North-East

सन् २०३६ सम्म रुसको राष्ट्रपति बन्‍न पाउने कानुनमा पुटिनले गरे हस्ताक्षर

सन् २०३६ सम्म रुसको राष्ट्रपति बन्‍न पाउने कानुनमा पुटिनले गरे हस्ताक्षर

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०३६ सम्म सत्तामा रहने भएका छन् । पुटिनले सोमबार एउटा विधेयकमा हस्ताक्षर गरेपछि थप दुई कार्यकाल राष्ट्रपति बन्ने भएका छन् । पहिलेको संविधानअनुसार ६८ वर्षीय पुटिनले दोस्रो कार्यकाल सकिएसँगै सन् २०२४ मा सत्ताबाट बाहिरिनुपर्ने थियो । तर गत वर्ष जनमतसंग्रहमार्फत संशोधन गरिएको संवैधानिक व्यवस्थाले उनलाई थप दुई कार्यकाल राष्ट्रपति बन्ने बाटो दिएको हो । संवैधानिक सुधारसम्बन्धी जनमतसंग्रहमा पुटिनले करिब ७८ प्रतिशत मत पाएसँगै उनी थप दुई कार्यकाल सत्तामा रहने कानुनी बाटो खुलेको हो ।नयाँ कानुनमा राष्ट्रपतिको कार्यकाल पनि ४ वर्षबाट बढाएर ६ वर्ष बनाइएको छ । गत मार्चमा रुसको संसद्ले उक्त संशोधन पास गरेको थियो…
Read More
कोरोना संक्रमण बढेपछि दिल्लीमा रात्रिकालीन कर्फ्यु

कोरोना संक्रमण बढेपछि दिल्लीमा रात्रिकालीन कर्फ्यु

भारतको राजधानी दिल्लीमा कोरोना भाइरस संक्रमण रोकथामका रात्रिकालीन कर्फ्यु जारी गरिएको छ । दिल्ली राज्य सरकारले मंगलबारदेखि लागू हुने गरी राति १० बजेदेखि बिहान ५ पाँचबजेसम्म लागि कफ्र्यु लगाउने निर्णय गरेको हो । आगामी ३० अप्रिलसम्मका लागि कर्फ्यु जारी गरिएको हो । विगत केही सातायता दिल्लीलगायत प्रमुख सहरहरुमा संक्रमण तीव्र बन्दै गएको छ । दिल्लीमा सोमबार मात्र ३ हजार ५४८ संक्रमित थपिएका थिए । र, १५ जनाको संक्रमणका कारण ज्यान गएको छ । शुक्रबार मात्र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले तत्काल लकडाउन वा कर्फ्यु लगाउने योजना नरहेको बताएका थिए । भारतमा कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन भयावह बन्दै गएको छ । र, संक्रमणको पहिलो लहर यसअघिको भन्दा दुई…
Read More
इन्डोनेसिया र इस्ट टिमोरमा बाढी: ७६ को मृत्यु, ४० वेपत्ता

इन्डोनेसिया र इस्ट टिमोरमा बाढी: ७६ को मृत्यु, ४० वेपत्ता

इन्डोनेसिया र इस्ट टिमोरमा आएको बाढी पहिरोका कारण मृत्यु हुनेको संख्या कम्तिमा ७६ पुगेको छ । साथै ४० भन्दा बढी हराइरहेका छन् ।बाढी प्रभावित क्षेत्रबाट ४०० भन्दा बढीलाई उद्वार गरी सुरक्षित स्थानतर्फ सारिएको छ । साथै बाढीबाट हजारौँ मानिस प्रभावित भएका छन् ।बाढीबाट इस्ट टिमोरको राजधानी दिली पनि प्रभावित भएको बताइएको छ । जहाँ दर्जनौं घर र अन्य भौतिक संरचनामा क्षति पुगेको बताइएको छ । इन्डोनेसियामा हरेक वर्ष बाढी पहिरोले ठूलो धनजनको क्षति हुने गरेको छ ।इन्डोनेसियाका सरकारी अधिकारीहरुले बताए अनुसार यहाँ मात्रै कम्तिमा ५० जना मानिसको मृत्यु भएको छ । साथै ४० जना वेपत्ता छन् । देशको पूर्वी क्षेत्र…
Read More
नाइजेरियाको जेलबाट १८ सय भन्दा बढी कैदी फरार

