North-East

बङ्गलादेशमा रुसले निर्माण गरेको कोरोनाविरुद्धको खोप प्रयोगको अनुमति दिइएको छ

बङ्गलादेशमा रुसले निर्माण गरेको कोरोनाविरुद्धको खोप प्रयोगको अनुमति दिइएको छ

बङ्गलादेश सरकारले सो खोपको आपतकलीन प्रयोगका लागि अनुमति दिएको बताइएको हो । बङ्गलादेशको औषधि प्रशासनका प्रमुख मेजर जनरल महबुर रहमानले सो कुराको जानकारी दिनुभएको हो ।उहाँले बुधबार भन्नुभएको छ बङ्गलादेशले रुसले निर्माण गरेको स्पुतनिक भि नामको कोरोना विरुद्धको खोप प्रयोगका लागि अनुमति दिएको छ । रहमानले भन्नुभयो– हामीले रुसले उत्पादन गरेको स्पुतनिक भि खोपको प्रयोगका लागि अनुमनि दिएको छौँ । यसअघि बङ्गरलादेशमा आस्टाजेनेका खोप पनि प्रयोग गरिएको छ ।आस्टाजेनेका खोप भारतबाट आउन ढिला भएको थियो । सो खोपको अर्को डोज आउन निकै ढिला भएकोले हालका लागि रुसको खोपलाई अनुमति दिइएको बताइएको छ ।
Read More
भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या दुई लाख नाघेको छ

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या दुई लाख नाघेको छ

पछिल्लो चौबीस घण्टामा महामारी सुरु भए यताकै एकैदिनमा सबैभन्दा बढी तीन हजार २९३ जना सङ्क्रमितको मृत्यु भएको छ । थपिएका मृतकसँगै कोरोना भाइरसबाट भारतमा हालसम्म मृत्यु हुनेको सङ्ख्या दुई लाख एक हजार १८७ पुगेको छ ।भारतीय सञ्चारमाध्यमहरुका अनुसार पछिल्लो चौबीस घण्टामा तीन लाख ६० हजारभन्दा बढीमा सङ्क्रमणको पुष्टि भएको छ । मङ्गलबार १७ लाख २३ हजार ९१२ जनाको परीक्षण गरिएको थियो । जसमध्ये तीन लाख ६० हजार ९६० जना नयाँ सङ्क्रमितको पहिचान भएको सामाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ । भारतले हालसम्म २८ करोड २७ लाख तीन हजार ७८९ नमूनाको परीक्षण गरेको छ । हालसम्म एक करोड ७९ लाख ९७…
Read More
दक्षिणी नाइजेरियाको इमो राज्यमा बन्दुकधारीहरुले हमला गरेर कम्तीमा पनि पाँच जना प्रहरीको हत्या गरेका छन्

दक्षिणी नाइजेरियाको इमो राज्यमा बन्दुकधारीहरुले हमला गरेर कम्तीमा पनि पाँच जना प्रहरीको हत्या गरेका छन्

सोमबार ती बन्दुकधकधारीले इमो राज्यमा रहेको एक प्रहरी चौकीमा एक्कासी हमला गरेका थिए । सो हमलामा परी पाँच जना प्रहरी मारिएका छन् ।सो प्रहरी चौकीमा उनीहरुले हमला गरेका थिए । इमो राज्यका प्रहरी प्रवक्ताले उक्त राज्यमा रहेको सो प्रहरी चौकीमा ठूलो सङ्ख्यामा आएका बन्दुकधारीले हमला गर्दा पाँच जना प्रहरी अधिकारी मारिएको बताएका छन् । उनले सो चौकीबाट ती बन्दुकधारीहरुले आफ्ना केही साथीलाई पनि जेलमुक्त गरेर लगेका बताए । यसअघि पनि सो प्रहरी चौकीमा उनीहरुले हमला गरेका थिए ।
Read More
भारतमा पछिल्लो चौबीस घण्टामा तीन लाख २३ हजारभन्दा बढी नागरिक कोरोना भाइरस सङ्क्रमित भेटिएका छन् । एकै दिन तीन लाखभन्दा बढी कोरोना

भारतमा पछिल्लो चौबीस घण्टामा तीन लाख २३ हजारभन्दा बढी नागरिक कोरोना भाइरस सङ्क्रमित भेटिएका छन् । एकै दिन तीन लाखभन्दा बढी कोरोना

