक्रम घोषणा गरेको छ । पार्टी केन्द्रीय सदस्य अर्जुनरसिंह केसीका अनुसार माघ १९ गते भातृसंस्था र २४ गते शुभेच्छुक संस्थाको आयोजनमा देशभर प्रदर्शन गर्ने कार्यक्रम छ । त्यस्तै, पार्टीले माघ ३० गते ७७ जिल्लामै प्रदर्शन गर्ने कार्यक्रम छ । नेता केसीले प्रतिनिधिसभा विघटन गर्ने कदम र ओली नेतृत्वको सरकारका तीन वर्षका बेथितिलाई समेत मुद्दा बनाइने बताए । ‘अहिले हाम्रो आन्दोलनको मुख्य उद्देश्य नै संविधानको रक्षा गर्ने दायित्व कांग्रेसको काँधमा छ,’ केसीले भने, ‘त्यसका लागि कांग्रेसले आन्दोलन छाड्न हुन्‍न ।’ प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले थप आन्दोलनको निर्णय…
Read More
भाइरल अर्जुन जबरजस्ती करणी, अपहरण र शरीर बन्धक अभियोगमा पक्राउ

भाइरल अर्जुन जबरजस्ती करणी, अपहरण र शरीर बन्धक अभियोगमा पक्राउ

गत साउन १७ गते दुई वर्षीय छोरालाई पिठ्युमा बोकेर रिक्सा चलाएको फोटो सामाजिक संजालमा आएपछि भाइरल भएका अर्जुन बिक जबरजस्ती करणी, अपहरण र शरीर बन्धकका अभियोगमा पक्राउ परेका छन् । १३ वर्षमा बिहे गरेर १५ वर्षमा छोरा जन्माएकी श्रीमती पोइला गएको भन्दै झुटो खबर बताएर सामाजिक संजाल र युट्युबमा भाइरल भएपछि अर्जुनले आधा दर्जनभन्दा धेरै म्युजिक भिडियोमा खेल्ने मौका पाएका थिए । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अदालतले पक्राउ पुर्जी जारी गरेपछि गत ८ गते अर्जुनलाई काठमाडौं नयाँ बानेश्वरबाट पक्राउ गरेर कैलाली ल्याइएको हो । अर्जुनविरुद्ध गत भदौ ११ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा अभियोग दर्ता भएको थियो । उक्त अभियोगपत्रमा अर्जुनले २०७३…
Read More
उत्तर कोरियाली कूटनीतिज्ञ भागेर दक्षिण पुगे

उत्तर कोरियाली कूटनीतिज्ञ भागेर दक्षिण पुगे

उत्तर कोरियाका एक वरिष्ठ कूटनीतिज्ञ भागेर शरण लिन दक्षिण कोरिया पुगेका सञ्चारमाध्यमहरूले जनाएका छन् ।  कुवेतका लागि उत्तर कोरियाली कार्यवाहक राजदूत र्‍यु ह्युन–वू सन् २०१९ को सेप्टेम्बरमा परिवारसहित भागरे दक्षिण कोरिया पुगेका मेइल दैनिकले जनाएको छ । उक्त अखबारमा प्रकाशित समाचारअनुसार सन्तानको भविष्य उज्वल बनाउन चाहेका कारण र्‍युले आफू भागेको बताएका हुन् । दक्षिण कोरियाली अधिकारीहरूले भने र्‍यु आफ्नो देशमा आएको पुष्टि गर्न अस्वीकार गरेका छन् । दक्षिण कोरियाली सञ्चारमाध्यमहरूले र्‍यु सन् २०१९ को सेप्टेम्बरमा शरण खोज्दै दक्षिण कोरिया पुगेका जनाएका छन् । तर उनले शरण मागेको कुरा अहिलेसम्म गोप्य राखिएको थियो । उनी सन् २०१७ देखि कुवेतका लागि उत्तर कोरियाको कार्यवाहक राजदूत थिए । र्‍युका ससुराले…
Read More
दिल्लीमा एकातिर गणतन्त्र दिवसको परेड, अर्कोतिर किसानको विरोध

