19
Mar
शुक्रबारदेखि फ्रान्सको राजधानी पेरिस क्षेत्र र १६ प्रान्तमा चार हप्ताका लागि पूर्ण लकडाउन घोषणा गरिएको छ । फ्रान्समा लकडाउन घोषणा गरिएको यो तेस्रो पटक हो । प्रधानमन्त्री जँ कास्तेक्सले पूरै पेरिस क्षेत्रलगायत १६ फ्रान्सेली प्रान्तहरूमा कोरोना भाइरसको संक्रमण व्यापक फैलिएकाले त्यसलाई रोक्न पूर्ण लकडाउन गर्नुपरेको बिहीबार साँझ बताएका हुन् । कोरोना भाइरसको खासगरी परिवर्तित रुपले गर्दा महामारी फैलिएकाले कम्तीमा चार हप्ता लकडाउन गर्नुपरेको उनले उल्लेख गरेका छन् । उनको घोषणा अनुसार लकडाउन अवधिमा अत्यावश्यक बस्तुहरुका पसलहरु खाद्यान्न, औषधि पसल, सूर्तिजन्य र पत्रिका पसल, गाडी सर्भिसिङ सेन्टरहरु र किताब पसलहरुबाहेक अन्य सबै पसलहरु बन्द रहनेछन् । स्कुल र कलेजहरु खुलै हुनेछन् भने विश्वविद्यालयहरु भने…