एकै दिन तीन लाखभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भेटिएकाे यो छैटाैं दिन हो ।पछिल्लो चौबीस घण्टामा कोरोना सङ्क्रमणबाट भारतमा दुई हजार ७७१ जनाको मृत्यु भएकाे छ । हालसम्म कोरोना सङ्क्रमणबाट भारतमा एक लाख ९७ हजार ८९४ व्यक्तिको निधन भइसकेको छ । भारतमा हालसम्म एक करोड ७६ लाख ३६ हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् ।भारतमा हाल २८ लाख ८२ हजारभन्दा बढी ब्यक्तिमा भाइरसको सङ्क्रमण सक्रिय अवस्थामा छ । भारतमा हालसम्म एक करोड ४५ लाख ५६ हजारभन्दा बढी कोरोनामुक्त भएका छन् । भारतमा सोमबार मात्रै १६ लाख ५८ हजार ७०० जनाको कोरोना परीक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ ।…
Read More
उपराष्ट्रपति ह्यारिसद्वारा ग्वाटेमालाका राष्ट्रपतिसँग भर्चुअल वार्ता, आप्रवासन मुख्य मुद्दा

उपराष्ट्रपति ह्यारिसद्वारा ग्वाटेमालाका राष्ट्रपतिसँग भर्चुअल वार्ता, आप्रवासन मुख्य मुद्दा

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले ग्वाटेमालाका राष्ट्रपति अलेजेन्द्रो जियामेटीसँग सोमबार भिडियो कन्फरेन्स मार्फत कुरा गर्दै मध्य अमेरिकी मुलुकहरुलाई अमेरिकाले प्रदान गरिआएको आर्थिक सहायतामा वृद्धि गर्ने बताउनुभएको छ । मध्य अमेरिकी मुलुकहरुका आप्रवासीहरु अमेरिका प्रवेशको क्रम तीव्र गतिमा वृद्धि भएसँगै अमेरिकाले आप्रवासीलाई उनीहरुकै मुलुकमा अवसर सिर्जना गर्नेगरी ती मुलुकलाई आर्थिक सहायतामा वृद्धि गर्न लागेको हो ।राष्ट्रपति जो बाइडेनले गत महिना उपराष्ट्रपति ह्यारिसलाई मध्य अमेरिकी मुलुकबाट हुने गरेको आप्रवासन समस्याको वास्तविक कारण पहिचान गर्न विशेष जिम्मेवारी तोक्नुभएको थियो । त्यही सिलसिलामा उपराष्ट्रपति ह्यारिसले ग्वाटेमालाका राष्ट्रपतिसँग भर्चुअल बैठक गर्नुभएको हो । दुबै नेताबीच आप्रवासनका मुख्य कारणहरु पहिल्याउन र दीर्घकालीन समाधान खोज्न सहमति भएको छ…
Read More
कोभिड-१९ भएका बेला शरीरमा अक्सिजन तह कति हुनुपर्छ, कम भए के गर्ने?

कोभिड-१९ भएका बेला शरीरमा अक्सिजन तह कति हुनुपर्छ, कम भए के गर्ने?

कोरोनाभाइरस महामारीका कारण नराम्ररी भारतमा अहिले अक्सिजन अभावका कारण कैयौँ बिरामीहरूले ज्यान गुमाइरहेका छन्। नेपालमा पनि अहिले जटिल अवस्थाका बिरामीहरूको सङ्ख्या बढ्दै गएको र अस्पताल भर्ना भएका धेरैलाई अक्सिजन दिनुपरेका विवरणहरू आइरहेका छन्। घरमै शरीरमा अक्सिजनको तह जाँच गर्न सकिने उपकरण अक्सिमिटरको बजारमा माग व्यापक रूपमा बढेको व्यवसायीहरूले बताएका छन्। अहिले नेपालमा सञ्चालनमा रहेका अक्सिजन उद्योगहरू पूर्ण क्षमतामा चले आपूर्तिमा समस्या नहुने तर सिलिन्डरको अभाव 'ठूलै समस्या' का रूपमा देखा परेको व्यवसायीहरूको भनाइ छ।
Read More
विद्यार्थीलाई होस्टल छाड्न साउथ एसियन युनिभर्सिटीको सूचना

विद्यार्थीलाई होस्टल छाड्न साउथ एसियन युनिभर्सिटीको सूचना

दिल्लीस्थित साउथ एसियन युनिभर्सिटी (साउ) ले कोरोना महामारीका कारण दिल्लीमा गम्भीर स्वास्थ्य संकट देखा परेको भन्दै त्यहाँ अध्ययनरत आवासीय विद्यार्थीहरुलाई होस्टल छाड्न निर्देशन दिएको छ । सोमबार साउ प्रशासनले एउटा सूचना जारी गर्दै दिल्लीको चाणक्यपुरीस्थित अकबर भवनको होस्टलमा रहेका सबै विद्यार्थीहरुलाई १० मेभित्र खाली गर्न आदेश दिएको हो । ‘सबै विद्यार्थीहरुलाई उनीहरुको व्यक्तिगत सुरक्षाका लागि १० मे भित्र अकबर भवनस्थित होस्टल कोठा र परिसर खाली गरेर आ-आफ्नो घर र बस्ने ठाउँका लागि प्रस्थान गर्नुपर्नेछ,’ साउद्धाराजारी सूचनामा भनिएको छ । साउले महामारीका कारण दिल्लीमा गम्भीर स्वास्थ्य संकटमा रहेको र विद्यमान स्वास्थ्य पूर्वाधारले बिरामीहरुको चाप थेग्न नसक्ने र आगामी दिनमा परिस्थिति थप भयावह बन्न…
Read More
भारतमा गत चौबीस घण्टामा तीन लाख ५२ हजारभन्दा बढी कोरोनाभाइरस सङ्क्रमितको पहिचान गरिएको छ

