North-East

भारतमा एकैदिन १ लाखको हाराहारीमा कोरोना संक्रमित थपिए , डेढ लाख बढिको मृत्यु !

भारतमा एकैदिन १ लाखको हाराहारीमा कोरोना संक्रमित थपिए , डेढ लाख बढिको मृत्यु !

भारतमा पछिल्लो केही सातादेखि संक्रमणको दर बढ्दै गएको छ। भारतमा एकै दिन संक्रमित हुनेको  संख्या झन्डै एक लाखको हाराहारीमा पुगेको छ ।  पछिल्लो २४ घण्टामा भारतमा थप ८९ हजार १२९ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ। यो संगै भारतमा कूल संक्रमितको संख्या १ करोड २३ लाख ९२ हजार २६० पुगेको छ यस्तै, पछिल्लो २४ घण्‍टामा कोरोना संक्रमणका कारण ७१४ जनाको  मृत्यु भएको छ। यो संगै १ लाख ६४ हजार ११० जनाको मृत्यु भइसकेको छ। शनिवार बिहानसम्म भारतभर ६ लाख ५८ हजार ९०९ जना सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
Read More
विधानसभा चुनाव: जलपाईगुडीमा नाकाको चेकिंगमा बीएलआरओ पनि अभियान चलाउँदैछ

विधानसभा चुनाव: जलपाईगुडीमा नाकाको चेकिंगमा बीएलआरओ पनि अभियान चलाउँदैछ

विधानसभा चुनावलाई ध्यानमा राखी पुलिस प्रशासनले शहरमा जोडदार अभियान चलाइरहेको छ। चुनावलाई लिएर जलपाईगुडी जिल्लामा सुरक्षा व्यवस्था बढाइएको छ। जलपाईगुडी कोतवाली पुलिस अन्तर्गत, विभिन्न क्षेत्रमा चेकआउट भइरहेको छ। भारत-बंगलादेश सीमा क्षेत्रको साथमा राष्ट्रिय राजमार्गको साथ गहन खोजी अभियान सञ्चालन भइरहेको छ। सदर बीएलआरओ द्वारा सवारी चालकहरुको ओभरलोडिंग रोक्न छापेरीहरु सञ्चालन भइरहेको छ। शहरका अन्य नाका पोइन्टहरु गोशलामोड, पहाड़पुर, हल्दीबारी मोर, पांडापारा चेक पोस्ट लगायतका शहरहरुमा खोजी भइरहेको छ। जलपाईगुडी सदर बीएलआरओले बिहीबार रात जालपाईगुडीको नेताजी पाडा क्षेत्रमा अपरेसन बोक्ने ओभरलोड ट्रकलाई पक्राउ गर्‍यो। सदर बीएलआरओले भने कि त्यस्ता अपरेशनहरू जारी रहनेछ।
Read More
भारतले कोरोना खोपको निर्यातमा रोक नलगाए पनि आन्तरिक मागलाई प्राथमिकतामा राखिएको जनाएको छ ।

भारतले कोरोना खोपको निर्यातमा रोक नलगाए पनि आन्तरिक मागलाई प्राथमिकतामा राखिएको जनाएको छ ।

भारतको विदेश मन्त्रालयद्वारा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अरिन्दम बाग्छीले नेपालले पाउनु पर्ने खोपको आपूर्तिमा भइरहेको ढिलाईका सम्बन्धमा कान्तिपुरले सोधको प्रश्नमा त्यस्तो धारणा राखेका हुन् । ‘भारतले निर्यातमा कुनै रोक लगाएको छैन । तर, हामीले आन्तरिक मागलाई ध्यानमा राख्दै निर्यात गर्ने हो’ बाग्छीले भने । उनले खोप प्राथमिक रुपमा आन्तरिक खपतका लागि भएको समेत उल्लेख गरेका छन् । भारतको सेरम इन्स्टिट्युटले अग्रिम भुक्तानी पाइसके पनि १० लाख डोज खोप अझै पठाएको छैन । सेरमले पछिल्लो पटक २० चैतसम्म १० लाख डोज खोप दिने प्रतिबद्धता जनाएको थियो । स्वास्थ्य मन्त्रालयका अधिकारीहरुका अनुसार कम्पनीले शुक्रबार साँझसम्म पनि खोप पठाउने सम्बन्धमा केही खबर गरेको छैन । ‘कुनै खबर आएको…
Read More
म्यान्मारस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधिले त्यहाँको सुरक्षा अवस्था अझ नराम्रो हुन सक्ने र ‘नियन्त्रणबाहिर’ जान सक्ने खतरा औँल्याएका छन्।

म्यान्मारस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधिले त्यहाँको सुरक्षा अवस्था अझ नराम्रो हुन सक्ने र ‘नियन्त्रणबाहिर’ जान सक्ने खतरा औँल्याएका छन्।

