07
Apr
उनलाई थुप्रैपटक उठ्बस् गर्न लगाइयो जसका कारण यी व्यक्तिको हालत यति खराब भयो कि उनको ज्यान नै गयो । अब यो मामिलामा प्रहरीमाथि दबाब बनेको छ ।गत बिहिबार मनिलाको एउटा प्रान्तमा २८ वर्षका डेरेन पिउने पानी किन्न बेलुका ६ बजे निस्किएका थिए । यद्यपि, लकडाउन भएका कारण उनलाई एउटा स्थानीय समूहले पक्राउ गरेर प्रहरी स्टेशनमा बुझाए । प्रहरी स्टेशनमा उनलाई सयौंपटक उठ्बस् गर्न लगाइयो ।डेरेन भोलिपल्ट बिहान ८ बजे घर पुगे । घर पुग्दा उनी कसैको सहयोग बिना हिँड्न नसक्ने भएका थिए किनभने उनी असाध्यै थाकेको डेरेनकी पार्टनर रेचेलिन बाल्सले जानकारी दिइन् । उनी थप्छिन्, ‘उनी त्यो दिनभरी हिँड्न संघर्ष…
