North-East

नयाँदिल्लीमा आज  राति १० बजेदेखि लागू हुने गरी एक साताका लागि लकडान

नयाँदिल्लीमा आज राति १० बजेदेखि लागू हुने गरी एक साताका लागि लकडान

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अप्रिल २६ तारिकसम्म लकडाउन गर्ने निर्णय भएको जानकारी दिनुभएको छ । पछिल्लो समय निरन्तर कोरोना सङ्क्रमण बढेको भन्दै केजरीवालले सर्वसाधारणलाई यो लकडाउनको पालना गर्न र एक हप्ताको लकडाउनको क्रममा मानिसहरुलाई घरभित्रै बस्न केजरीवालले आग्रह गर्नुभएको भारतीय समाचार संस्था अाजतकले जनाएको छ ।साथै उहाँले लकडाउन अवधिभर अत्यावश्यक सेवा भने सञ्चालन हुने बताउनुभयो । विवाह, मेट्रो, बस, बैंक, एटीएम र धार्मिक स्थल खुल्ला हुने बताउनुभएको छ । तर, ५० जनाभन्दा धेरै भेला हुन नपाइने उहाँको भनाइ छ ।पछिल्लो केही सयमयता दैनिक २५ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिइरहेको भन्दै सो निर्णय गर्न जरुरी रहेको दिल्लीका मुख्यमन्त्री केजरीवालले बताउनुभएको छ…
Read More
रसियाले चेक गणतन्त्रका २० जना कुटनीतिज्ञलाई देश निकाला गरेको छ ।

रसियाले चेक गणतन्त्रका २० जना कुटनीतिज्ञलाई देश निकाला गरेको छ ।

गत शनिबार चेक गणतन्त्रले स्क्रिपाल घटनामा रसियाली एसभिआर र जिआरयू गुप्तचर एजेन्टका नाममा १८ जना रसियाली कुटनीतिज्ञ संलग्न रहेको भन्दै उनीहरुलाई देश छाड्न आदेश दिएपछि दुबै देशबीच आरोप प्रत्यारोप जारी छ ।सन् २०१४ मा चेक गणतन्त्रको स्क्रिपालस्थित सैनिक शिविरमा बिस्फोटमा रसियाको संलग्नता रहेको चेक गणतन्त्रको दाबी छ । यस घटनामा दुई जनाको मृत्यु भएको थियो ।यसैबीच प्रहरीले बिस्फोटमा संलग्न रहेको आशंका गरिएका दुई जना रसियालीको खोजी गरिरहेको जनाएको छ । ती दुई व्यक्तिले नै पूर्व रसियाली डबल एजेन्ट सर्गेई स्क्रिपाललाई सन् २०१८ मा लन्डनमा घातक विष–आक्रमण गर्न पासपोर्ट प्रयोग गरेको प्रहरीको भनाई छ ।चेक सञ्चार माध्यमले ती दुई रसियालीहरु अलेक्जान्डर…
Read More
अफगानिस्तानमा भएका विभिन्न सुरक्षा कारबाहीमा परी दश लडाकू मारिएका छन् ।

अफगानिस्तानमा भएका विभिन्न सुरक्षा कारबाहीमा परी दश लडाकू मारिएका छन् ।

पश्चिमी, पूर्वी र दक्षिणी क्षेत्रमा गत २४ घण्टामा भएका कारबाहीमा परी उनीहरुको मृत्यु भएको अधिकारीले जनाएका छन् ।अफगानिस्तानको पूर्वीभागमा रहको घाज्नी प्रान्तमा बुधबार बिहान २ जना मारिएका छन् भने अरु छ जना घाइते भएका प्रान्तीय सरकारका प्रवक्ता अरेफ नुरीले जानकारी दिनुभयो । उहाँका अनुसार सो घटनामा परी सुरक्षाकर्मीतर्फ भने दुई जना घाइते भएका छन् । त्यसैगरी विषेश सुरक्षा इकाइले तालिवान लडाकू विरुद्ध घोर प्रान्तको डावलात यार जिल्लाको समाक जिल्लामा पनि सुरक्षा कारबाही चलाएको छ ।कान्दाहार प्रान्तमा भएको सुरक्षा कारबाहीमा परी ८ जना लडाकू मारिएका सुरक्षा स्रोतले जानकारी दिएको छ । कान्दाहार प्रान्तको शाह वालीकोट जिल्लामा भएको कारबाहीमा ती लडाकू मारिएका…
Read More
ममताको अपील – “भीख होइन ऋण माग्दैछु” चुनाव आयोग भाजपा सित मिलेको लगायो आरोप

