07
May
इस्लामाबादमा आज साँझ छ बजेपछि पूर्ण लकडाउन हुनेछ ।समाचार संस्था एएनआइका अनुसार पाकिस्तानमा पछिल्लो चौबीस घण्टामा कोरोनाका चार हजार १९८ जना सङ्क्रमित पहिचान गरिएका छन् । उक्त अवधिमा नै एक सय आठ जना सङ्क्रमितको मृत्यु भएको छ । पाकिस्तानमा कोरोना सङ्क्रमणबाट हालसम्म १८ हजार ५३७ जनाको मृत्यु भएको छ । पछिल्लो चौबीस घण्टामा ४६ हजार ४६७ जनाको परीक्षण गरिएको थियो ।पाकिस्तानमा हाल पाँच हजार ६२४ जना सङ्क्रमित देशभरिका विभिन्न अस्पतालमा उपचाररत छन् । जसमध्ये ६३१ जना भेन्टिलेटरमा छन् । पाकिस्तानको पञ्जाब, सिन्ध, खैबर पख्तुनख्वा र बलुचिस्तान कोरोनाबाट सबैभन्दा बढी प्रभाबित क्षेत्र हुन् । पछिल्लो चौबीस घण्टामा पञ्जाबमा मात्रै ६८ जना…
