North-East

बेलायतका प्रधानमन्त्रीद्वारा स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह

बेलायतका प्रधानमन्त्रीद्वारा स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले सबै सर्वसाधारण नागरिकलाई स्वास्थ्यका सुरक्षित मापदण्ड अपनाउन अपिल गर्नुभएको छ । बेलायतमा पुनः खेलकूद र बाहिर हिँडडुलका कामहरु शुरु भएका छन् । यस्तो अवस्थामा बेलायत फेरि पनि महामारीको संक्रमण बढ्दै गएकोले यसो नगर्न भनी आग्रह गर्नुभएको हो ।बेलायतमा छ जनासम्म मानिस बाहिर जम्मा भएर हिँडडुल गर्न, आफ्ना घर तथा सार्वजनिक पार्कहरुमा पनि सानो संख्याका मानिस जम्मा हुन र सानातिना खेलकुदहरु गर्न दिने विषयमा बेलायतमा कुराकानी भइरहेको अवस्थामा यस्तो नगर्न भनिएको हो ।प्रधानमन्त्री जोन्सनले अहिले पनि देशमा महामारीको निकै नै अप्ठेरो अवस्था छ भन्ने कुरा सबै नागरिकले मनन गर्नुपर्ने नै बेला रहेको पनि बताउनुभएको छ । बेलायतमा…
Read More
मोदीको बंगलादेश भ्रमणकाे विरोधमा प्रदर्शन : ४ जनाको मृत्यु

मोदीको बंगलादेश भ्रमणकाे विरोधमा प्रदर्शन : ४ जनाको मृत्यु

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको विरोधमा शुक्रबार प्रदर्शन हुँदा बंगलादेशको चित्तगोंगमा कम्तीमा ४ जनाको मृत्यु भएको छ । मोदीको भ्रमणको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदै ४ जनाको मृत्यु भएको छ भने केही प्रदर्शनकारी घाइते भएका छन् । प्रहरी अधिकारीहरुका अनुसार प्रदर्शनकारीहरुले प्रहरी चाैकीमा हमला गरेका थिए । झडपका क्रममा प्रहरीको रबर बुलेट र अश्रुग्यासबाट राजधानी ढाकामा समेत दर्जनाैं घाइते भएको प्रत्यक्षदर्शीले जनाएका छन् । चित्तगोङमा इस्लामिक समूहका हजाराैं समर्थकले भारतमा मोदीले मुस्लिम अल्पसंख्यकलाई बेवास्ता गरेको आरोप लगाएको प्रहरी अधिकारी रफिकुल इस्लामले जनाए । उनका अनुसार प्रदर्शनकारीहरु मस्जिदबाट बाहिर आएर प्रदर्शनमा सहभागी भएका थिए । प्रहरी चाैकीमै घुसेर प्रदर्शनकारीहरुले व्यापक बर्बरता प्रदर्शन गरेको हुँदा…
Read More
भारतमा एकैदिन ६० हजारभन्दा बढीमा कोरोना संक्रमण

भारतमा एकैदिन ६० हजारभन्दा बढीमा कोरोना संक्रमण

भारतमा दोस्रो लहरअन्तर्गत कोरोना संक्रमण तीव्र भइरहेको छ । कोरोना खोप अभियानलाई भारत सरकारले तीव्रता दिए पनि कोरोना संक्रमण भने कम भएको छैन । शुक्रबार भारतमा ६० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । ५ महिनापछि भारतमा एकैदिन यो संख्यामा संक्रमण देखिएको हो । पछिल्ला १५ दिनमा भारतमा संक्रमण निकै तीव्र बनेको छ । शुक्रबार मात्रै भारतमा ३२ हजार सक्रिय केस थपिएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोनाले थप २ सय ८९ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ६० हजार ९ सय नाघेको छ । त्यस्तै भारतमा कोरोना संक्रमितको…
Read More
अमेरिकामा शुक्रबार आएको आँधीबाट छ जनाको मृत्यु

