North-East

म्यान्मारमा छ सयभन्दा बढी प्रदर्शनकारी रिहा

म्यान्मारमा छ सयभन्दा बढी प्रदर्शनकारी रिहा

म्यान्मारमा ‘कू’ विरोधी प्रदर्शनमा लागेका छ सयभन्दा बढी मानिसलाई बुधवार रिहा गरेको जेलका एक वरिष्ठ अधिकारीले बताएका छन् ।‘हामीले आज इन्सेन जेलबाट ३६० जना पुरुष र २६८ जना महिलालाई रिहा गरेका छौं’ कारागारका एक वरिष्ठ अधिकारीले नाम नबताउने सर्तमा एएफपीलाई बताएका हुन् । म्यान्मारमा सैनिक ‘कू’ शुरु भएयता भएका विरोध प्रदर्शनका क्रममा हालसम्म २७५ जनाको मृत्यु भएको छ । यद्यपि जुन्ता सरकारका प्रवक्ताले भने १६४ जनाको मृत्यु भएको जनाएको छ । सो प्रदर्शन क्रममा २८ सयभन्दा बढी व्यक्ति पक्राउ परेका पनि समाचारमा जनाइएको छ ।
Read More
बलिऊड अभिनेता आमिर खानमा कोरोना सङ्क्रमण

बलिऊड अभिनेता आमिर खानमा कोरोना सङ्क्रमण

बलिउड अभिनेता आमिर खानमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । अभिनेता खानका प्रवक्ताका अनुसार उहाँ हाल घरमै क्वारेन्टिनमा बस्नुभएको छ ।उहाँको प्रवक्तालाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले खानमा कोरोना सङ्क्रमणको पुष्टि भएको र उहाँ स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै घरमै बस्नुभएको उल्लेख गरेको छ । तात्काल उहाँको सम्पर्कमा आएका सबैलाई साjधानी अपनाउन आग्रह गरिएको छ । आमिर अभिनित ‘लाल सिंह चड्डा’ चललित्र प्रदर्शनको तयारीमा  छ ।भारतमा कोभिड १९ को दोस्रो लहर आउँदा आमिर खान त्यसबाट प्रभावित हुने पहिलो बलिउड अभिनेता हुनुहुन्छ ।
Read More
आप्रवासीलाई अमेरिकाको अनुरोधः सीमा बन्द छ, त्यता नजानू

आप्रवासीलाई अमेरिकाको अनुरोधः सीमा बन्द छ, त्यता नजानू

संयुक्तराज्य अमेरिकाको दक्षिणी सीमा मामिला म्बन्धी अमेरिकी संयोजक रोबर्टा ज्याकोब्सनले मेक्सिको हुँदै अमेरिका प्रवेश गर्न चाहिरहेका आप्रवासीलाई अमेरिका–मेक्सिकोको सीमामा नआउन आग्रह गर्नुभएको छ । अमेरिका प्रवेश गर्ने चाहना बोकेका तर प्रवेशाज्ञा अनुमतिको कागजात नभएका हजारौं व्यक्ति मध्य अमेरिकी मुलुकहरुबाट आइरहेका समाचार बाहिरिएसँगै उहाँले अमेरिकी सीमा बन्द गरिएको जानकारी दिनुभएको छ ।मेक्सिको सिटीमा रहेको अमेरिकी राजदूताबासबाट सार्वजनिक गरिएको उहाँको एउटा अडियो सन्देशमा भनिएको छ, “सीमामा नआउनु होला । सीमा बन्द गरिएको छ ।” ज्याकोब्सनले अवैधानिक ढङ्गबाट संयुक्तराज्य अमेरिका प्रवेश गर्न चाहने व्यक्तिहरु आपराधिक तत्वहरु र मानव तस्करबाट पीडित हुने जोखिम पनि रहने बताउनुभएको छ ।राष्ट्रिय सुरक्षा परिषदमा दक्षिण अमेरिकी प्रमुख हुवाँ…
Read More
ब्राजिलमा एकैदिन तीन हजारभन्दा बढीको मृत्यु

ब्राजिलमा एकैदिन तीन हजारभन्दा बढीको मृत्यु

ब्राजिलमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण झन् बढेको छ । ब्राजिली अधिकारीहरुका अनुसार मंगलबार मात्र त्यसअघिको २४ घन्टा भित्रमा मृत्यु हुनेको संख्या तीन हजारभन्दा बढी पुगेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले मंगलबार कोरोना भाइरसको प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या ३ हजार २५१ जना पुगेको जनाएको छ ।योसँगै कोरोनाभाइरसको प्रकोपबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । मंगलबारसम्ममा ब्राजिलका २ लाख ९८ हजारभन्दा बढी व्यक्तिले यसबाट ज्यान गुमाएका छन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार मंगलबारसम्ममा ब्राजिलमा कोरोनाको कारण दुई लाख ९८ हजार ६७६ जनाको मृत्यु भएको छ ।ब्राजिलमा पछिल्ला दिनहरुमा कोभिडका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको अधिकारीहरुले जानकारी…
Read More
रोहिङ्ग्या शिविरमा भिषण आगलागी, कम्तीमा १५ शरणार्थीको मृत्यु

