18
Feb
कोरोना भाइरसविरुद्धको खोपको असमान वितरण भइरहेको भन्दै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले कडा आलोचना गरेका छन् । महासचिव गुटेरसले कोरोनाविरुद्धको खोप अभियान असमान र अनुचित भएको भन्दै आलोचना गरेका हुन् । उनले कुल कोरोना खोपको ७५ प्रतिशत हिस्सा १० देशले नियन्त्रण गरेको बताएका छन् । बुधबार संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै महासचिव गुटेरसले भने, ‘विश्वमा अहिले पनि १३० मुलुक यस्ता छन्, जहाँ अहिलेसम्म कोरोनाको एक डोज खोप उपलब्ध गराइएको छैन ।’ उनले कोरोना महामारीले निम्त्याएको कठिन परिवेशमा खोपको समान वितरण वैश्विक समुदायको नैतिक परीक्षा भएको बताए । महासचिव गुटेरसले आपत्कालीन खोप अभियान सबै मिलेर सुरु गर्नुपर्नेमा पनि जोड दिएका…
