09
Mar
२०७६ वसन्तकालीन हिमाल आरोहण सिजनमा सगरमाथा चुचुरोमुनिको हिलारी स्टेपमा आरोहीहरूको भीड देखिने एउटा फोटो विश्वभर भाइरल भयो । नेपाली आरोही निर्मल पुर्जाले खिचेको उक्त फोटो ‘सगरमाथामा ट्राफिक जाम’ शीर्षकमा विश्वभरका दर्जनौं सञ्चारमाध्यमहरूको कभरेजमा पर्यो । उक्त तस्बिर छाप्ने न्युयोर्क टाइम्सलगायत अधिकांश विदेशी सञ्चारमाध्यमले नेपाल सरकारको आरोहणमा फितलो व्यवस्थापन भएको भनी आलोचना गरे । त्यसैताका बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बीबीसी वर्ल्ड सर्भिसको स्टुडियोमा पनि यस विषयमा प्रश्न सामना गर्नुपर्यो । बीबीसीलाई प्रधानमन्त्री ओलीले ट्राफिक जाम हुने गरी त्यस वर्ष धेरै पर्वतारोहीलाई नेपाल सरकारले अनुमति नदिएको जिकिर गर्दै उक्त फोटो प्रोपोगान्डाका रूपमा आएको भनी खण्डन गरे । यसरी आरोहीहरूले सगरमाथा लगायतका…