अमेरिकामा शुक्रबार आएको आँधीबाट छ जनाको मृत्यु

संयुक्त राज्य अमेरिकामा बिहीबार राति र शुक्रबार बिहान आएको आँधीबाट कम्तीमा पनि छ जनाको ज्यान गएको छ । अमेरिकाको दक्षिणी क्षेत्रमा यस्तो आँधी आएको छ । आँधीबाट ठूलो क्षेत्रका नागरिकहरु प्रभावित भएका छन् । अलाबामामा आँधीमा परेर पाँच जनाको ज्यान गएको छ र अरु केही व्यक्ति घाइते पनि भएका छन् ।आँधीबाट कैयौँ घरमा क्षति पुगेको छ । केही घर आँधीले भत्काइदिएको छ । त्यस्तै अरु भौतिक संरचनामा पनि क्षति पुगेको छ । अलाबामामा शुक्रबार बिहान आएको आँधीले ३८ हजारभन्दा बढी घर विद्युतीकरणबाट वञ्चित भएका छन् भने ठूलो जनसंख्यालाई प्रभावित पारेको बताइएको छ ।त्यसैगरी दक्षिणी न्युन्यान्समा पनि आँधीबाट एकजनाको ज्यान गएको…
Read More
फ्रान्समा एकैदिनमा ४२ हजार सङ्क्रमित

फ्रान्समा एकैदिनमा ४२ हजार सङ्क्रमित

फ्रान्समा कोरोनाभाइरसबाट एकैदिनमा थप झण्डै ४२ हजार जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा फ्रान्समा ४१ हजार ८६९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् ।त्यसैगरी अरु ८७९ जनाको कारोनाभाइरसकै कारण मृत्यु भएको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ । फ्रान्समा अहिलेसम्म कोरोनाभाइरसबाट ४४ लाख ६५ हजार ९५६ जना सङ्क्रमित भएको मन्त्रालयको तथ्याङ्क छ ।अघिल्लो वर्ष सन् २०२० को जनवरीदेखि अहिलेसम्म फ्रान्समा कोरोनाभाइरसका कारण ९४ हजार २७५ जनाको मृत्यु भएको छ । कुल सङ्क्रमितहरुको सङ्ख्याका आधारमा फ्रान्स पाँचौ अग्रस्थानमा छ । सवैभन्दा बढी अमेरिकामा सङ्क्रमित रहेका छन् भने त्यसपछि क्रमशः ब्राजिल, भारत र रुसमा धेरै सङ्क्रमितहरु छन्…
Read More
केन्याका राष्ट्रपति दम्पतीलाइ कोरोनाको खोप

केन्याका राष्ट्रपति दम्पतीलाइ कोरोनाको खोप

केन्याका राष्ट्रपति उहुरु केन्याटा र उहाँकी श्रीमती मर्गारेट केन्याटाले शुक्रबार कोरोनाभाइरस विरुद्धको खोप लगाउनु एको छ । महामारी फैलाउने भाइरसबाट जोगिन राष्ट्रपति केन्याटाले सवैलाई आह्वान गर्दै खोप लगाउनुभएको हो । उहाँले लगाएपछि सरकारी अन्य उच्च अधिकारीहरुले पनि खोप लगाएको समाचारमा जनाइएको छ ।राष्ट्रपति केन्याटाले देशका सवै नागरिकलाई खोपप्रति विश्वास दिलाउन र आकर्षित गर्न आफूले सार्वजनिक रुपमा खोप लगाएको पनि बताउनुभयो । पछिल्लो १२ दिनमा हाम्रा अस्पतालहरुमा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्यामा ५२ प्रतिशतले बृद्धि भएको छ । यो बृद्धिदर एकदमै धेरै हो, राष्ट्रपति केन्याटाले भन्नुभयो ।पूर्वी अफ्रिकी मुलुक केन्यामा गत मार्च २ मा अस्ट्राजेनिकाको १० लाख २० हजार खोप ल्याइएको थियो ।…
Read More
कतारमा पनि कोभिड १९ को संक्रमण बढ्दो

