North-East

लकडाउनः फिलिपिन्समा बजार जाँदा ‘३०० पटक उठबसको सजाय’ पाएका एक व्यक्तिको मृत्यु

लकडाउनः फिलिपिन्समा बजार जाँदा ‘३०० पटक उठबसको सजाय’ पाएका एक व्यक्तिको मृत्यु

कोरोनाभाइरस नियन्त्रणका लागि लागु गरिएको क्वारन्टीन नियमको अवज्ञा गरेको भन्दै प्रहरीले दण्डस्वरूप ३०० पटक उठबस गराएका फिलिपिन्समा एक व्यक्तिको मृत्यु भएको उनको परिवारले जनाएको छ। बिहीवार स्थानीय समयानुसार साँझको ६ बजेपछि कभाइट प्रान्तमा पानी किन्दै गरेका ड्यारेन मानाओग पेनारेडोन्डोलाई प्रहरीहरूले रोकेका थिए। दण्ड पाएको भोलिपल्ट उनी अचेत भएर लडे र त्यसको केही समयमै उनको मृत्यु भयो। कोभिड महामारी नियन्त्रण गर्ने उद्देश्यले लुजोन टापुस्थित कभाइ प्रान्तमा कडा लकडाउन गरिएको छ। जेनरल ट्राएस सिटीका प्रहरी प्रमुख मार्लो सोलेरोले कर्फ्यूसम्बन्धी नियम उल्लङ्घन गर्ने व्यक्तिलाई भौतिक दण्ड दिने नियम नभएको र उनीहरूलाई प्रहरीले सम्झाइबुझाइ मात्रै गर्ने गरेको बताएका छन्। तर सजाय दिएको पाइए त्यो…
Read More
बन्दुकधारीहरूको आक्रमणपछि नाइजीरियाको एउटा जेलबाट १,८०० भन्दा बढी कैदीहरू भाग्न सफल भएको अधिकारीहरूले बताएका छन्।

बन्दुकधारीहरूको आक्रमणपछि नाइजीरियाको एउटा जेलबाट १,८०० भन्दा बढी कैदीहरू भाग्न सफल भएको अधिकारीहरूले बताएका छन्।

आक्रमणकारिहरू दक्षिण-पूर्वी सहर ओवेरीस्थित जेलको प्रशासनिक भवनमा बिस्फोटकको प्रयोग गरेर भित्र पसेका थिए। हालसम्म भागेका ६ जना कैदिहरू फर्किएको बताइएको छ। ३५ जनाले भने त्यहाँबाट भाग्न अस्विकार गरेका थिए। प्रहरीले प्रतिबन्धित पृथक्तावादी समूह द इन्डीजीनीएस पीपल अफ बीयाफ्राले आक्रमण गरेको आरोप लगाएको छ। तर उक्त समूले आफ्नो सङ्लग्नता अस्विकार गरेको छ। जेलबाट १,८४४ कैदी फरार भएको अधिकारीहरूले बताएका छन्। सोमवार बिहान पीकअप ट्रक र बस चढेर भारि हतियारसहित आएका आक्रमणकारीहरू ओवेरी कस्टोडीयल सेन्टर प्रवेश गरेका थिए। प्रहरी प्रवक्ताका अनुसार आक्रमणकारीहरुले रकेटबाट फ्याक्न सकिने ग्रेनेड, स्वचालित बन्दुक, बिस्फोटक पदार्थ र राइफल बोकेका थिए। राष्ट्रपति मुहम्मदु बुहारीले आक्रमणलाई ''अराजकतावादीहरूले'' गरेको ''आतङ्कवादको कार्य''…
Read More
इन्डोनेसियामा बाढी र पहिरोमा ९० जनाको मृत्यु

इन्डोनेसियामा बाढी र पहिरोमा ९० जनाको मृत्यु

इन्डोनेसियामा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ८७ पुगेको सरकारी अधिकारीहरुले जनाएका छन् । यस बाढी र पहिरोको कारण अझै पनि दर्जनौं व्यक्ति हराइरहेका छन् ।        यस बाढीबाट इन्डोनेसिया र छिमेकमा पर्ने इस्ट टिमोर बढी प्रभावित भएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । यस प्रकोपबाट इन्डोनेसियामा ६६ र इस्ट टिमोर २१ जनाको मृत्यु इन्डोनेसियाको विपत् व्यवस्थापन निकायका प्रवक्ताले सोमबार बिहान बताउनु भएको छ । इस्ट टिमोरको राजधानी दिलीको आवासिय क्षेत्रमा घेरै व्यक्तिको मृत्यु भएको बताइएको छ ।        बाढी पहिरोका कारण दर्जनौं घरसहित भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक विवरणहरूमा जनाइएको छ । त्यस्तै बाढी र पहिरोमा परी केही व्यक्ति बेपत्ता पनि…
Read More
अफगानिस्तानमा आइतबार भएका आक्रमणमा १७ सैनिकको मृत्यु, कैयौँ घाइते

