North-East

भारतीय शहर मुम्बइमा चक्रवातमा परी १२७ जना हराएका छन्

भारतीय शहर मुम्बइमा चक्रवातमा परी १२७ जना हराएका छन्

मुम्बइको समुद्रमा आएको टाउकटी नामक चक्रवातका कारण हिन्द महासागरमा रहेको एक ठूलो डुंगा डुब्न पुग्दा कम्तीमा पनि १२७ जना व्यक्ति हराएका भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।डुंगामा २७३ जना यात्रु रहेका भारतीय जल सैनिक संगठनले जनाएको छ । भारतीय जल सैनिकका प्रवक्ताले एक विज्ञप्ति जारी गरेर १४६ जनाको सकुशल उद्धार गरेर जनाएको छ ।डुंगामा रहेका अरु १२७ जना अहिले पनि हराइरहेका छन् । उनीहरुको खोजी कार्य जारी रहेको छ । मुम्बई हाइटको समुद्रमा सो डुंगा रहेका बेलामा मंगलबार टाउकटी नामक चक्रवातले सो क्षेत्रलाई प्रभावित पारेको थियो ।मंगलबार प्रति घन्टा १८५ किलोमीटरका दरले चक्रवात आएको थियो । चक्रवातले भारतका अरु क्षेत्रमा पनि…
Read More
‘विश्व नै खोप विभेदको जोखिममा छ’

‘विश्व नै खोप विभेदको जोखिममा छ’

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम घेब्रेससले धनी राष्ट्रहरु र मध्य एवं न्यून आय भएका मुलुकबीच कोभिड–१९ विरुद्धको खोप वितरणमा व्यापक असमानता रहेको बताउनुभएको छ । उहाँले सोमबार भन्नुभयो, पछिल्लो अवस्था हेर्दा विश्वमा खोप वितरणमा तीव्र विभेद छ ।पेरिस पिस फोरममा सम्बोधन गर्दै महासचिव घेब्रेससले भन्नुभयो, “मेरो विचारमा विश्व नै खोप विभेदको जोखिममा छ, र यो रङ्गभेदी छ । तपाईंलाई थाहै छ, उच्च आय भएका मुलुकहरुको जनसङ्ख्या विश्व जनसङ्ख्याको करिब १५ प्रतिशत छ तर विश्वमा उत्पादित खोपको झण्डै ४५ प्रतिशत त्यहीँ छ । न्यून र न्यून–मध्यम आय भएका मुलुकहरुमा विश्वको झण्डै आधा जनसङ्ख्या छ, तर खोप भने १७…
Read More
भारतमा पछिल्लो चौबीस घण्टामा संक्रमित हुनेको संख्या घटेको छ

भारतमा पछिल्लो चौबीस घण्टामा संक्रमित हुनेको संख्या घटेको छ

सोमबार दुई लाख ८१ हजार ३६८ जना संक्रमित थपिएकामा मंगलबार दुई लाख ६३ हजार नयाँ संक्रमित थपिएका हुन् ।भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा दुई लाख ६३ हजार ५३३ जना नयाँ संक्रमित भेटिएका हुन् । गत् अप्रिल महिनाको अन्तिम साता र मई महिनाको पहिलो साता दैनिक कम्तीमा पनि ४ लाख मानिसमा संक्रमण देखिने गरेको थियो ।भारतमा दैनिक थपिने संक्रमितको संख्यामा कमी आएपनि मृतकको संख्या भने स्थिर देखिएको छ । पछिल्लो चौबीस घण्टामा चार हजार ३२९ जनाको कारोना संक्रमणबाट मृत्यु भएको छ । उक्त संख्या कोरोनाभाइरसबाट चौबीस घण्टामा हुने मृत्युको सबैभन्दा बढी हो ।भारतमा कोरोना भाइरसको…
Read More
यूरोपेली औषधि नियामक निकायले कोरोना बिरुद्धको फाइजर खोप फ्रिजमा लामो समयसम्म भण्डारण गर्न सकिने जनाएको छ

यूरोपेली औषधि नियामक निकायले कोरोना बिरुद्धको फाइजर खोप फ्रिजमा लामो समयसम्म भण्डारण गर्न सकिने जनाएको छ

यसअघि फाइजरको खोप तत्कालै लगाउनुपर्ने र सामान्य फ्रिजकाे तापक्रममा भण्डारण गर्न नसकिने गरी बिकास गरिएको थियो ।बीबीसीका अनुसार यूरोपेली औषधि संस्था(इएमए)ले खोप तयार भइसकेपछि खुला नरहेको अवस्थामा एक महिनासम्म भण्डारण गर्न सकिने जनाएको उल्लेख गरेको छ । हाल मात्रै पाँच दिनसम्म भण्डारण गर्न सकिने गरी तयार गरिएको थियो ।यसप्रकारको प्रकृतिले यूरोपेली राष्ट्र बाहिर खोप अभियान कार्यक्रम नराम्ररी प्रभाबित बनेको थियो । र फाइजरको खोप यूरोप बाहिर लगाउन नै नपाउने स्थिति उत्पन्न भएको थियो ।न्यून तापक्रममा भण्डारण गर्नुपर्ने र आपूर्ति गर्ने क्रममा समेत फ्रिजको उचित ब्यवस्था हुनुपर्ने कारणले फाइजरको खोप विश्वब्यापी पहुँचभन्दा टाढिन गएको थियो । गत् फेब्रुअरी महिनामा अमेरिकाले फाइजर…
Read More
कोभिड महामारीबीच भारतमा शक्तिशाली समुद्री तुफान

