26
Feb
हालैको एक अध्ययनले कपिलवस्तु, रूपन्देही र पाल्पामा समेत बाघ रहेको पुष्टि गरेको छ । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) ले संयुक्त रूपमा चुरे क्षेत्रमा गरेको अध्ययनले यस्तो देखाएको हो । ती जिल्लामा पहिलोपटक एक भाले र एक पोथी बाघ क्यामेरा ट्य्रापमा रेकर्ड भएका हुन् । ‘बुटवलबाट उत्तर पश्चिमतिरको जंगलमा सन् २००८, २००९, सन् २०१३ र २०१८ मा बाघ र बाघका आहारा प्रजाति गणना गर्दा बाघ रेकर्ड भएको थिएन,’ भर्खरै सार्वजनिक ‘रिपोर्ट अन फाउना डाइभरसिटी इन चुरे रिजन अफ नेपाल’मा भनिएको छ, ‘समग्र चुरे क्षेत्रमा ४१ प्रजातिका स्तनधारी वन्यजन्तु क्यामेरा ट्य्रापमा रेकर्ड भएका…