दिल्लीमा एकातिर गणतन्त्र दिवसको परेड, अर्कोतिर किसानको विरोध

भारतको राजधानी नयाँ दल्ली मंगलबार दुई वटा भिन्न दृश्यको साक्षी बन्दैछ । गणतन्त्र दिवसको अवसरमा राजधानी नयाँदिल्लीको इन्डिया गेटमा विभिन्न झाँकी र सेनाको परेडसहितको भव्य कार्यक्रम चलिरहेका बेला त्यहाँबाट केही किलोमिटरको दूरीमा किसानहरुले सरकारको विरोधमा ऱ्याली निकालेका छन् । मोदी सरकारले ल्याएको कृषिसम्बन्धी तीनवटा कानुनको विरोधमा विगत पाँच महिनादेखि भारतमा किसानहरु आन्दोलनरत छन् । विशेषगरी पन्जाब, हरियाणा, उत्तर प्रदेश, कर्नाटक, महाराष्ट्र र पश्चिम बंगाललगायतका राज्यमा ती कानुनको चर्को विरोध हुँदै आएको छ । सरकारसँगको पटक– पटकको वार्ता असफल भएपछि किसानहरुले मगंलबार अर्थात् २६ जनवरीकै दिन धर्नामा रहेका दिल्लीमा ट्रयाक्टर ऱ्याली गर्ने यसअघि नै घोषणा गरेका थिए । त्यसका लागि किसानहरुले हजारौंको संख्यामा ट्रयाक्टर…
Read More
आन्दोलनरत किसान र प्रहरीबीच झडप, दिल्लीमा तनाव

आन्दोलनरत किसान र प्रहरीबीच झडप, दिल्लीमा तनाव

किसान आन्दोलनले उग्र रुप लिएपछि भारतको राजधानी नयाँदिल्लीका विभिन्न स्थान तनावग्रस्त बनेको छ । मंगलबार बिहान दिल्लीको मुख्य भागतर्फ अगाडि बढेका आन्दोलनरत किसानहरु उग्र बनेपछि आईटीओ, अक्षरधामलगायतका स्थानहरु तनावग्रस्त बनेको हो । विशेषगरी आईटीओस्थित दिल्ली प्रहरीको मुख्यालयको सामुन्ने नै आन्दोलनरत किसान र प्रहरीबीच झडप भएको छ । ट्रयाक्टरसहित पुगेका किसानहरुले बसलगायत सार्वजनिक सम्पत्ति तोड्ने र प्रहरीमाथि समेत आक्रमण गरेपछि परिस्थिति उग्र बन्न पुगेको हो । किसानहरुलाई रोक्न प्रहरीले दर्जनौं अश्रुग्यास प्रहार गर्नुका साथै लाठी चार्जसमेत गरेको छ । तर, किसानहरुको संख्या धेरै भएका कारण प्रहरीलाई स्थिति नियन्त्रणमा लिन हम्मेहम्मे गरेको छ । गणतन्त्र दिवसको अवसरमा राजधानी नयाँदिल्लीको इन्डिया गेटमा विभिन्न झाँकी र सेनाको परे…
Read More
फाइजरको कोरोना खोपलाई अस्ट्रेलियामा अनुमति

फाइजरको कोरोना खोपलाई अस्ट्रेलियामा अनुमति

फाइजर र बायोएनटेकले संयुक्त रुपमा विकास गरेको कोरोना खोपलाई अस्ट्रेलियाले प्रयोगका लागि अनुमति दिएको छ । अस्ट्रेलियाको औषधिसम्बन्धी नियमनकारी निकाय थेराप्युटिक गुड्स एडमिनिस्ट्रेसन (टीजीए) ले सोमबार उक्त खोपको प्रयोगका लागि अनुमति दिएको हो ।  प्रधानमन्त्री स्कट मरिसनले सोमबार बिहान पत्रकार सम्मेलन गर्दै अस्ट्रेलियामा कोरोना भाइरसको पहिलो संक्रमण देखिएकै दिन खोप प्रयोगको अनुमति आएको बताए । उनले खोप प्रयोगको अनुमतिसँगै कोरोना भाइरसविरुद्ध लड्नका लागि अझ एक कदम अघि बढेको बताएका छन् । प्रधानमन्त्री मरिसनले सबै अस्ट्रेलियालीले विश्वस्तरको नियमनकारी निकायबाट अनुमति प्राप्त भएकाले गुणस्तरमा विश्वस्त हुन आग्रहसमेत गरेका छन् । उनले सरकारले सोचजस्तै अर्काे महिनाको मध्य तथा अन्तिमसम्म अस्ट्रेलियामा खोप दिन सुरु गरिने जनाएका छन् ।…
Read More
जो एक दिनका लागि उत्तराखण्डकी मुख्यमन्त्री बनिन्