अफगानिस्तानमा आइतबार भएका आक्रमणमा १७ सैनिकको मृत्यु, कैयौँ घाइते

अफगानिस्तानका विभिन्न स्थानमा आइतबार राति भएका छुट्टाछुट्टै आक्रमणहरूमा १७ सैनिकको मृत्यु भएको स्थानीय युद्ध अनुगमन समूहले सोमबार जानकारी गराएको छ ।         मारिने सैनिकमध्ये सबैभन्दा बढी दक्षिणी हेल्मन्ड प्रान्तमा रहेका छन् । उक्त प्रान्तमा रातभर भएका भिडन्तमा ११ सैनिक मारिएका र अन्य १३ सैनिकलाई आक्रमणकारी समूहले नियन्त्रणमा लिई लगेको बताइएको छ ।       सेनाले आक्रमणमा अफगानी तालिवान विद्रोही लडाकूको सम्लग्नता रहेको दावी गरेको छ । उक्त दिन तालिवान विद्रोहीले सेनाबाट खोसेर लगेको गाडीलाई प्रहरी कार्यालयमा विष्फोट गराउँदा कम्तीमा दुई प्रहरीको मृत्यु भएको आठ प्रहरी घाइते भएका बताइएको छ ।      सन् २००१ पहिले सत्ता चलाइसकेको तालिवान समूहले पछिल्लो…
Read More
नेपालमा कोरोनाभाइरस (कोभिड- १९) का कारण एकैदिन ४ जनाको मृत्यु भएको छ ।

नेपालमा कोरोनाभाइरस (कोभिड- १९) का कारण एकैदिन ४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ४ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृतकको कुल संख्या ३ हजार ३६ पुगेको छ । यसबीचमा कोरोनाका २ सय ६६ संक्रमित थपिएका छन् । यससँगै सक्रिय संक्रमितको संख्या १ हजार ८ सय ३२ पुगेको छ। पछिल्लो २४ घण्टामा १ सय २ संक्रमित निको भएका छन् । निको हुनेको कुल संख्या २ लाख ७३ हजार ३ सय ४२ छ । कुल संक्रमितको संख्या भने २ लाख ७८ हजार २ सय १० छ ।
Read More
बलिउड अभिनेता आमिर खानकी छोरी पछिल्लो समय समाचारको हेडलाइन बनिरहेकी छन् ।

बलिउड अभिनेता आमिर खानकी छोरी पछिल्लो समय समाचारको हेडलाइन बनिरहेकी छन् ।

पहिला आफू डिप्रेसनमा रहेको विषयलाई लिएर उनको चर्चा भयो । यो पटक भने उनी आफ्नो नामको विषयलाई लिएर चर्चामा आएकी छिन् । धेरै व्यक्तिले उनको नाम ‘आइरा’ लेख्नु पर्नेमा ‘इरा’ लेखेकोप्रति उनी आक्रोशित भएकी हुन् । यही विषयलाई लिएर उनका साथीहरूले मजाक बनाउने उनी बताउँछिन् । यसैले उनले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै आफ्नो शुद्ध नाम उच्चारण गरेर सुनाएकी छन् । भिडियोमा आइरा भन्छिन्– ‘मेरा साथीहरू मेरो नामलाई लिएर मलाई जिस्क्याउँछन् । यसैले मैले मेरो नामको जार निर्णय गरेकी छु । जसले मेरो नाम अशुद्ध भन्छ,उसले उक्त जारमा ५ हजार रुपैयाँ राख्नु पर्छ । त्यही रकम म सहयोग स्वरूप…
Read More
बलिउडमा कोरोना संकट

