North-East

तालिबानद्वारा इद पर्वका अवसरमा युद्धविराम घोषणा

तालिबानद्वारा इद पर्वका अवसरमा युद्धविराम घोषणा

अफगानिस्तानको प्रमुख विद्रोही पक्ष तालिबान समूहले इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद अल–फित्रका अवसरमा तीन दिने युद्धविराम घोषणा गरेको छ ।तालिबान समूहका प्रवक्ता जबिहुल्लाह मुजाहिदले ट्वीट गर्दै इद पर्वका अवसरलाई खुशियालीपूर्वक शान्तिपूर्ण र सुरक्षित वातावरणमा मनाउन अफगान सरकारसँग तीन दिने युद्धविराम गरिएको बताउनुभयो ।उहाँले इदको पहिलोदेखि तीन दिनका अवधिमा आफ्ना सबै तालिबान लडाकूहरुलाई कुनै पनि आक्रामक कारबाहीहरु स्थगित गर्न निर्देशन पनि दिनु एको छ ।यस वर्षको इद आगामी बिहीबार पर्ने सम्भावना छ ।तालिबान प्रवक्ताले युद्धबिरामको अवधिमा अफगान सेनाको नियन्त्रणमा रहेका क्षेत्रमा प्रवेश नगर्न पनि आफ्ना लडाकूहरुलाई अनुरोध गर्नुभएको छ ।
Read More
भूमध्यसागर पार गरेर आइतबार एक हजार २०० भन्दा बढी आप्रवासी इटालीको सानो द्वीप लाम्पेडुसा आइपुगेका छन्

भूमध्यसागर पार गरेर आइतबार एक हजार २०० भन्दा बढी आप्रवासी इटालीको सानो द्वीप लाम्पेडुसा आइपुगेका छन्

१२ घण्टाको अन्तरालमा धेरैवटा निकै कमजोर, खचाखच मानिसले भरिएका माछा मार्ने डुङ्गाको सहारामा उनीहरु इटाली आइपुगेको अधिकारीहरुले बताएका छन् ।लाम्पेडुसाका मेयरले मानव तस्करले आजभोलिको शान्त र न्यानो भूमध्यसागरको फाइदा उठाउँदै ठूलो सङ्ख्यामा आप्रवासी इटाली पठाएको बताउनुभएको छ ।लाम्पेडुसाका मेयर साल्भाटोर मार्टेल्लोले आप्रवासीको पहिलो टोली बिहान ५ बजे इटाली आइपुगेको जानकारी दिनुभयो । यस वर्ष इटालीको तटीय शहरमा एकै दिन यति ठूलो सङ्ख्यामा आप्रवासी आइपुगेको यो पहिलो घटना हो ।मेयर मार्टेल्लोले प्रधानमन्त्री मारियो ड्रागीसमक्ष कोभिड–१९ महामारीका कारण इटालीको अर्थतन्त्रमा परेको असर र सामाजिक पुनर्जीवनलाई मात्र बढी ध्यान केन्द्रित नगरी आप्रवासनलाई पनि प्राथमिकतामा राख्न अपिल गर्नुभएको छ ।अपराह्नसम्ममा आप्रवासीले खचाखच भरिएका कम्तीमा…
Read More
दार्जीलिङ्ग को ग्लेनरिज आइसोलेशन केन्द्रको रूपमा प्रयोग भइरहेको छ

दार्जीलिङ्ग को ग्लेनरिज आइसोलेशन केन्द्रको रूपमा प्रयोग भइरहेको छ

ग्लेनरिज दार्जीलिङ्ग को सबै भन्दा प्रतिष्ठित स्थानहरू मध्ये एक हो।दार्जीलिङ्ग मा आइकनिक ग्लेनरिजको बेकरी र रेस्टुरेन्ट अक्सिजन समर्थनको साथ एक आइसोलेशन केन्द्रमा रूपान्तरण गरिएको छ। रेस्टुरेन्टमा एक जेनेरेटर ब्याक अप, पानी, खाना र ३५०० वर्ग फिट खुल्ला स्थान छ। शीर्ष तल्ला प्लान्टर अस्पतालका चिकित्सकहरूको सहयोगमा कोविड आइसोलेशन केन्द्रको रूपमा प्रयोग भइरहेको छ। अस्पताल केवल १०० मिटर टाढा छ, त्यसैले तिनीहरू त्यहाँबाट डाक्टर र नर्सहरू सजीलै आउन र जान सक्दछन् । रेस्टुरेन्टलाई एउटा कोविड आइसोलेशन केन्द्रमा रूपान्तरण गर्नु भनेको यसको मालिक अजय एडवर्ड्सको साहसपूर्ण कदम रहेको छ ।
Read More
अफगानिस्तान काबुलमा केटीहरूको विद्यालयमा बम बिष्फोटन