जो एक दिनका लागि उत्तराखण्डकी मुख्यमन्त्री बनिन्

भारतको उत्तराखण्ड राज्यकी एक १९ वर्षीया किशोरी राज्यको मुख्यमन्त्री बनेकी छन् । हरिद्वार जिल्लास्थित दौलतपुर गाउँकी सृष्टि गोस्वामी एकदिने मुख्यमन्त्री बनेसँगै उनको चर्चा भारतभर चुलियो । गोस्वामी राष्ट्रिय बालिका दिवसका अवसरमा आइतबार प्रतीकात्मक रूपमा उत्तराखण्डकी मुख्यमन्त्री बनेकी हुन् । प्रतीकात्मक रूपमा नै भए पनि उत्तराखण्डमा पहिलोपटक महिला मुख्यमन्त्री पाएको हो । मुख्यमन्त्री बनेसँगै उनले सरकारी नीतिहरू हेरफर गर्न आयोजित औपचारिक बैठकमा सहभागी भइन् । त्यस क्रममा उनले सरकारी निकायका अधिकारीहरूलाई आफ्ना सुझाव दिइन् । त्यसका साथै गोस्वामीले विधानसभाको सत्रमा मुख्यमन्त्रीको हैसियतले सरकारका विभिन्न निकायले गरेका कार्यहरूबारे पनि जानकारी लिइन् । आइतबार मध्याह्न गरिएको कार्यक्रममा उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत पनि उपस्थित थिए । मुख्यमन्त्री रावतले ट्वीट गर्दै ‘आफ्नो…
Read More
मोदीले राष्ट्रिय बालिका बाल दिवसको अवसरमा “देश की छोरी” लाई अभिवादन गर्नुभयो

मोदीले राष्ट्रिय बालिका बाल दिवसको अवसरमा “देश की छोरी” लाई अभिवादन गर्नुभयो

आइतबार राष्ट्रिय बालिका बाल दिवसका अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले भने, "केन्द्रीय सरकारले बालिकाको सशक्तिकरणमा शिक्षा, राम्रो स्वास्थ्य सेवा र लिंग संवेदनशीलतामा सुधार लगायत धेरै पहल गरिसकेको छ।" भारतले प्रत्येक वर्ष जनवरी २४ मा महिला र बाल विकास मन्त्रालयको पहलमा राष्ट्रिय बालिका बाल दिवस मनाउँछ। "राष्ट्रिय बालिका बाल दिवसका अवसरमा हामी हाम्रो # देशकोछोरी र विभिन्न क्षेत्रका उपलब्धिहरूलाई सलाम गर्दछौं," मोदीले ट्वीटमा भने। प्रधानमन्त्रीले अर्को ट्वीटमा भने, "आज बालिकालाई सशक्तिकरण गर्ने र सम्मान र अवसरको जीवन बिताउन सुनिश्चित गर्नेतर्फ काम गर्ने सबैको विशेष कदर गर्ने पनि दिन हो। '
Read More
शारीरिक शुद्धिकरणका लागि आहार व्यवस्थापन

शारीरिक शुद्धिकरणका लागि आहार व्यवस्थापन

हाम्रो वातावरणमा विभिन्न प्रकारको विषाक्त पदार्थ उपस्थित छ । अनेकन प्रकारका खानपानले पनि हाम्रो शरीरभित्र यस किसिमको विकार पैदा गर्छ । साधारणतय हाम्रो शरीर तन्त्र यी विष संचयनलाई निष्काषित गर्न सक्षम हुन्छ । साथै एक दैनिक प्रक्रियाको रुपमा स्वतः निष्काषित पनि भइरहेको हुन्छ । यद्यपि जसरी ति विषाक्त तत्व एवं विकार शरीरबाट बाहिर निष्कासन हुनुपर्ने हो, त्यसरी भइरहेको हुँदैन । कहिले काहीँ शरीरले पनि यि तत्वको निष्कासन सही ढंगले गर्न सक्दैन । यदि हामी शरीरको जैविक घडी अनुसार चल्ने हो र प्राकृतिक जीवनयापन गर्ने हो भने विजातिय तत्व निष्कासित हुन्छ । यसका लागि पर्याप्त मात्रामा पानी पिउने, योग वा व्यायाम…
Read More
उत्तर सिक्किम सीमामा सङ्घर्ष :भारत-चीन

उत्तर सिक्किम सीमामा सङ्घर्ष :भारत-चीन

चीन र भारतका सैनिकबीच फेरि विवादित सीमामा सङ्घर्ष भएको र दुवैतर्फ केही घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन्।सो सङ्घर्ष उत्तरी सिक्किममा तीन दिनअघि भएको बताइएको छ। अर्को सीमाक्षेत्रमा भएको भिडन्तपछि दुई देशबीच तनाव रहिआएको छ। गत वर्ष जुनमा लद्दाख क्षेत्रमा भएको भिडन्तमा कम्तीमा २० भारतीय सैनिकको मृत्यु भएको थियो। चीनतर्फ पनि क्षति भएको विवरण आए पनि चिनियाँ अधिकारीले केही बोलेका थिएनन्।
Read More