North-East

चीनमा १६ वटा खोपलाई परीक्षण अनुमति

चीनमा १६ वटा खोपलाई परीक्षण अनुमति

चीन सरकारले कोरोना भाइरसविरुद्धका १६ वटा खोपलाई परीक्षणको अनुमति दिएको छ । चीनको नेसनल मेडिकल प्रोडक्स एडमिनिस्ट्रेसनले सो कुराको जानकारी दिएको हो । उक्त निकायले शनिबार दिएको जानकारीअनुसार परीक्षण अनुमति दिइएका खोपमध्ये ६ वटाको परीक्षण अन्तिम चरणमा पुगेको जनाइएको छ । तीमध्ये दुइटा कम्पनीले निर्माण गरेका खोपले भने चीनभित्र र बाहिर पनि बजार लिएको बताइएको छ । चाइना नेसनल बायोटेक ग्रुपले निर्माण गरेको सिनोफार्म खोपले अहिले बजार लिएको छ । त्यस्तै गरी सिनोभ्याक बायोटेकले बनाएको कोरोनाभ्याक खोपले पनि बजारमा प्रवेश पाएको छ । ती दुई खोपले चीनको सरकारी आधिकारिक निकायबाट गत डिसेम्बर ३० मा र यसै वर्षको फेब्रुअरी ५ मा नै अनुमति पाएका बताइएको थियो ।…
Read More
पुनर्वासको माग गर्दै जुरे पहिरोपीडितद्वारा प्रदर्शन

पुनर्वासको माग गर्दै जुरे पहिरोपीडितद्वारा प्रदर्शन

पुनर्वासको व्यवस्था माग गर्दै जुरे पहिरोपीडितहरूले शनिबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेका छन् । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाबाट आएका पहिरोपीडितहरूले आफूहरुका नाममा संकलित २ करोड २४ लाख रुपैयाँ तुरुन्त वितरण गर्न पनि सरकारसँग माग गरेका छन् । उनीहरूले प्रदर्शनका क्रममा ‘सरकार, हामीलाई हाम्रा नाममा देश विदेशबाट आफन्तले दिएको रकम नदिने ?’, 'हामीले सरकारी पैसा मागेका होइनौं, ६ वर्ष पहिले हामीलाई जनताले दिएको चन्दा मागेका हौं’ नारा लगाउननुका साथै ब्यान प्रदर्शन गरेका थिए । २०७१ सालमा सुनकोसी नै थुनिने गरी गएको जुरे पहिरोमा १ सय ४५ जनाको मृत्यु भएको थियो भने थुप्रै घाइते भएका थिए । ६ वर्षअघि जुरे पहिरोपीडितका नाममा संकलित…
Read More
गलवानमा भारतसँग भएको झडपको भिडियो चीनद्वारा सार्वजनिक

गलवानमा भारतसँग भएको झडपको भिडियो चीनद्वारा सार्वजनिक

गत वर्ष जुनमा लद्दाखको गलवान उपत्यकामा भारतीय सेना र चिनियाँ सेनाबीच भएको झडपको भिडियो सार्वजनिक भएको छ । चिनियाँ सरकारी टेलिभिजनमा कार्यरत पत्रकार सेन सिवेईले उक्त झडपको भिडियो सार्वजनिक गरेका छन् । उक्त भिडियो चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीमा पनि देखाइएको थियो । करिब ४ दशकपछि दुई देशबीच भएको ठूलो हिंसात्मक झडपमा २० जना भारतीय र ४ चिनियाँ सैनिकको मृत्यु भएको थियो । चीनले बिहीबार मात्रै आफ्ना ४ जना सैनिकको मृत्यु भएको स्वीकार गरेको थियो । त्यसअघि चीनले आफ्नो पक्षमा कुनै पनि मानवीय क्षति नभएको दाबी गर्दै आएको थियो । भारतसँगको झडपमा आफ्ना ४ जना सैनिक मारिएको र एक जना गम्भीर घाइते भएको चीनले स्वीकार…
Read More
काबुलमा विस्फोट पाँचको मृत्यु

काबुलमा विस्फोट पाँचको मृत्यु

अफगानस्तानको राजधानी काबुलमा शनिबार तीन ओटा कारलाई लक्षित गर्दै भएको तीन ओटा विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई प्रहरी अधिकारी, एक महिलासहित तीन सर्वसाधारण रहेका छन् । विस्फोटमा परी अन्य दुई व्यक्ति घाइते भएका काबुलको प्रहरी स्रोतले पुष्टि गरेको छ । विस्फोटहरू बिहानको व्यस्त समय भएको थियो । पहिलो विस्फोट स्थानीय समयानुसार शनिबार बिहान ८ बजे भएको थियो । दोस्रो विस्फोट १५ मिनेट पछि भएको थियो भने तेस्रो विस्फोटन शनिबार बिहान १०:२० बजे भएको काबुलका प्रहरी प्रवक्ता फरदौस फारामारसले सिन्ह्वा सामाचार समितिलाई बताएका छन् । यस समाचारको विस्तृत विवरण प्राप्त नभएको र विस्तृत विवरणको लागि आपराधिक अनुसन्धान विभागसहित एक…
Read More
जघन्य अपराधमा कुनै नाबालक दोषी ठहरिएमा कस्तो सजाय हुन्छ?

