North-East

म्यान्मार कू: सेना सडकमा, इन्टरनेट सेवा अवरुद्ध

म्यान्मार कू: सेना सडकमा, इन्टरनेट सेवा अवरुद्ध

म्यान्मारमा फेब्रुअरी १ तारिखमा सेनाले गरेको कू को विरोध गरिरहेकाहरू लक्षित कारबाही सुरु गरिन सक्ने सङ्केतहरू देखा परेका बेला उत्तरी क्षेत्रमा भएको प्रदर्शनका क्रममा स्वचालित हतियारबाट गोली चलेको सुनिएको छ।सबैभन्दा ठूलो सहर याङ्गुनमा सैन्य अधिकारीहरू सडकमा उत्रेको विवरण आइरहेका बेला म्यान्मारस्थित पश्चिमा राष्ट्रहरूका दूतावासहरूले भने हिंसाको प्रयोग नगर्न आग्रह गरेका छन्। स्थानीय समय अनुसार दिनको १ बजेदेखि त्यहाँ इन्टरनेट सेवा पूर्ण रूपमा बन्द गरिएको छ।संयुक्त राष्ट्र सङ्घका एकजना अधिकारीले सेनाले जनताविरुद्ध "युद्धको घोषणा गरेको" आरोप लगाएका छन्।
Read More
ट्रम्पविरुद्ध बदलाको अभियान चलाइएको वकिलहरूको आरोप

ट्रम्पविरुद्ध बदलाको अभियान चलाइएको वकिलहरूको आरोप

पूर्व अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध माथिल्लो सदन सिनेटमा चलिरहेको महाभियोगसम्बन्धी सुनुवाइका क्रममा उनका वकिलहरूले डेमोक्र्याटिक दलले ट्रम्पविरुद्ध बदलाको अभियान चलाएको आरोप लगाएका छन्। सिनेटमा महाभियोग लगाउनु पर्ने कारणहरू प्रस्तुत गर्ने क्रममा डेमोक्र्याटिक दलका नेताहरूले यो साता ज्यानुअरी ६ मा भएको क्यापिटल भवन हमलाका कैयन् भिडिओ फुटेज समेत प्रदर्शन गरेका थिए।
Read More
उत्तराखण्डमा फसेकाको उद्धार जारी

उत्तराखण्डमा फसेकाको उद्धार जारी

भारतको उत्तराखण्डमा आइतबार गएको हिमपहिरोसँगैको बाढीका कारण विद्युत् आयोजना गृहको सुरुङमा फसेकाहरूको उद्धार प्रयास जारी रहेको छ । अधिकारीहरूले बिहीबार सुरुङमा प्वाल पारेर फसेकाहरूको उद्धार प्रयास भइरहेको जनाएका छन् ।  उत्तराखण्डको तपोवनमा भएको क्षतिग्रस्त जलविद्युत् आयोजनाको सुरुङमा २५ देखि ३५ जना फसेका अनुमान उद्धारकर्ताहरूको छ । हिमपहिरोका कारण हिमनदी फुटेपछि आइतबार धौलीगंगा, अलकनन्दा– लगायत नदीमा पानीको वहाब ह्वात्तै बढेको थियो । जसका कारण दुइटा विद्युत् आयोजनाका ड्याम भत्कनुका साथै चमोली जिल्लाको रैनी र तपोवन क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो । बिहीबारसम्म हिमपहिरोमा परेका ३४ जनाको शव भेटिएको छ । घटनामा अन्य १७० भन्दाबढी अझै पनि हराइरहेका अधिकारीले जनाएका छन् । बेपत्ता भएकामध्ये अधिकांश विद्युत् आयोजनामा काम गर्दै…
Read More
महिला हिंसा र दण्डहीनता अन्त्यका लागि सिंहदरबार महिला मार्च