बलिउडमा कोरोना संकट

पछिल्लो समय एकपछि अर्को बलिउडकर्मी कोरोना संक्रमित हुन थालेका छन्। पहिलो लहरमा अमिताभ बच्चन कोरोना संक्रमित भएका थिए। अहिले देखिएको दोस्रो लहरमा अक्षय कुमार, आमिर खान, आलिया भट्ट, भूमि पेडनेकर, विक्की कौशल, कार्तिक आर्यनलगायतका बलिउडकर्मी संक्रमित भएका हुन्। चलचित्रको छायांकन जारी राखेका उनीहरू कोरोना संक्रमित भएपछि बाँकी काम रोकिएको छ। अबको केही समय बलिउड फेरि शिथिल बन्ने देखिएको छ।
Read More
भारतको छत्तीसगढमा नक्सलवादीद्वारा २२ सुरक्षाकर्मीको हत्या

भारतको छत्तीसगढमा नक्सलवादीद्वारा २२ सुरक्षाकर्मीको हत्या

भारतमा नक्सलवादीहरुको आक्रमणमा परी कम्तीमा २२ सुरक्षाकर्मीको मृत्यु भएको छ । भारतको छत्तीसगढ प्रदेश अन्तर्गत पर्ने बिजपुरमा शनिबार घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् । “छत्तीसगढको सुक्मा—बिजपुरमा नक्सल विद्रोहीहरुको आक्रमणमा परी कम्तीमा २२ सुरक्षाकर्मीको ज्यान गएको छ,” स्थानीय प्रहरी प्रमुख कमलोचन कश्यपले भन्नुभयो । घटनामा परी अरु ३१ जना घाइते पनि भएको उहाँले जानकारी दिनुभयो । छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेलले घटनामा परी घाइते भएकाहरु खतरामुक्त रहेको बताउनुभयो । उहाँले अरु २१ जना प्रहरी सम्पर्कविहीन रहेको र उनीहरुको खोजी भइरहेको पनि पत्रकारहरुलाई जानकारी दिनुभयो । केन्द्रीय गृहमन्त्री अमित शाहले फोन गरेर उद्धार तथा खोजीका बारेमा चासो राख्नुभएको पनि मुख्यमन्त्री बघेलले बताउनुभयो…
Read More
चीनको सडक दुर्घटनामा ११ जनाको मृत्यु

चीनको सडक दुर्घटनामा ११ जनाको मृत्यु

चीनको पूर्वी क्षेत्रमा यात्रुबाहक बस र ठक्कर एकआपसमा जुधेर भएको दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।आइतबार बिहान चीको जियाङ्सु प्रान्तमा भएको उक्त दुर्घटनामा अरु १९ जना घाइते भएका छन् । उक्त दुर्घटना शेनयाङ–हाइकाओ राजमार्गमा भएको प्रहरीले जनाएको छ । तीव्र गतिमा रहेको ट्रक अनियन्त्रित भई सडकको बीचको बार भत्काएर अर्कोतर्फबाट आइरहेको बसमा ठोक्किएको थियो ।घाइतेहरुलाई नजिकका अस्पतालहरुमा भर्ना गरिएको छ । प्रारम्भिक अनुसन्धानमा यात्रुवाहक बस शाङ्घाईबाट गुयानयुन काउन्टीतर्फ गइरहेको थियो । चीनमा यतिखेर मानिसहरु छुट्टी मनाउन घरगाउँतर्फ जाने गरेका छन् ।
Read More
उत्तर प्रदेश र महाराष्ट्रमा संक्रमण तीव्र

उत्तर प्रदेश र महाराष्ट्रमा संक्रमण तीव्र

भारतको सीमावर्ती राज्य उत्तरप्रदेशमा कोरोना संक्रमण तीव्र बन्दै गएको छ । पछिल्ला दिनहरूमा उत्तर प्रदेशमा दैनिक संक्रमित हुनेको संख्या दुई हजारभन्दा बढी छ ।  गएको एक दिनमा मात्रै २ हजार ४ सय २३ जना संक्रमित थपिएका छन् । यो सँगै त्यहाँ हालसम्म कुल संक्रमितको संख्या ६ लाख २५ हजार ९ सय २३ पुगेको छ । शनिबार संक्रमित हुनेको संख्या २ हजार ९ सय ५३ थियो । उत्तर प्रदेशसँग नेपालको ५ सय ५१ किलोमिटरभन्दा लामो सीमा जोडिएको छ । खुला सीमाबाट हुने मानिसहरूको अनियन्त्रित आउजाउका कारण उत्तर प्रदेशमा संक्रमण बढ्दा नेपालमा पनि जोखिम उत्तिकै बढेको छ । कोरोना संक्रमण तीव्र बनेपछि भारतको सीमावर्ती राज्य उत्तर प्रदेशमा त्यहाँको राज्य…
Read More