जघन्य अपराधमा कुनै नाबालक दोषी ठहरिएमा कस्तो सजाय हुन्छ?

बैतडीकी एक किशोरी भागरथी भट्टको घटनामा प्रहरीले एक किशोरलाई आरोपितको रूपमा सार्वजनिक गरेपछि नेपालको कानुनमा नाबालकलाई हुने दण्ड व्यवस्थाका बारे चासो र चर्चाहरू चलेका छन्। बैतडीको दोगडाकेदार गाउँपालिकामा १७ वर्षीय भट्टको शव भेटिएको दुई सातापछि प्रहरीले पक्राउ गरिएको एकजना संदिग्धलाई गत बुधवार सार्वजनिक गरेको थियो। अदालती प्रक्रिया अघि बढेर उक्त घटनाको टुङ्गो लाग्ने काम अझै बाँकी छ।राष्ट्रिय बालअधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेल "अवस्था जेजस्तो भए पनि नाबालकका हकमा उसको गोपनीयता सहितका बिषयमा सबैजना संवेदनशील हुनुपर्ने" बताउँछन्।
Read More
मङ्गल ग्रह: अमेरिकी अन्तरिक्ष यान पर्सिभिअरन्स अवतरण

मङ्गल ग्रह: अमेरिकी अन्तरिक्ष यान पर्सिभिअरन्स अवतरण

अमेरिकी पर्सिभिअरन्स अन्तरिक्ष यान पृथ्वीबाट उडेको करिब सात महिनापछि मङ्गल ग्रहको सतहमा अवतरण गरेको छ। नेपाली समयानुसार शुक्रवार बिहान करिब २:४० बजे पर्सिभिअरन्स रोभरले मङ्गल ग्रहको सतहमा अवतरण गरेको हो। सफल अवतरणसँगै क्यालिफोर्नियास्थित कन्ट्रोल सेन्टरमा अमेरिकी अन्तरिक्ष निकाय नासाका वैज्ञानिकहरूले हर्षोल्लास मनाएका थिए। "हामीले गर्‍यौँ। हामी त्यहाँ पुग्यौँ," उनीहरू खुसी हुँदै चिच्याइरहेका थिए। त्यसको केही समयमै रोभरले कैद गरेको तस्बिर सार्वजनिक गरिएको थियो। सर्फेस मिसन म्यानेजर जेसीका स्याम्युएल्सका अनुसार अब पर्सिभिअरन्सका सबै कुरा सञ्चालन गर्न सकिने अवस्थामा छ/छैन भनेर हेरिने छ। उक्त रोभरले रातभर आफ्नो ब्याट्री चार्ज गर्ने छ। यो सन् १९७०को दशकको भाइकीङ् मिसनपछि मङ्गल ग्रहमा जीवनको सम्भावनाबारे अध्ययन…
Read More
अमेरिकामा भारी हिमपात, २१ को मृत्यु

अमेरिकामा भारी हिमपात, २१ को मृत्यु

अमेरिकाको दक्षिणी भेगमा केही दिनदेखि जारी हिमआँधीमा परेर कम्तीमा २१ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन् । राष्ट्रिय मौसम सेवा (एनडब्लूएस) का अनुसार दक्षिण–पश्चिम टेक्सासदेखि उत्तर–पूर्वी म्यासाचुसेट्ससम्मको क्षेत्रमा ठूलो हिमआँधी आएको हो । टेक्सास, लुजिआना, केन्टुकी, नर्थ क्यारोलिना र मिजोरी राज्य सबैभन्दा बढी प्रभावित भएका छन् । एनडब्लूएसले १५ करोड जनसंख्या रहेका क्षेत्रमा चेतावनी जारी गरिएको छ । बीबीसीका अनुसार मंगलबारसम्म अमेरिकाको ७३ प्रतिशत भूभाग हिउँले ढाकिएको छ । आँधीका कारण टेक्सास राज्यमा मात्रै ४० लाखभन्दा बढी मानिस विद्युत् सेवाबाट वञ्चित भएका छन् । टेक्सासको तापक्रम ३ दशकयताकै कम अर्थात् माइनस १८ डिग्री सेन्टिग्रेट पुगेको छ । गभर्नर ग्रेग अब्बोटले अवस्था निकै भयावह भएको जनाएका छन् ।…
Read More
म्यान्मारका सडकमा गाडी तेर्स्याएर प्रदर्शन