रोहिङ्ग्या शिविरमा भिषण आगलागी, कम्तीमा १५ शरणार्थीको मृत्यु

दक्षिणी बंगलादेशको रोहिङ्ग्या शरणार्थी शिविरमा सोमबार अपराह्न लागेको भिषण आगलागीमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको बंगलादेशी अधिकारीहरुले बताएका छन् । आगलागी भएको स्थानबाट उद्धारकर्ताहरुले कम्तीमा १५ जनाको जलेका शव निकालेका र अरुको पनि खोजी भइरहेको उद्धार संस्थाहरुले जनाएका छन् । रोहिङ्ग्या शरणार्थीले आश्रय लिएको यस ठाउँका हजारौं बाँसले बनाइएका अस्थायी शिविरहरु आगोले डढेर खरानी भएका थिए । संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय (युएनएचसिआर) का प्रवक्ता लुइज डोनोभानले कम्तीमा ४०० जना हराइरहेका र करिब ५६० जना घाइते भएको बताउनुभयो । डोनोभानका अनुसार आगलागीका कारण ४५ हजारभन्दा बढी व्यक्ति विस्थापित भएका छन् ।शिविर ध्वस्त भएसँगै शरणार्थीहरु आफ्ना आफन्त र सरसामानको खोजीमा लाग्नुका…
Read More

निकुञ्‍जको नियन्त्रणबाट भाग्यो बाघ

नेपालगन्ज — बाँके राष्ट्रिय निकुञ्जको नियन्त्रणमा रहेको पाटेबाघ भागेको छ । बर्दियामा मान्छेलाई आक्रमण गर्दै आएको उक्त बाघलाई खाता जैविकमार्ग बर्दियाले चैत ५ गते डिभिजन वन कार्यालयमा बुझाएको थियो । बाँके राष्ट्रिय निकुञ्जको टाईगर होल्डिङ सेन्टरमा राखिएको बाघ भागेपछि निकुञ्जले जगंलभित्र नजान स्थानीयलाई आग्रह गरेको छ। ‘खोरमा राखिएको बाघलाई मुभमेन्ट नियाल्न दुई वटा क्यामरा राखेका थियौं’, बाँके राष्ट्रिय निकुञ्जका वार्डेन श्यामकुमार साहले भने,‘ मंगलबार बिहान ६ बजेसम्म खोरमै रहेको बाघ फलामेडन्डी भाँचेर निस्किएर प्राकृतिक स्थान जंगलतिर गएको देखिन्छ ।’ निकुञ्जका सूचना अधिकृत महेश न्यौपानेले बाघ कसरी भाग्यो भन्नेबारे अनुसन्धान भइरहेको बताए । गत बिहीबार बर्दियाबाट बाँकेमा ल्याइएको बाघले बर्दिया राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रका धेरै…
Read More
अस्ट्राजेनिका खोप गम्भीर विरामी हुनबाट रोक्न शतप्रतिशत प्रभावकारी : अमेरिकी अध्ययन

अस्ट्राजेनिका खोप गम्भीर विरामी हुनबाट रोक्न शतप्रतिशत प्रभावकारी : अमेरिकी अध्ययन

कोरोनाभाइरस विरुद्ध प्रयोग हुदै आएको अस्ट्राजेनिका खोप गम्भीर बिरामी हुनबाट रोक्न शतप्रतिशत प्रभावकारी पाइएको छ । कोलम्बिया विश्वविद्यालय र रोचेस्टर विश्वविद्यालयले गरेको नयाँ परीक्षणले खोप प्रभावकारी र सुरक्षित रहेको फेरि प्रमाणित गरेको हो ।अमेरिका, चिली र पेरुका ३२ हजारभन्दा बढी स्वयंसेवकमा खोप परीक्षण गरिएको अध्ययनकर्ताहरुले जनाएका छन् । परीक्षणबाट खोप लक्षणयुक्त कोरोनाभाइरसको सङ्क्रमण रोक्न ७९ प्रतिशत प्रभावकारी रहेको पनि पुष्टि भएको छ ।त्यसैगरी यो खोपले रगत जम्ने जोखिम पनि नदेखिएको परीक्षणको नतिजाले देखाएको अधिकारीहरुले बताएका छन् । अक्सफोर्ड विश्वविद्यालयका खोप परीक्षणका प्रमुख अध्ययनकर्ता प्राध्यापक एन्ड्रु पोल्र्डले नयाँ अध्ययनको नतिजाले खोपको प्रभावकारिता पुनः प्रमाणित गरेको दावी गर्नुभयो ।युरोपेली मुलुक लगायत कतिपय…
Read More
म्यानमारमा बेपत्ता बीबीसीका समाचारदाता अपहरणमुक्त