नाइजेरियाको जेलबाट १८ सय भन्दा बढी कैदी फरार

बन्दुकधारीहरूको आक्रमणपछि नाइजेरियाको एउटा जेलबाट १८ सय भन्दा बढी कैदीहरू भाग्न सफल भएका छन्। आक्रमणकारिहरू दक्षिण-पूर्वी सहर ओवेरीस्थित जेलको प्रशासनिक भवनमा बिस्फोटकको प्रयोग गरेर भित्र पसेका थिए । हालसम्म भागेका ६ जना कैदिहरू फर्किएको बताइएको छ ।३५ जनाले भने त्यहाँबाट भाग्न अस्विकार गरेका थिए। प्रहरीले प्रतिबन्धित पृथक्तावादी समूह द इन्डीजीनीएस पीपल अफ बीयाफ्राले आक्रमण गरेको आरोप लगाएको छ । तर उक्त समूले आफ्नो सङ्लग्नता अस्विकार गरेको छ ।जेलबाट १ हजार ८ सय ४४ कैदी फरार भएको अधिकारीहरूले बताएका छन्। सोमवार बिहान पीकअप ट्रक र बस चढेर भारि हतियारसहित आएका आक्रमणकारीहरू ओवेरी कस्टोडीयल सेन्टर प्रवेश गरेका थिए ।प्रहरी प्रवक्ताका अनुसार आक्रमणकारीहरुले…
Read More
बेलायतमा सोमबारदेखि लकडाउनमा केही खुकुलो गरिने

बेलायतमा सोमबारदेखि लकडाउनमा केही खुकुलो गरिने

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आगामी अप्रिल १२ सोमबारदेखि बेलायतमा लाग्दै आएको लकडाउनमा केही सहज बनाइने बताउनुभएको छ ।उहाँले भन्नुभएको छ– आगामी सोमबारदेखि अहिलेको लकडाउनको अवस्थामा परिवर्तन गरेर केही सहज बनाइनेछ ।उहाँका अनुसार लन्डनमा आगामी सोमबारदेखि होटल, रेष्टुरेन्ट, पब र बारहरु खुल्ने भएका छन् । त्यसैगरी जिमखाना, पार्कहरु, चिडियाखाना, पुस्तकालयहरु र सामुदायिक केन्द्रहरु पनि खुला गरिने भएको छ ।आगामी सोमबारदेखि आवश्यकताका अरु कार्यालयहरु र सेवा क्षेत्र पनि खुला रहने बताइएको छ । प्रधानमन्त्री जोन्सनले सोमबारबाट बेलायत सरकारले दुई किसिमको रोडम्याप बनाएर अघि बढ्ने भएको जानकारी दिनुभएको हो ।बेलायतमा कोरोना महामारीको दोस्रो वेभका साथ साथै पछिल्लो समयमा यो महामारीको नयाँ प्रजातिको संक्रमण…
Read More
नेपाली कथानक चलचित्र ‘क्रसरोङ्स कथा तिम्रो र मेरो’

नेपाली कथानक चलचित्र ‘क्रसरोङ्स कथा तिम्रो र मेरो’

अर्विन्द राज गुरुङको निर्देशनमा नेपाली कथानक चलचित्र 'क्रसरोङ्स कथा तिम्रो र मेरो’ को छायाङ्कन शुरु भएको छ। चलचित्रमा चञ्चल थापाको छायाङ्कन, रेनिस फागोको कलर ग्रेडिङ रहनेछ। विभिन्न गुरुङ भाषाको फिल्ममा अभिनय गरे पनि नेपाली फिल्म 'कबड्डी’ मा अभिनय गरेर चर्चामा आएकी अभिनेत्री रिश्मा गुरुङले चलचित्रको कथा मनपरेकोले आफूले 'क्रसरोड्सकथा तिम्रो र मेरो' मा अभिनय गरेको खुलाइन्। तिनले आफूलाई धेरै फिल्मको स्क्रिप्ट र अफर आए पनि 'क्रसरोङ्स कथा तिम्रो र मेरो' को स्क्रिप्ट तथा आफ्नो चरित्र मनपरेकोले फिल्म खेल्न राजी भएको बताइन्। अर्विन्द राज प्रोडक्सन र आनजिग प्रोडक्सन यूकेको सहकार्य रहेको फिल्ममा रिश्मा गुरुङ, बुद्धि तामाङ, गौरव मल्ल प्रधान र रिकजङ…
Read More
भारतीय गृहमन्त्री अमित शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यानथलाई ज्यान मार्ने धम्की आएको छ ।

भारतीय गृहमन्त्री अमित शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यानथलाई ज्यान मार्ने धम्की आएको छ ।