कोभिड महामारीबीच भारतमा शक्तिशाली समुद्री तुफान

अत्यन्त शक्तिशाली भनिएको टाउटे तुफान पश्चिमी राज्य गुजरातको तटमा झन्डै २०० किलोमिटर प्रतिघण्टासम्मको वेगमा बज्रिएको छ,सोमवार अबेर भारतीय मौसम विभागले गुजरातमा उक्त तुफान बज्रिन लागेको बताएको थियो। तुफानको केन्द्रबिन्दु तटसम्म आइपुग्न कैयौँ घण्टा लागेको थियो। कतैकतै हावाको वेग १८५ किलोमिटर प्रतिघण्टा पुगेको र त्यसले समुद्रमा १३ फिटसम्म छाल उचालिन सक्ने बताइएको थियो। गुजरात एवम्‌ छिमेकी महाराष्ट्र राज्य उच्च सतर्कतामा रहेका छन्। कोभिडका मामिला दुवै राज्यमा केही समययता घटिरहेका छन्। तर पनि त्यसले पारेका घातक असरहरू अझै अनुभूत भइरहेका छन्। यसबीच महाराष्ट्रको राजधानी मुम्बईको तटपारि व्यापारिक जहाजमा चार सयभन्दा धेरै मानिस फसिरहेको र तीमध्ये ३८ जनाको उद्धार गरिएको नौसेनाले शनिवार साँझ…
Read More
कोभाक्समा खोप उपलब्ध गराउन युनिसेफको सात औद्योगिक राष्ट्रसँग आग्रह

कोभाक्समा खोप उपलब्ध गराउन युनिसेफको सात औद्योगिक राष्ट्रसँग आग्रह

संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)की कार्यकारी निर्देशक हेनरिटा फोरले विश्वका सात प्रमुख औद्योगिक राष्ट्रहरुको समूह (जी–७) का मुलुकहरुलाई आफूसँग बढी भएको कोभिड–१९ विरुद्धको खोप कोभाक्सका लागि उपलब्ध गराउन आग्रह गर्नुभएको छ ।विश्वका न्यून तथा मध्यम आय भएका मुलुकका लागि खोप खरिद एवं वितरण गर्नेगरी विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) मातहत कोभाक्स स्थापना भएको छ । यस कोभाक्समा विभिन्न राष्ट्र, व्यक्ति तथा संस्थाले खोपको व्यवस्था गर्न रकम उपलब्ध गराइरहेका छन् ।बेलायतको राजधानी लन्डनमा आगामी जुन महिनामा जी–७ का नेताहरुको शिखर सम्मेलन हुँदैछ ।वैज्ञानिक अनुसन्धानसम्बन्धी कार्य गर्ने एयरफिनिटी संस्थाले उपलब्ध गराएको नयाँ विवरणमा जी–७ का राष्ट्र एवं युरोपेली युनियनले आगामी जुन, जुलाई र अगस्टमा…
Read More
पश्चिम बंगालमा दुई मन्त्रीसहित त्रिणमुल काङ्ग्रेका चार नेता पक्राउ

पश्चिम बंगालमा दुई मन्त्रीसहित त्रिणमुल काङ्ग्रेका चार नेता पक्राउ

भारतको पश्चिम बङगालमा नारदा स्टिंग घटनाको अनुसन्धान गरिरहेको सिबिआईले सोमबार बिहान त्रिणमुल कांग्रेसका तीन नेतासहित चारजनालाई पक्राउ गरेको छ । पक्राउ गरिएका दुई व्यक्ति त्रिणमुलको नेतृत्वको राज्य सरकारका मन्त्री रहेको बताइएको छ ।पक्राउ पर्ने हरूमा मन्त्रीहरु फिरहाद हकीम र सुब्रत मुखर्जीसहित पूर्वमन्त्री र भारतीय जनता पार्टी (भाजपा) नेता शोभन चटर्जी तथा टिएमसी विधायक मदन मन्त्री रहेका छन् । राज्यपाल जगदीप धनखडले सिबिआईलाई यी नेताहरुविरुद्ध मुद्दा चलाउन अनुमति दिनुभएको बुझिएको छ । आफ्ना नेताहरुको गिरफ्तारीको सूचना पाएलगत्तै मुख्यमन्त्री ममता बेनर्जी सिबिआई कार्यालयमा पुग्नुभएको समाचारलाई भारतीय सञ्चारमाध्यमले विशेष महत्व दिएर सम्प्रेषण गरेका छन् ।सत्ताधारी टिएमसीले यो गिरफ्तारीलाई गैररकानूनी भनेको छ । पार्टीका…
Read More
चीनले अनुदानमा उपलब्ध गराएको पाँच लाख डोज कोभिड–१९ विरुद्धको खोप ढाका आइपुगेको छ