ममताको अपील – “भीख होइन ऋण माग्दैछु” चुनाव आयोग भाजपा सित मिलेको लगायो आरोप

चकुलिया (उत्तर दिनाजपुर), तृणमूल सुप्रीमो र राज्यका मुख्यमन्त्री ममता बनर्जीले जनतालाई विधानसभा चुनावमा तृणमूलका उम्मेदवारलाई जिताउन अपिल गरेकी छिन्। उत्तर दिनाजपुर जिल्लाका नौ विधानसभा क्षेत्रका तृणमूल उम्मेद्वारको समर्थनमा सोमबार मुख्यमन्त्रीले तीन चुनावी सभा आयोजना गर्नुभयो। आज उसले पहिलो रैली उत्तर दिनाजपुर जिल्लाको चकुलिया विधानसभा क्षेत्रमा सम्पन्न गर्‍यो। पछि दिउँसो उनी हेमाबाद पुलिस स्टेशनको महाराजा हाट हाई स्कूलको मैदानमा एक चुनावी सभामा सहभागी भइन्। यहाँ तृणमूल सुप्रीमोले रायगंज, हेमताबाद, कर्नादिघी र इटहार विधानसभा क्षेत्रका तृणमूल उम्मेदवारहरूको समर्थनमा प्रचार गरे। चुनावी जनसभालाई सम्बोधन गर्दै ममताले भने, "मलाई ऋण चाहिएको छ भीख होगन। म जनतालाई तृणमूल कांग्रेसलाई भोट दिन र पश्चिम बंगालमा फेरि…
Read More
भारतमा विगत २४ घण्टामा दुई लाख ७० हजार जनाभन्दा बढीमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको तथ्याङ्क सोमवार बिहान सरकारले सार्वजनिक गरेको छ।

भारतमा विगत २४ घण्टामा दुई लाख ७० हजार जनाभन्दा बढीमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको तथ्याङ्क सोमवार बिहान सरकारले सार्वजनिक गरेको छ।

सो अवधिमा १,६१९ जनाको कोभिडसँग सम्बन्धित कारणले मृत्यु भएको बताइएको छ।अहिलेसम्म भारतमा डेढ करोडभन्दा बढी व्यक्तिमा कोभिड पुष्टि भइसकेको छ। तीमध्ये एक लाख ७८ हजारभन्दा बढी सङ्क्रमितको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।नेपालसँग सीमा जोडिएको भारतीय राज्य बिहारका एक सांसद तथा पूर्वमन्ती डा. मेवालाल चौधरीको पनि कोभिडकै कारण मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ। भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या तीव्र गतिमा घटेका कारण हर्षवर्धन आशावादी देखिएका थिए। गत सेप्टेम्बर महिनाको मध्यतिर भारतमा एकैदिन ९३,००० भन्दा बढी सङ्क्रमित भइरहेका थिए। पछि भने सङ्क्रमित हुनेहरूको सङ्ख्या लगातार घटिरहेको थियो। फेब्रुअरी महिनासम्म आइपुग्दा भारतमा प्रतिदिन औसतमा ११,००० नयाँ सङ्क्रमित थपिएका थिए।…
Read More
भारतका केन्द्रीय मन्त्री प्रकाश जावडेकरलाई कोराना संक्रमण भएको छ

भारतका केन्द्रीय मन्त्री प्रकाश जावडेकरलाई कोराना संक्रमण भएको छ

मन्त्री जावडेकरले शुक्रबार साँझ ट्विट गर्दै आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी गराएका हुन् । उनले आफ्नो सम्पर्कमा रहेकाहरुलाई स्वास्थ्य परीक्षण गर्नसमेत आग्रह गरेका छन् । ‘आज मलाई कोभिड पोजिटिभ पुष्टि भएको छ । पछिल्ला २–३ दिन मेरो सम्पर्कमा आउनेहरुले कृपया स्वास्थ्य परीक्षण गराउनुहोला’ उनले ट्विटमा लेखेका छन् । भारतमा विगत केही दिनयता कोरोना संक्रमण भयावह बन्दै गएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार बिहीबार थप २ लाख १७ हजार ३५३ जनामा संक्रमण पुष्टि भएको थियो । जुन एकै दिनमा थपिएको संक्रमित संख्याका हिसाबले कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी हो । बिहीबार थपिएका संक्रमितसँगै भारतमा हालसम्म कुल संक्रमितको संख्या १ करोड…
Read More
हाइटीका राष्ट्रपति जोभेनेल मोइसेले बुधबार विदेशमन्त्री क्लाउड जोसेफलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ

हाइटीका राष्ट्रपति जोभेनेल मोइसेले बुधबार विदेशमन्त्री क्लाउड जोसेफलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ

