22
Feb
सामाजिक सञ्जाल फेसबुकले म्यान्मारको सेनाले सञ्चालन गरेको समाचार पेज हटाइदिएको छ । फेसबुकले ‘तत्मादअ ट्रु समाचार सूचना पेज’ ले सञ्जाल प्रयोगकर्ताले पालना गर्नुपर्ने नियमहरू उल्लंघन गरेको भन्दै उक्त पेज आइतबार हटाइदिएको हो । ‘बारम्बार हिंसा उक्साएको तथा सामाजिक हानि पुर्याएका कारण हाम्रो विश्वव्यापी नीतिअनुसार तत्मादअ ट्रु समाचार सूचना पेज फेसबुकबाट हटाइएको छ,’ फेसबुकका प्रतिनिधिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । म्यान्मारको सेनालाई तत्मादअ भन्ने गरिन्छ । फेसबुकको निर्णयबारे सैनिक अधिकारीसँग प्रतिक्रिया लिने प्रयास असफल भएको समाचार संस्था रोयटर्सले जनाएको छ । म्यान्मारमा शनिबार भएका प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको थियो । दोस्रो ठूलो सहर म्यान्डलेमा गरिएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा उनीहरूको ज्यान गएको…