अफगानिस्तान काबुलमा केटीहरूको विद्यालयमा बम बिष्फोटन

अफगानिस्तानको राजधानी काबुलमा केटी विद्यार्थीहरुको विद्यालयको अगाडि लगातार तीन बम बिष्फोटनमा मर्नेहरूको संख्या ६८ पुगेको छ। यो आक्रमण शिया मुस्लिमको क्षेत्रमा भएको थियो। स्रोतहरु अनुसार  घाइतेहरुको संख्या १६५ भन्दा बढि छ। धेरै जसो ती केटीहरू १२ देखि २० वर्ष उमेरका छन्। यस घटनासँगै आतंककारीहरूको मनसाय पूर्ण रूपमा स्पष्ट भएको छ कि उनीहरू अब यहाँ कट्टरपन्थीहरूको कानुन लागू गर्न चाहन्छन्। दुर्घटनाको शिकार शिया हजारा समुदाय हुन्। अस्पतालमा घाइते पीडितहरूलाई बचाउन रक्तदाताहरूको भीड छ। धेरैको अवस्था गम्भीर छ। स्रोतले भने ।
Read More
सिलिगुडीमा निर्माण हुने अर्को श्मशानघाट, प्रशासक गौतमदेवले

सिलिगुडीमा निर्माण हुने अर्को श्मशानघाट, प्रशासक गौतमदेवले

सिलिगुडीमा धेरै ठाउँहरूको भ्रमण गरे। १ लाख मानिस सिलिगुडी शहरमा बसोबास गर्छन्। त्यहाँ दुई इलेक्ट्रिक दाह संस्कारहरू छन्, एउटा निजी रूपमा संचालित क्रीमेटोरियम हो। सरकारले कोरोना संक्रमित व्यक्तिको लासको दाहसंस्कारका लागि साहूदंगी श्मशान घाट अधिग्रहण गरेको छ। सिलिगुडीको किरणचन्द्र श्मशान घाटमा दिनहुँ दबाब बढ्दै गइरहेको छ । शवको निजी श्मशान घाटमा लाशहरू जलाइदिए। त्यस्तै, सिलिगुडी शहरमा अर्को दाहसंस्कार आवश्यक छ। सिलिगुडी शहरमा विभिन्न सामाजिक संस्था र नगर निगमको तर्फबाट अर्को श्मशानघाट निर्माण गरिनेछ। सिलिगुडी निगमको प्रशासक बोर्डका अध्यक्ष गौतम देवले सोमबार यी कुरा भने। गौतम देवले आज नयाँ दाहसंस्कारको लागि धेरै क्षेत्रहरू भ्रमण गर्नुभयो। उनले भने कि किरणचन्द्र श्मशान घाटमा…
Read More
भारतको बलिऊडकी चर्चित नायिका कँगना रनौट कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ

भारतको बलिऊडकी चर्चित नायिका कँगना रनौट कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ

उहाँले कोरोनाभाइरसबाट सङ्क्रमित भएको जानकारी साझा गर्दै उक्त भाइरसको प्रकोप सामान्य फ्लु रहेको र छिट्टै आफूले परास्त गर्ने बताउनुभएको हो ।सामाजिक सञ्जाल इन्स्टाग्राममा शनिबार बिहान उहाँले आफू कोरोनाभाइरसबाट सङ्क्रमित भएको जानकारी साझा गर्नुभएको छ । केही असहज महसुस भएपछि आफूले परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको रनौटलाई उद्र्धत गर्दै भारतीय सञ्चारमाध्यम हिन्दूस्तान टाइम्सको अनलाइन संस्करणले उल्लेख गरेको छ । उहाँले इस्टाग्राममा लेख्नुभएको छ, “म हिमाचल प्रस्थान गर्न लागेको थिएँ, प्रस्थान अघि हिजो परीक्षण गराउँदा आज पोजेटिभ रिपोर्ट आएको छ ।”
Read More
बुर्किनाफासोका सुनखानीमा मानव तस्करको बिगबिगी

बुर्किनाफासोका सुनखानीमा मानव तस्करको बिगबिगी

मानव तस्करहरुले ब्लेसिङलाई कुटपिट र लागूपदार्थ खुवाउन थालेको महिनौं बितिसके । यी २७ वर्षीया ब्लेसिङलाई एउटा सुनखानीबाट अर्कोमा पु–याउँछन् । हरेक रात उनले २ डलरभन्दा कममा दर्जनौं पुरुषसँग रात बिताउनुपरेको छ ।पश्चिम अफ्रिकाको भूपरिवेष्ठित गरिब राष्ट्र बुर्किनाफासोकी ब्लेसिङलाई सैलुनमा काम मिलाइदिन्छु भनेर लोभलालच देखाएर फसाउने एक महिलाले ब्लेसिङलाई भाग्ने कोसिस गरे मारिदिने धम्की दिएकी थिइन् ।“अब कोही पनि तिमीलाई उद्धार गर्न आउँदैन,” हालै अन्तर्वार्ता लिने क्रममा आँखाबाट रसाएका आँसु पुछ्दै ब्लेसिङले आफ्नो पीडा सुनाइन् ।सन् २०१९ डिसेम्बरमा आफूलाई कब्जामा राख्ने महिला कतै लागेको मौका छोपेर ब्लेसिङ ठूलो साहसका साथ त्यस काठकोठरीबाट भाग्न सफल भइन् । स्थानीय बासिन्दाको सहयोगमा उनी र…
Read More
चीनद्वारा भड्काउ जीवनशैली अपनाउने कम्युनिष्ट पार्टीका नेतामाथि कारबाही