भारतमा गत चौबीस घण्टामा तीन लाख ५२ हजारभन्दा बढी कोरोनाभाइरस सङ्क्रमितको पहिचान गरिएको छ

भारतमा एकै दिन तीन लाखभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भेटिएका यो पाँचौं दिन हो । भारतमा एक साताभित्र मात्रै कोरोना सङ्क्रमितको सङ्ख्या करिब २५ लाख पुगेको छ।भारतमा पछिल्लो चौबीस घण्टामा दुई हजार ८१२ जना सङ्क्रमितको मृत्यु भएको छ । भारतमा हालसम्म कोभिड सङ्क्रमणबाट मात्र एक लाख ९५ हजारभन्दा बढी व्यक्तिको निधन भइसकेको छ ।भारतमा हालसम्म एक करोड ७० लाखभन्दा बढी व्यक्ति कोभिडबाट सङ्क्रमित हुन पुगेका छन् । भारतमा २८ लाख १३ हजार भन्दा बढी ब्यक्तिमा भाइरसको सङ्क्रमण सक्रिय छ । भारतमा हालसम्म १ करोड ४३ लाखभन्दा बढी कोरोना मुक्त भएका छन् । गत २४ घण्टामा मात्र दुई लाख १९ हजार…
Read More
महामारीको चपेटामा परेको भारतलाई विश्वको सहयोग

महामारीको चपेटामा परेको भारतलाई विश्वको सहयोग

दोस्रो लहरका रुपमा आएको कोरोना भाइरस महामारीका कारण गम्भीर रुपमा प्रभावित भएको भारतलाई अमेरिकासहित विश्वका कैयौँ देशले आपतकालीन स्वास्थ्यसामग्री तथा औषधि सहयोगको वाचा गरेका छन् ।अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि भारतलाई आवश्यक र सक्दो सहयोग गर्ने बताउनुभएको छ । उहाँले भन्नुभएको छ “जसरी भारतले हामीलाई महामारीको सुरुवाती चरणमा अस्पतालहरूको सहयोगका निम्ति मद्दत ग¥यो, अहिले हामी पनि भारतलाई मद्दत गर्नेछौँ,’’ उहाँले भन्नुभएको छ । यसअघि भारतमा कोभिडविरुद्धको खोप आस्ट्राजेनेका खोप निर्माणका निम्ति आवश्यक कच्चा पदार्थमा रोक लगाएको थियो तर त्यो निर्यात प्रतिबन्धलाई अमेरिकाले हटाइदिएको बताएको छ । बेलायतले भारतमा भेन्टिलेटर तथा अक्सिजनको प्रयोगका लागि आवश्यक उपकरणहरू पठाउन थालेको छ । युरोपेली…
Read More
फेसन डिजाइनर अल्बर एल्बाजको कोरोनाभाइरसको संक्रमणबाट ५९ वर्षको उमेरमा शनिबार निधन भएको छ

फेसन डिजाइनर अल्बर एल्बाजको कोरोनाभाइरसको संक्रमणबाट ५९ वर्षको उमेरमा शनिबार निधन भएको छ

रिचमन्ट लक्जरी ग्रुपका अध्यक्ष जोनाथन रुपर्टले अल्बरको निधनको खबरले आफू समेत सिङ्गो फ्रान्सेली फेसन उद्योग दुःखित भएको बताउनु भएको छ ।तीन सातादेखि कोभिडसँग सङ्घर्ष गरेपश्चात् पेरिस स्थित अमेरिकन हस्पिटलमा अल्बरको निधन भएको थियो । मोरक्कोमा जन्मेका इजरायली नागरिक एल्बाजले न्यूयोर्कमा अमेरिकी फेसन डिजाइनरसँग मिलेर शुरुआती दिनहरुमा काम गर्नु भएको थियो । त्यसपछि उहाँ सन् १९९६ मा गाए लारोच र १९९८ मा येभिस सेन्ट लरेन्टमा संलग्न हुनु भएको थियो ।फ्रान्सेली राष्ट्रपति एमानुएल म्याँक्रोले एक विज्ञप्ति जारी गर्दै अल्बरले फ्रान्सेली फेसन डिजाइनलाई विश्वभर फैल्याउन अतुलनीय योगदान दिएको बताउनुभयो ।
Read More