महिला हिंसा र दण्डहीनता अन्त्यका लागि सिंहदरबार महिला मार्च

न्याय र समताका लागि बृहत् नागरिक आन्दोलनले शुक्रबार सिंहदरबार महिला मार्च निकालेको छ । महिला हिंसा र दण्डहीनताका अन्त्यको माग गर्दै बसन्तपुरमा भेला भई न्युरोड–रत्नपार्क–भद्रकाली हुँदै सिंहदरबारको अगाडिको सडकसम्म महिला मार्च निकालिएको हो । मार्चपछि भद्रकालीमा हुने सभालाई विभिन्न वक्ताले सम्बोधन गर्ने, विभिन्न स्रष्टाले कविता वाचन गर्ने तथा शिल्पी थिएटरले नाटक मञ्चन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
Read More
अमेरिकी सिनेटमा देखाइयो संसद्‍मा आक्रमण गरेको भिडियो

अमेरिकी सिनेटमा देखाइयो संसद्‍मा आक्रमण गरेको भिडियो

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोगका सुनुवाइका क्रममा डेमोक्रेटिक सिनेटरहरुले ट्रम्प समर्थहरुले अमेरिकी कंग्रेसमा गरेका आक्रमणसम्बन्धी नयाँ भिडियोहरु देखाएका छन् । ट्रम्प समर्थकहरुले जनवरी ६ मा वासिङ्टनस्थित अमेरिकी संसद् भवनमा आक्रमण गरेका थिए । अमेरिकामा नोभेम्बरमा भएको राष्ट्रपतीय चुनावमा धाँधली भएको ट्रम्पको दाबीपछि त्यसको विरोधमा उनका समर्थहरुले क्यापिटल हिलमा आक्रमण गरेका थिए । आक्रमणअघि ट्रम्पले आफ्ना समर्थकहरूलाई ‘हिंसाका लागि उक्साएका’ भन्दै उनीविरुद्ध महाभियोग लगाउनुपर्ने प्रस्ताव गरिएको हो । उक्त प्रस्ताव अमेरिकी तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सले पारित गरिसकेको छ । ट्रम्प समर्थकहरूले क्यापिटल भवनमाथि आक्रमण गर्दा एक प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएको थियो । त्यस क्रममा केही सांसदहरु भवनभित्र लुक्न बाध्य भएका थिए । एक महिना…
Read More
भागरथीको बलात्कार र हत्या घटना अनुसन्धान तीव्र बनाउन कांग्रेसको माग

भागरथीको बलात्कार र हत्या घटना अनुसन्धान तीव्र बनाउन कांग्रेसको माग

कांग्रेसले बैतडीको दोगडाकेदारकी किशोरी भागरथी भट्टको बलात्कार र हत्या घटना अनुसन्धान तीव्र बनाउन माग गरेको छ ।  प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति जारी गर्दै अनुसन्धान तीव्र बनाउन र दोषी अविलम्ब पक्राउ गर्न प्रधानमन्त्री केपी ओलीसमक्ष माग गरेका हुन् । 'भट्टको बलात्कार र हत्यामा संलग्न दोषी घटनाको दोस्रो साता प्रवेश गर्दासम्म पक्राउ नपर्नु, उनको शव अस्पतालमा रहिरहनु र परिवारजनले पीडामाथि पीडा भोग्नुको स्थितिलाई नेपाली कांग्रेसले दुःखद् र गम्भीर रूपमा लिएको छ,' विज्ञप्तिमा भनिएको छ, 'अतः अनुसन्धान तीव्र बनाउन, दोषी अविलम्ब पक्राउ गर्न, बैतडी घटनासँगै देशभरका सबै यस्ता घटना विरुद्ध राज्यको अस्तित्व प्रभावकारी बनाउन नेपाली कांग्रेस प्रधानमन्त्री समक्ष माग गर्दछ ।' शान्ति स्थापना र…
Read More
यूएई, चीन र अमेरिकाका अन्तरिक्षयानहरू किन एकै समयमा ‘रातो ग्रह’मा?

यूएई, चीन र अमेरिकाका अन्तरिक्षयानहरू किन एकै समयमा ‘रातो ग्रह’मा?