चीनद्वारा भड्काउ जीवनशैली अपनाउने कम्युनिष्ट पार्टीका नेतामाथि कारबाही

भ्रष्टाचार नियन्त्रण सम्बन्धी चीनको सर्वोच्च निकायले भड्काउ एवं सुखभोगी जीवनशैली अपनाउने चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तामाथि कारबाही गरेको जनाएको छ । यस वर्षको शुरुदेखि हालसम्म २७० जनामाथि कारबाही गरिएको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय अनुशासन आयोगले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।प्रत्येक १० वटा मुद्दामध्ये नौ वटा मुद्दा भड्काउ र सुखभोगसँग सम्बन्धित  छन् । आयोगको वेबसाइटमा प्रकाशित विवरणमा अधिकांश मुद्दामा संलग्न व्यक्तिले महँगा सामान, नगद उपहार वा गिफ्ट लिएको उल्लेख छ ।प्रकाशित मुद्दाहरुमध्ये ४६.८ प्रतिशत अनुशासन उल्लङ्घनसँग सम्बन्धित छन् । स्प्रिङ फेस्टिवल, ड्रागन बोट फेस्टिवल, मिड–अटम्न डे र नेसनल डे समेतका प्रमुख चिनियाँ पर्वहरुमा पार्टीका नेताहरुबाट अनुशासन उल्लङ्घन भएको पाइएको…
Read More
अफगान सेनाको कारबाहीमा २५ जना तालिबान लडाकूको मृत्यु

अफगान सेनाको कारबाहीमा २५ जना तालिबान लडाकूको मृत्यु

अफगानिस्तानको सेनाले उत्तरी बाघलान प्रान्तमा गरेको सैन्य कारबाहीमा कम्तीमा २५ जना तालिबानी लडाकूको मृत्यु भएको छ । अफगानिस्तानको रक्षा मन्त्रालयका अनुसार शुक्रबार राति गरिएको उक्त सैन्य कारबाहीका क्रममा अरु १२ जना लडाकू घाइते भएका छन् ।अफगान वायुसेनाको मद्दत लिएर गरिएको त्यस कारबाहीबाट लडाकू समूहका सवारी साधन र हातहतियार बरामद गरिएको मन्त्रालयले जनाएको छ । सयौं सशस्त्र तालिबानी लडाकूले हालैका दिनहरुमा बाघलानलाई कब्जामा लिने उद्देश्यले आक्रमण गरिरहेका थिए । तर स्थानीय सेनालाई मद्दत गर्न थप सैनिक परिचालन गरी स्थिति नियन्त्रणमा लिएको सरकारको भनाई छ ।उक्त घटनाका बारेमा तालिबान विद्रोहीका तर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।नेटो र संयुक्तराज्य अमेरिकी सेनाले अफगानिस्तान छाड्नै…
Read More
आन्ध्र प्रदेशमा शनिबार एउटा खानीमा भएको विस्फोटमा कम्तीमा १० जना मजदूुको ज्यान गएको छ

आन्ध्र प्रदेशमा शनिबार एउटा खानीमा भएको विस्फोटमा कम्तीमा १० जना मजदूुको ज्यान गएको छ

अधिकारीहरुका अनुसार आन्ध्र प्रदेशको मुख्य शहर अमरावतीबाट करिब २८१ किलोमिटर दक्षिणपश्चिमको मामिलापाल्ले गाउँमा रहेको चुन खानीमा उक्त विस्फोट भएको थियो । खानीभित्र त्रुटिवश एउटा डेटोनेटर पड्काउँदा विस्फोट भएको र त्यहाँ कार्यरत मजदुरका शरीर क्षतविक्षत भएर हावामै उडेको प्रत्यक्षदर्शीले बताएका छन् ।उक्त दुर्घटनामा अझै दश जना हराइरहेको बताइएको छ भने मृतक पाँच जनाको पहिचान खुलेको छ ।दुर्घटना लगत्तै प्रहरी र स्थानीयवासीहरु खानीका मजदूुको खोज तथा उद्धारका लागि परिचालन भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।
Read More