म्यान्मारका सडकमा गाडी तेर्स्याएर प्रदर्शन

म्यान्मारका लोकतन्त्र पक्षधर प्रदर्शनकारीहरूले यांगुनको सडकमा गाडी तेर्साएर सैनिक ‘कु’ को विरोध गरेका छन् । यांगुनमा बुधबार गरिएको प्रदर्शन फेब्रुअरी १ मा सेनाले सत्ता कब्जा गरेयताकै सबैभन्दा ठूलो भएको आयोजकहरूले बताएका छन् । बुधबारका प्रदर्शनमा दसौं हजार मानिस भेला भएका थिए । प्रदर्शनकारीले म्यान्मारकी लोकतन्त्रवादी नेतृ आङ सान सुचीसहित सैनिक नियन्त्रणमा रहेका सबै नेताहरूलाई मुक्त गर्न माग गरेका छन् । बुधबारको प्रदर्शनले म्यान्मारकै ठूलो सहर यांगुनको ट्राफिक व्यवस्था निकै प्रभावित भएको थियो । सुचीलाई सेनाले दोस्रो मुद्दा लगाएपछि प्रदर्शनकारीले नयाँ शैलीमा विरोध जनाएका हुन् । आयोजकहरूले सरकारी कर्मचारीलाई काममा जानबाट रोक्ने उद्देश्यले सामाजिक सञ्जालमार्फत ‘ब्रोकन डाउन कार’ आन्दोलन आह्वान गरिएको बताएका छन् । त्यस्ता प्रदर्शनमा चिकित्सक, शिक्षक…
Read More
यूएईकी राजकुमारी बन्धकबारे राष्ट्रसंघको चासो

यूएईकी राजकुमारी बन्धकबारे राष्ट्रसंघको चासो

संयुक्त अरब इमिरेट्स (यूएई) का शासककी छोरीलाई आफ्ना बुबाले बन्धक बनाएको विषयमा संयुक्त राष्ट्रसंघले प्रश्न उठाउने भएको छ ।  देश छाडी भाग्ने प्रयास गरेपछि बुबाले सन् २०१८ देखि बन्धक बनाएका लतिफाको आरोप छ । आफ्ना साथीहरूलाई गोप्य रूपमा पठाएको भिडियोमा लतिफा अल मक्तुमले आफूलाई पिताले ‘बन्धक’ बनाएर राखेका र आफ्नो ज्यान जोखिममा रहेको उल्लेख गरेकी थिइन् । भिडियो सार्वजनिक भएसँगै अनुसन्धानका लागि संयुक्त राष्ट्रसंघमाथि विश्वव्यापी दबाब बढ्दै आएको छ । यूकेले त्यस्तो भिडियो सार्वजनिक हुनु ‘निकै चिन्ताजनक’ रहेको प्रतिक्रिया दिएको छ । ‘यसबारे हामीलाई गम्भीर चासो छ,’ यूकेका विदेशमन्त्री डोमिनिक राबले भनेका छन् । उनले उक्त घटनाबारे राष्ट्रसंघका विकसित हुने हरेक घटनालाई ‘यूकेले निकै नजिकबाट नियाल्ने’…
Read More
तीन उत्तर कोरियाली नागरिकले ह्याकिङ गरेर १.३ अर्ब डलर चोर्न खोजेको अमेरिकाको आरोप

तीन उत्तर कोरियाली नागरिकले ह्याकिङ गरेर १.३ अर्ब डलर चोर्न खोजेको अमेरिकाको आरोप

अमेरिकाले विश्वभरका ब्याङ्क तथा व्यवसायबाट उत्तर कोरियाका तीन नागरिकले १.३ अर्ब अमेरिकी डलरभन्दा बढी रकम चोर्न खोजेको अभियोग लगाएको छ। पक्राउ नपरेका ती तीन जनामाथि द्वेषपूर्ण क्रीप्टोकरेन्सी प्रोग्रामहरू प्रयोग गरेको आरोप लगाइएको छ। उत्तर कोरियाका ती नागरिकमाथि सन् २०१७ मा 'वाना क्राइ' साइवर हमलामा समेत संलग्न रहेको आरोप लगाइएको छ जसले यूकेको स्वास्थ्यसम्बन्धी कम्प्युटर प्रणालीलाई प्रभावित बनाएको थियो। त्यसले यूके बाहेक विश्वभरका १५० भन्दा बढी देशहरूमा समेत प्रभाव पारेको बताइन्छ।
Read More