म्यानमारमा बेपत्ता बीबीसीका समाचारदाता अपहरणमुक्त

अपहरणमा पर्नु भएका म्यानमारका लागि बीबीसीका समाचारदाता आउङ थुरा अपहरणमुक्त हुनुभएको छ । राजधानीस्थीत अदालत अगाडि समाचार संकलन कार्य गरिरहेका बेला सादा पोशाकमा आएका व्यक्तिहरुले उहाँलाई शुक्रबार अपरहण गरेका थिए ।म्यानमारमा सेनाले चालेको अप्रजातान्त्रिक कदमका विरुद्धमा आन्दोलन चर्किरहेका बेला बेपत्ता हुनुभएका पत्रकार सम्पर्कमा आउनु भएको बीबीसीका अधिकारीहरूले सोमबार जनाएका छन् । रिहा भएका पत्रकारका बारेमा र घटनाका बारेमा विस्तृत विवरण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन ।बीबीसीका समाचारदातासँगै स्थानीय मिज्जीमाका समाचारदाता थान हटिक अउङ पनि बेपत्ता हुनुभएको थियो । उहाँलाई भने अझै पनि अपहरणमुक्त नगरिएको समाचारमा जनाइएको छ । गत फेब्रुअरी १ मा भएको सैन्य विद्रोहपछिको आन्दोलनका क्रममा म्यानमारमा अहिलेसम्म दुई…
Read More
कोलाराडोस्थित किराना पसलमा अन्धाधुन्ध गोली प्रहार, दश जनाको मृत्यु

कोलाराडोस्थित किराना पसलमा अन्धाधुन्ध गोली प्रहार, दश जनाको मृत्यु

एक जना बन्दूकधारीले अमेरिकाको कोलाराडोस्थित किराना पसलमा अन्धाधुन्ध गोली प्रहार गरेपछि दश जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना प्रहरी अधिकृतसमेत छन् ।अमेरिकाकै एटलान्टा क्षेत्रमा गोली हानी आठ जनाको हत्या गरिएको घटना सेलाउन नपाउँदै कोलाराडोको किंग सूपर्स स्टोरमा अन्धाधुन्ध गोली प्रहारमा दश जनाको मृत्यु भएको सीएनएनले जनाएको छ । गोली प्रहार गरेको आरापमा एक जना आशंकित पक्राउ गरिएको छ । सीएनएनका अनुसार बौल्डरका प्रहरी प्रमुख मैरिस हेरोल्डले एकजना आशंकित पक्राउ गरिए पनि कुन प्रकारको हतियार प्रयोग भएको तथा घटनाको कारणबारे खुलाउनुभएन ।
Read More
दक्षिण कोरियाली राष्ट्रपतिले एस्ट्राजेनिकाको खोप लगाउनुभयो

दक्षिण कोरियाली राष्ट्रपतिले एस्ट्राजेनिकाको खोप लगाउनुभयो

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले मंगलबार कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाउनुभएको दक्षिण कोरियाली राजधानी सोलबाट प्राप्त भएको समाचारमा जनाइएको छ । उहाँले अक्सफोर्ड र अस्ट्राजेनिकाले संयुक्तरुपमा विकास गरेको खोप लगाउनुभएको हो । उक्त कम्पनीको खोपका विषयमा विश्वका कतिपय देशमा विवाद उत्पन्न भएको थियो ।सो खोप लगाएका मानिसहरुमा रगत जम्ने समस्या देखापरेको भन्दै उक्त खोप नलगाउन भनिएको थियो । तर युरोपेली युनियनले गरेको अनुसन्धानका क्रममा सो भने सो खोपमा त्यस्तो खराबी नदेखिएको पाइएको बताइएको थियो ।राष्ट्रपति मुन जाय इनले दक्षिण कोरियको राजधानी सोलमा रहेको एक पब्लिक हेल्थ सेन्टरमा पुगेर सो खोप लगाउनुभएको यहाँका टेलिभिजनहरुले देखाएका सो समाचारमा जनाइएको छ ।राष्ट्रपति…
Read More