मुम्बईस्थित केन्द्रीय प्रहरीलाई गृहमन्त्री र मुख्यमन्त्रीको हत्या हुने भन्दै इमेल प्राप्त भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । इमेलमा लेखिएको छ, ‘केही दिनभित्रमा गृहमन्त्री अमित शाह र मुख्यमन्त्री योगी आदित्यनाथको हत्या गर्दैछौं । धार्मिक कार्यक्रममा दुवै नेतामाथि आक्रमण हुन्छ ।’ मेल प्राप्त भएपछि प्रहरीले सुरक्षा गस्ती बढाएको छ भने घटनाका विषयमा अनुसन्धान सुरु गरिएको भारतीय प्रहरीले जनाएको छ । गणतन्त्र दिवसका अवसरमा अमित शाह, प्रधानमन्त्री नरेन्द्र मोदी लगायत धेरै नेताहरूले उनीहरूलाई मार्ने धम्की आएको थियो ।
Read More
कोरोना संक्रमण बढेपछि दिल्लीमा रात्रिकालीन कर्फ्यु

कोरोना संक्रमण बढेपछि दिल्लीमा रात्रिकालीन कर्फ्यु

भारतको राजधानी दिल्लीमा कोरोना भाइरस संक्रमण रोकथामका रात्रिकालीन कर्फ्यु जारी गरिएको छ । दिल्ली राज्य सरकारले मंगलबारदेखि लागू हुने गरी राति १० बजेदेखि बिहान ५ पाँचबजेसम्म लागि कफ्र्यु लगाउने निर्णय गरेको हो । आगामी ३० अप्रिलसम्मका लागि कर्फ्यु जारी गरिएको हो । विगत केही सातायता दिल्लीलगायत प्रमुख सहरहरुमा संक्रमण तीव्र बन्दै गएको छ । दिल्लीमा सोमबार मात्र ३ हजार ५४८ संक्रमित थपिएका थिए । र, १५ जनाको संक्रमणका कारण ज्यान गएको छ । शुक्रबार मात्र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले तत्काल लकडाउन वा कर्फ्यु लगाउने योजना नरहेको बताएका थिए । भारतमा कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन भयावह बन्दै गएको छ । र, संक्रमणको पहिलो लहर यसअघिको भन्दा दुई गुणाले बढिरहेको…
Read More
भारतीय सेनामा आगामी चार वर्षभित्रमा एक लाख सैनिक कटौती गरिने भएको छ ।

भारतीय सेनामा आगामी चार वर्षभित्रमा एक लाख सैनिक कटौती गरिने भएको छ ।

चीफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतले यस लक्ष्यका विषयमा संसद्को स्थायी समितिलाई जानकारी दिएका छन् । त्यस कटौतीबाट बच्ने रकमको उपयोग प्रविधिलाई बढाउनका लागि गरिने रावतको भनाइ छ । सरकारले पनि सेनालाई यस रकमको उपयोग प्रविधिको क्षेत्रमा गरिने बताएको छ ।  भारतीय सेनामा संरचनागत परिवर्तनको प्रक्रिया चलिरहेको छ । दिल्लीस्थित जंगी अड्डाबाट अधिकारीहरू घटाएर फील्डमा पठाउने योजना छ । स्ट्यान्डिङ कमिटीलाई सेनाको टूथ टु टेल रेसियोका बारेमा पनि बताइएको छ । सैन्य कारवाहीमा भाग लिने तथा उनीहरूका लागि रसदपानी पुर्‍याउने सैनिकहरूबीचको अनुपातलाई टूथ टु टेल रेसियो भनिन्छ ।  सेनाको कारवाहीमा भाग लिने सैनिकहरूलाई टूथ र रसदपानी पुर्‍याउने सैनिकहरूलाई टेल…
Read More
बलिउड चलचित्र ‘सूर्यवंशी’को रिलिज मिति तेस्रो पटक सारिएको छ ।

बलिउड चलचित्र ‘सूर्यवंशी’को रिलिज मिति तेस्रो पटक सारिएको छ ।

 यही अप्रिल ३० का लागि रिलिज मिति तोकेर प्रचारमा रहेको चलचित्रको कोरोनाका कारण तेस्रो पटक रिलिज मिति पछाडि सारिएको हो । यो चलचित्रमा अभिनेता अक्षयकुमार र अभिनेत्री कट्रिना कैफले शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । चलचित्र रोहित सेट्टीले निर्देशन गरेका हुन् । महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेसँगको छलफलपछि चलचित्रको रिलिज मिति पर सारिएको निर्देशक रोहितले बताएका छन् । सन २०२० को अप्रिल २४ मा पहिलो रिलिज मिति तय गरेको ‘सूर्यवंशी’ले कोरोनाका कारण पहिलो रिलिज मितिबाट पछाडि हटेको थियो । त्यसपछि सोही वर्षको अक्टोबर १५ का लागि चलचित्रले रिलिज मिति तय गरेको थियो । यो मितिमा पनि अवस्था सामान्य नभएपछि सारिएको…
Read More