राष्ट्रपति मोइसेले प्रधानमन्त्री जोसेफ जौथेले दिनुभएको राजीनामा स्वीकारेपछि क्लाउडलाई नियुक्ति दिनुभएको हो । मोइसे ट्विटरमार्फत अब सार्वजनिक सुरक्षाको स्पष्ट समस्यालाई सम्बोधन गर्न सम्भव हुने र देशको राजनीतिक र संस्थागत स्थायित्वका लागि आवश्यक सहमतिमा पुग्नको लागि छलफललाई जारी राख्ने बताउनुभएको छ । विशेषगरी हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्समा अपहरण र हत्याको अपराधको बढीरहेको यो अवस्थामा प्रधानमन्त्री जौथे जोसेफले राजिनामा दिनुभएको छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले हाइटीमा भएका राजनैतिक र अन्य धेरै संकटहरूको बारेमा गहिरो चिन्ता व्यक्त गरेको छ । सरोकारवालाहरुलाई आफ्नो मतभिन्नतालाई हटाई सन् २०२१ मा स्वतन्त्र, निष्पक्ष, पारदर्शी र विश्वसनीय राष्ट्रपति चुनावको तयारी गर्न आग्रह गरेको छ । क्यारिबियन यस देश…
Read More
ब्राजिलमा २४ घण्टाको अवधीमा कोरोना सङ्क्रमणको कारण तीन हजार ४५९ जनाको मृत्यु भएको छ

ब्राजिलमा २४ घण्टाको अवधीमा कोरोना सङ्क्रमणको कारण तीन हजार ४५९ जनाको मृत्यु भएको छ

प्रकोपबाट हालसम्म ज्यान गुमाउनेको संख्या तीन लाख ६१ हजार ८८४ पुगेको छ ।सोही अवधीमा ७३ हजार ५१३ थप व्यक्तिमा कोरोना भाइरसको सङक्रमणको पुष्टि भएको छ । कुल सङ्क्रमितको संख्या एक करोड ३६ लाख ७३ हजार ५०७ जना पुगेको ब्राजिली स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।ब्राजिलको साओ पाउलो शहर कोरोना भाइरसको कारण अति प्रभावित भएको छ । कोरोना भारइसको माहामारी शुरु भएदेखि हालसम्म २६ लाख ८६ हजार ३१ जना सङ्क्रमित भएका छन् भने सङ्क्रमणबाट ८५ हजार ४७५ जनाको मृत्यु भएको छ । ब्राजिलमा जनवरी १७ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म तीन करोड २१ लाख…
Read More
कोरोना सङ्क्रमण बढेपछि भारतको नयाँ दिल्लीमा ‘विकेन्ड कर्फ्यू’ लगाइएको छ

कोरोना सङ्क्रमण बढेपछि भारतको नयाँ दिल्लीमा ‘विकेन्ड कर्फ्यू’ लगाइएको छ

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले विकेन्ड कर्फ्यू लगाउने घोषणा गर्नुभएको हो ।भारतीय सञ्चारमाध्यमहरुका अनुसार विकेन्ड कर्फ्यू शुक्रबार राति १० बजेदेखि सोमबार बिहान ६ बजेसम्म लागू हुनेछ । दिल्लीमा पाँच हप्तामा कोरोना सङ्क्रमितको सङ्ख्या २५ गुणाले बढेपछि मुख्यमन्त्री केजरीवालले यो निर्णय लगाउनुभएको हो ।नयाँ नियमअनुसार मल, जिम, स्पा, अडिटोरियम, बजार र निजी अफिस बन्द रहनेछन् । सिनेमा हल ३० प्रतिशत दर्शक राख्ने गरी खुला गरिनेछ । रेस्टुरेन्टमा बसेर खान पाइनेछैन, होम डेलिभरी भने गर्न पाइनेछ । हरेक म्युनिसफल जोनमा हरेक दिन एउटा साप्ताहिक बजार खोज्ने अनुमति दिइएको छ ।बुधबार दिल्लीमा १७ हजार २८२ संक्रमित फेला परेका थिए भने १०४ जनाको मृत्यु भएको…
Read More
भारतमा पछिल्लो चौबीस घण्टामा थप दुई लाखभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमितको पहिचान गरिएको छ

भारतमा पछिल्लो चौबीस घण्टामा थप दुई लाखभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमितको पहिचान गरिएको छ

नयाँ थपिएका सङ्क्रमितसँगै कूल सङ्क्रमित एक करोड ४० लाख ७४ हजारभन्दा बढी पुगेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा दुई लाख ७३९ जना संक्रमितको पुष्टि भएको छ।भारतमा कोरोना भाइरस सङ्क्रमणको माहामारी शुरु भएयता एकै दिनमा दुई लाखभन्दा बढी सङ्क्रमित पहिचान गरिएको यो पहिलोपटक हो । यसअघि मङ्गलबार एक दिनमा एक लाख ८४ हजार भन्दा बढी व्यक्ति संङ्क्रमित भएका जनाइएको थियो । कोरोना सङ्क्रमणबाट बुधबार एकैदिनमा एक हजार ३८ जनाको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना सङ्क्रमणले मृत्यु हुने व्यक्तिको सङ्ख्या एक लाख ७३ हजार नाघेको छ ।
Read More