आगामी केही दिनहरू मङ्गल ग्रहसम्बन्धी अनुसन्धानका लागि एकदमै व्यस्त दिनका रूपमा रहनेछन्।रातो ग्रह पनि भनिने मङ्गलको कक्षमा मङ्गलवार संयुक्त अरब एमिरेट्स र बुधवार चीनले आफ्ना अन्तरिक्ष यान पठाएका छन् भने अमेरिकाले पनि यसै महिना आफ्नो यान पठाउन लागेको छ। यी अन्तरिक्ष अभियानको उद्देश्य मङ्गल ग्रहको भूबनोट तथा वायुमण्डलबारे अध्ययन गर्ने र प्राचीन सूक्ष्मजीवको अस्तित्वका सम्भावित सङ्केतहरू पत्ता लगाउने रहेको छ।यूएईले आफ्नो यान पठाएको भोलिपल्ट चीनको तिआन्वेन-१ यान मङ्गल ग्रहको कक्षमा प्रवेश गरेको छ भने अमेरिकी अन्तरिक्ष संस्था नासाको पर्सभीअरन्स अभियान फेब्रुअरी १८ तारिखमा त्यहाँ पुग्नेछ।
Read More
किन आयो उत्तराखण्डमा भयानक बाढी?

किन आयो उत्तराखण्डमा भयानक बाढी?

घटना निकै दुर्गमस्थानमा भएकोले गर्दा यसको यकीन कारण अहिलेसम्म थाहा भएको छैन।हिमालयको यो भूखण्डमा करिब एक हजार हिमनदीहरू रहेको हिमनदी विज्ञहरूले बताएका छन्।विज्ञहरूका अनुसार आइतवारको घटनाको कारणमध्ये सबभन्दा प्रबल सम्भावना चाहिँ तापक्रममा आएको वृद्धिले कुनै विशाल बरफको चट्टान फुट्न पुग्यो र त्यसबाट विशाल परिमाणमा पानी निस्कियो।
Read More
कोरोनाबाट थप २ को मृत्यु, १६० जनामा संक्रमण

कोरोनाबाट थप २ को मृत्यु, १६० जनामा संक्रमण

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या २ हजार ४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार नेपालमा १ सय ६० जना संक्रमित थपिएका छन् भने १६५ जना निको भएर घर फर्किएका छन् । यस्तै, काठमाडौं उपत्यकामा ७९ जना संक्रमित थपिएका छन् । ती मध्ये काठमाडौं जिल्लामा ६७,भक्तपुरमा ५ र ललितपुरमा ७ जना रहेको मन्त्रालयले जनाएको छ । हाल मुलुकभर सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ३७ छ । यस्तै हालसम्म नेपालमा २ लाख ७२ हजार २ सय १५ जनामा कोरोना देखिएको छ भने २ लाख ६८ हजार ४ सय…
Read More
दुई अलग खोप मिसाएर परीक्षण

दुई अलग खोप मिसाएर परीक्षण

दुई फरक–फरक कम्पनीका कोरोनाविरुद्धको खोप दिँदा कत्तिको प्रभावकारी हुन्छ भनेर ब्रिटेनमा परीक्षण सुरु गरिएको छ । अहिले मानिसहरूलाई एउटै कम्पनीको खोपको दुई डोज दिने गरिएको छ । तर कुनै एक कम्पनीबाट भइरहेको खोप आपूर्तिमा व्यवधान उत्पन्न भएमा अर्को कम्पनीको खोप दिन उपयुक्त हुन्छ कि हुँदैन भन्ने सुनिश्चित गर्न यस्तो परीक्षण भइरहेको वैज्ञानिकहरूले बताएका छन् । वैज्ञानिकहरूले दुई फरक कम्पनीका खोपहरू दिँदा प्रतिरोधक क्षमता अरू राम्रो हुन सक्ने अपेक्षा पनि गरेका छन् । परीक्षणमा अहिलेसम्म कोरोनाविरुद्धको खोप नलिएका उमेर ५० वर्ष वा माथिका ८ सयभन्दा बढी स्वयंसेवकले भाग लिने बीबीसीले जनाएको छ । ती सहभागीले ४ देखि १२ साताको अन्तरमा अस्ट्राजेनेका र फाइजरले विकास गरेका फरक–फरक…
Read More