कतारमा पनि कोभिड १९ को संक्रमण बढ्दो

कतारमा पनि कोभिड १९ का संक्रमितहरु बढिरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही हप्ता यता कतारमा पनि कोभिड १९ का संक्रमितहरु बढेको बताइएको छ ।स्वास्थ्य अधिकारीहरुका अनुसार कतारको राजधानी दोहामा यसका संक्रमितहरु बढी मात्रामा देखिएका छन् । शुक्रबार सार्वजनिक भएको एक तथ्यांकमा कतारमा ६०२ जनामा यो संक्रमण देखिएको छ ।हालसम्म एक लाख ७६ हजार जनामा कोभिडको संक्रमण पुगेको बताइएको छ । पछिल्लो चौबीस घण्टामा २८२ जना नागरिकको कोभिडको संक्रमणबाट मृत्यु भएको छ ।चिकित्सकहरुले कोभिडका कारण कतारमा मृत्यु हुने दर भने निकै थोरै रहेको बताएका छन् । 
Read More
उत्तर कोरियाद्वारा दुई क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाद्वारा दुई क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाले जापानी समुद्रमा बिहीबार दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । जो बाइडेन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि उत्तर कोरियाले पहिलोपटक क्षेप्यास्त्र परीक्षण गरेको हो ।. जापानी समुद्रमा दुईवटा छोटो दूरीका क्षेप्यास्त्र परीक्षण गरेको केही दिनपछि उत्तरले दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको हो । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले धम्कीपूर्ण कार्यमा प्रयोग गरिएको जनाउँदै उत्तर कोरियालाई ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणमा रोक लगाएको छ । जापान र दक्षिण कोरियाले क्षेप्यास्त्र परीक्षणको निन्दा गरेका छन् । अमेरिकी सेनाको एसिया प्रशान्त क्षेत्र हेर्ने कमान्डले उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षण ‘अवैध’ भएको दाबी गरेको छ । उत्तर कोरियाली कदम छिमेकी देशहरू र अन्तर्राष्ट्रिय समुदायका लागि खतराजनक रहेको कमान्डको प्रतिक्रिया छ । अमेरिकी राष्ट्रपति जो…
Read More
ब्राजिलमा एकैदिन एक लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

ब्राजिलमा एकैदिन एक लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

ब्राजिलमा एकैदिन एक लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । समाचार संस्था रोयटर्सका अनुसार बिहीबार ब्राजिलमा १ लाख १ सय ५८ जनामा कोरोना पुष्टि भएको हो । कोरोना संक्रमण तीव्र भएसँगै राष्ष्ट्रपति जायर बोल्सोनारोमाथि राजनीतिक दबाब थपिएको छ । कोरोना रोकथाम र नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसकेको भन्दै राष्ट्रपति बोल्सोनारोको आलोचना हुँदै आएको छ । कोरोना खोप खरिद र रोकथाममा बोल्सोनारोले ढिलासुस्ती गरेको आरोप लाग्दै आएको छ । त्यस्तै बिहीबार ब्राजिलमा थप २ हजार ७ सय ७७ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोना संक्रमितको संख्या १ करोड २३ लाख २० हजार नाघेको छ । त्यस्तै ब्राजिलमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख…
Read More
भारतमा सङ्क्रमण तीव्र रुपमा फैलँदै

भारतमा सङ्क्रमण तीव्र रुपमा फैलँदै

भारतमा पछिल्लो चौबीस घण्टामा ५९ हजार ११८ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । थपिएका संक्रमितसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या एक करोड १८ लाख ४६ हजार ६५२ पुगेको छ ।भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण्डा मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट २५७ जनाको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना संक्रमणबाट एक लाख ६० हजार ९४९ पुगेको छ ।हाल चार लाख २१ हजार ६६ जनामा संक्रमण सक्रिय अवस्थामा छ । हालसम्म एक करोड १२ लाख ६४ हजार ६३७ जना सङ्क्रमणमुक्त भएका छन् ।भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको थियो । हालसम्म पाँच करोड ५० लाखभन्दा…
Read More