चीनले अनुदानमा उपलब्ध गराएको पाँच लाख डोज कोभिड–१९ विरुद्धको खोप ढाका आइपुगेको छ

बङ्गलादेश वायुसेना (बिएएफ) को विशेष विमानले उक्त खोप बुधबार बिहान राजधानी ढाका ल्याएको हो ।चीनको विशाल औषधि निर्माता सिनोफार्म कम्पनीबाट विकास गरिएको खोप बङ्गलादेशलाई उपलब्ध गराइएको हो । यो खोपलाई बंङ्लादेशको औषधि नियामक निकायले केही दिनअघि आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो ।बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले कोभिड विरुद्धको खोप अभियान गत जनवरी २८ मा शुरु गर्नु भएको थियो । बङ्गलादेशलाई यसअघि भारतले २० लाख डोज कोभिसिल्ड खोप अनुदानमा उपलब्ध गराएको थियो । साथै बङ्गलादेशले भारतको सेरम इन्स्टिच्यूटबाट तीन करोड डोज खोप खरिद गर्न सम्झौता गरिसकेको जनाएको छ ।बङ्गलादेशले खरिदका लागि सम्झौता गरिसकेको खोपमध्य ५० लाख डोज प्राप्त गरिसकेको छ भने…
Read More
इजरायलले मध्य शहर लडमा सङ्कटकालको घोषणा गरेको छ

इजरायलले मध्य शहर लडमा सङ्कटकालको घोषणा गरेको छ

इजरायली सुरक्षाकर्मी र पेलेष्टाइन विद्रोहीबीचको भिडन्त उग्र रुप लिएपछि सङ्कटकालको घोषणा गरिएको हो ।पेलेष्टाइन विद्रोही समूहले इजरायलमा सयौं रकेट प्रहार गरेको छ । इजरायलले गाजा क्षेत्रमा भारी मात्रामा हवाई आक्रमण गरेको छ । पछिल्लो केही समय यता शान्त रहेको इजरायल र प्यालेष्टाइनबीचको पछिल्लो विवादमा कम्तीमा ४० जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । इजरायलको सुरक्षा दस्ताले जेरुसेलममा गरिएको आक्रमणको जवाफमा गाजामा विद्रोही समूहलाई लक्षित गरी हवाई आक्रमण गरिएको जनाएको छ ।प्यालेष्टाइनले भने सोमबारपछि एक हजारभन्दा बढी रकेट मध्य तथा दक्षिणी इजरायल क्षेत्रमा प्रहार गरेको छ । प्यालेष्टाइनले गाजा क्षेत्रमा रहेको एक टावरमाथि हवाई आक्रमण गरेर इजरायलले ध्वस्त बनाएपछि तेल…
Read More
सङ्क्रमितको सङ्ख्या बढेसँगै भारतीय वैज्ञानिकहरु भाइरसको अनुसन्धानमा थप सक्रिय

सङ्क्रमितको सङ्ख्या बढेसँगै भारतीय वैज्ञानिकहरु भाइरसको अनुसन्धानमा थप सक्रिय

भारतमा फेला परेको कोरोनाभाइरस (कोभिड–१९)को चिन्ताजनक नयाँ स्वरुप (भेरिएन्ट) निकै सजिलोसँग फैलिन सक्ने देखिएको छ । तर यस नयाँ स्वरुपको भाइरसलाई ट्र्याक गर्न र यसलाई अझ राम्रोसँग बुझ्नका लागि आवश्यक पर्ने परीक्षण गर्नेतर्फ भारत निकै पछाडि छ ।सोमबार, विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले भाइरसको प्रारम्भिक अनुसन्धानका आधारमा यस नयाँ स्वरुपलाई निकै चिन्ताजनक भनी वर्गीकृत गरेको छ । यस भाइरसको नयाँ स्वरुपलाई डब्लुएचओले पहिला अन्य मुलुकमा समेत फैलिएका बेलायत, दक्षिण अफ्रिका र ब्राजिलका नयाँ स्वरुपका भाइरसकै कोटीमा राखेर अनुसन्धान अघि बढाएको छ ।“हामीलाई यो भाइरसको नयाँ भेरिएन्टका बारेमा धेरैभन्दा धेरै जानकारी चाहिएको छ,” डब्लुएचओकी विज्ञ मारिआ भान कर्खोभले बताउनुभयो । “हामीले थप…
Read More