सुरक्षा फौजहरूले जानाजान, योजनाबद्ध र व्यापक रूपमा घातक बल प्रयोग गरेको प्रमाणहरूबाट देखिएको एन्ड्रु कर्कवूडले बीबीसीलाई बताए। उनका अनुसार म्यान्मारमा सैन्य कूयता मारिएका पाँच सयभन्दा बढी व्यक्तिमध्ये ९० प्रतिशतले गोली प्रहारबाट ज्यान गुमाएका छन्। तीमध्ये धेरैको टाउकोमा गोली हानिएको र निसानेबाजहरूलाई परिचालन गरिएको कर्कवुडले बताएका छन्। सेभ द चिल्ड्रेनका अनुसार गत माघ १९ पछि सरकारी सुरक्षाकर्मीको कारबाहीमा परेर कम्तीमा ४३ बालबालिका मारिएका छन्। त्यहाँको अवस्थालाई "दुःस्वप्न" जस्तो भन्दै उक्त अधिकारवादी संस्थाले छवर्षे बच्चा पनि सेनाद्वारा मारिएको बताएको छ। एउटा स्थानीय पर्यवेक्षण समूहले देशभरि अहिलेसम्म ५३६ जनाको मृत्यु भएको तथ्याङ्क दिएको छ। शान्तिपूर्ण प्रदर्शनकारीविरुद्ध भएको हिंसाको राष्ट्रसङ्घीय सुरक्षा परिषद्‌ले कडा शब्दमा…
Read More
चीन सरकारले बीबीसी संवाददाता जोन सडवर्थले चीन छोडेर गएको तरिकामाथि प्रश्न उठाएको छ ।

चीन सरकारले बीबीसी संवाददाता जोन सडवर्थले चीन छोडेर गएको तरिकामाथि प्रश्न उठाएको छ ।

 शुक्रबार चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले सडवर्थले अनौपचारिक रुपमा चीन छाडेको बताएकी हुन् । साथै सडवर्थले चिनियाँ अधिकारीलाई कुनै सूचना नदिएको र औपचारिकता पूरा नगरेको पनि प्रवक्ता चुनयिङले बताएकी छिन् । ‘सिनजियाङ प्रान्तका नागरिकले उनीविरुद्ध मुद्दा हाल्छन् भन्ने डर उनलाई थियो भने उनी यहीँ बसेर मुद्दा लड्नुपर्थ्यो । किनकी उनले आफूले झूटो रिपोर्टिङ नगरेको दाबी गरिरहेका छन् ।’ बीबीसीको प्रेस टिमले मार्च ३१ मा संवाददाता जोन सडवर्थ बेइजिङबाट ताइवान सरेको जानकारी दिएको थियो । बीबीसी प्रेस टिमले भनेको थियो, ‘चीन संवाददाताका रुपमा जोन सडवर्थले प्रशंसायोग्य काम गरेका थिए । उनीमाथि संस्था गर्व गर्छ । चिनियाँ प्रशासनले विश्वसामु लुकाउन खोजेको कुरा जोनले बाहिर ल्याएका थिए ।’
Read More
भारतमा पछिल्लो २४ घण्टामा ८१ हजारभन्दा बढीलाई कोरोना, ४६९ को मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा ८१ हजारभन्दा बढीलाई कोरोना, ४६९ को मृत्यु

भारतमा कोरोना भाइरस संक्रमणका कारण एकै दिन ४ सय ६९ जनाको मृत्यु भएको छ ।कोरोनाबाट एकै दिन ज्यान गुमाउने यो जनवरीयताकै उच्च संख्या हो । बिहीबार पनि भारतमा कारोना संक्रमणबाट ४ सय ५९ जनाको मृत्यु भएको थियो । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा भाइरसका कारण ज्यान गुमाउनेको संख्या १ लाख ६३ हजार ३ सय ९६ पुगेको छ । पछिल्ला दिनहरूमा संक्रमित र संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको भारतीय अधिकारीहरूले जनाएका छन् । गएको २४ घण्टामा मात्रै ८१ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १ करोड २२ लाख नाघेको छ । भारतको महाराष्ट्र राज्यमा मात्रै पछिल्लो २४ घण्टामा ४३ हजार…
Read More
भारतमा ७२ हजार नयाँ सङ्क्रमित थपिए, एकैदिनमा ४५९ को मृत्यु

भारतमा ७२ हजार नयाँ सङ्क्रमित थपिए, एकैदिनमा ४५९ को मृत्यु

भारतमा कोरोना भाइरस संक्रमणबाट एकै दिनमा ४५९ जनाको मृत्यु भएको छ । एकै दिनमा कोरोनाबाट ४५९ जनाको मृत्यु भएको यसवर्षको अहिलेसम्मकै सबैभन्दा बढी हो ।बुधबार ४५९ जनाको मृत्यु भएसँगै भारतमा हालसम्म कोभिड संक्रमणबाट एक लाख ६२ हजार ९२७ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । गत जनवरीमा कोरोना संक्रमितको दैनिक संख्या १० हजारभन्दा कम भएको थियो । जनवरी २५ र २६ का दिनमा भारतमा २४ घण्टामा कोरोना भाइरस संक्रमित संख्या करिब नौ हजार १०० भएको थियो । कोरोना संक्रमितको उक्त संख्या यसअघिका २३७ दिनमा सबभन्दा कम थियो ।गत २४ घण्टामा ७२ हजार भन्दा बढी व्यक्तिमा…
Read More
भारतको पश्चिम बंगालमा चुनाव, हिंसात्मक झडपमा दुई जनाको मृत्यु

भारतको पश्चिम बंगालमा चुनाव, हिंसात्मक झडपमा दुई जनाको मृत्यु

भारतको पश्चिम बङ्गाल राज्यमा भएको चुनावी हिंसात्मक झडपमा परी बिहीबार मध्यान्हसम्म दुई जनाको मृत्यु भएको छ । पश्चिम बङ्गालमा विधान सभाका लागि बिहीबार दोस्रो चरणको मतदान भइरहेको छ ।ठूल्ठुला भेला हुन प्रतिबन्ध लगाइए पनि बङ्गाल राज्यको सत्तारुढ त्रिणमूल कङ्ग्रेस र भारतीय जनता पार्टी (भाजपा) का कार्यकर्ताहरुबीच ठाउँठाउँमा झडप भएका छन् ।राजनीतिक हिंसा र हत्या जस्ता काण्डबाट गुज्रिरहेको पश्चिम बङ्गालमा प्रधानमन्त्री नरेन्द्र मोदी एवं उहाँको दल भारतीय जनता पार्टी र पश्चिम बङ्गालकी मुख्यमन्त्री एवं त्रिणमुलकी अध्यक्ष ममता बनर्जीबीच आरोपप्रत्यारोप जारी छ ।बङ्गालको नन्दीग्राम शहरमा खासगरी दुबै पक्षबीच कडा प्रतिस्पर्धा छ, र यहाँको वातावरण पनि निकै तनाबग्रस्त छ । प्रधानमन्त्री मोदीकी कट्टर…
Read More
भारतबाट सामान आयात गर्न पाकिस्तानको तयारी

भारतबाट सामान आयात गर्न पाकिस्तानको तयारी

पाकिस्तान र भारतबीचको सम्बन्ध पछिल्ला केही वर्षदेखि निकै तिक्ततापूर्ण रहे पनि पाकिस्तानले भारतबाट सीमित परिमाणमा चिनी, कपास र गहुँ आयात गर्न पुनः अनुमति दिने घोषणा गरेको छ ।पाकिस्तान सरकारले भारतबाट पाँच लाख टन चिनी खरिद गर्नेगरी बुधबार अबेर निर्णय गरेको जनाएको थियो । सरकारको यस कदमले पाकिस्तानमा चिनीको बढ्दो मूल्यवृद्धिलाई २० प्रतिशतसम्म घटाउन सक्ने अनुमान गरिएको छ । चाँडै आउन लागेको रम्जान महिनामा चिनीको उपभोग अरु बढ्ने भएपछि पाकिस्तान सरकारले यस्तो निर्णय लिएको हो ।साथै भारतबाट करिब ३० लाख टन गहुँ पनि खरिद गरिनेछ भने कपास र धागोको परिमाण भने खुलाइएको छैन । पाकिस्तानको अर्थतन्त्र पहिल्यैदेखि मन्दीको अवस्थाबाट गुज्रिरहेको छ,…
Read More
क्यालिफोर्निया गोलीकाण्डमा चार जनाको मृत्यु

क्यालिफोर्निया गोलीकाण्डमा चार जनाको मृत्यु

संयुक्तराज्य अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित एक कार्यालयमा बुधबार भएको गोलीकाण्डमा एक बालकसहित चार जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गोली चलाउने व्यक्ति पनि गम्भीर रुपमा घाइते भएका छन् । लस एन्जलसको दक्षिणमा अवस्थित अरेन्ज नगरमा भएको यो आमहत्या दुई साताभित्रै भएको देशकै तेस्रो घटना हो ।घटनास्थलमा अपराह्न ५:३० बजे प्रहरी पुग्दा सर्वसाधारणमाथि गोली चलाउने क्रम जारी थियो, अरेन्ज नगरका प्रहरी जेनिफर अमाटले बताउनुभयो । त्यसलगत्तै प्रहरीले आक्रमणकारीमाथि गोली चलाएको र उनलाई घाइते अवस्थामा अस्पताल लगिएको पनि अमाटले जानकारी दिनुभयो ।घाइतेका बारेमा प्रहरीले तत्काल केही बताएको छैन, तर घटनामा एक बालक र एक महिला निकै गम्भीर रहेका जनाएको छ ।क्यालिफोर्नियाका गभर्नर…
Read More