North-East

क्युबाले कोरोनाभाइरस विरुद्ध आफैंले विकास गरेको खोप ११ लाखभन्दा बढी क्युबालीलाई लगाएको छ

क्युबाले कोरोनाभाइरस विरुद्ध आफैंले विकास गरेको खोप ११ लाखभन्दा बढी क्युबालीलाई लगाएको छ

क्युबाका एक जना बरिष्ट अधिकारीले ११ लाखभन्दा बढी व्यक्तिले कम्तीमा एक डोज खोप लगाएको बिहीबार जानकारी दिनुभयो ।स्वास्थ्य मन्त्रालयका विज्ञान तथा प्रविधि सम्बन्धी निर्देशक एलिएना मोरालेसले कोभिड–१९ विरुद्धको लडाइँमा खोप एउटा अंश भए पनि अरु धेरै काम गर्न बाँकी रहेको बताउनुभयो ।क्युबामा बिहीबार एकै दिन एक हजार २५२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टी हुनुका साथै छ जनाको मृत्यु भएको थियो । क्युबामा हालसम्म एक लाख २९ हजार व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएका र त्यसमध्ये ८४० जनाको मृत्यु भएको छ ।क्युबाले हाल कोभिड–१९ विरुद्ध पाँच किसिमका खोपहरु – सोबराना १, सोबराना २, अब्दला, माम्बिसा र सोबराना प्लस– को अध्ययन गरिरहेको जनाएको छ…
Read More
अफगानिस्तानका विभिन्न क्षेत्रमा भएको २४ घन्टा यताका भएका हिंसात्मक आक्रमणहरुमा परेर २० जना नागरिकको ज्यान गएको छ

अफगानिस्तानका विभिन्न क्षेत्रमा भएको २४ घन्टा यताका भएका हिंसात्मक आक्रमणहरुमा परेर २० जना नागरिकको ज्यान गएको छ

ती आक्रमणमा परेर महिला र बालबालिका पनि मारिएको जनाइएको छ । गएको २४ घन्टा यता यी हिंसात्मक हमला भएकाे बताइएको छ । अफगानिस्तानको पश्चिमी घोर प्रान्तमा गराइएको एक शक्तिशाली विस्फोटनमा परेर एकै परिवारका चार जनाको बुधबार ज्यान गएको थियो ।उक्त प्रान्तका प्रान्तीय गभर्नरको कार्यालयले दिएको जानकारीअनुसार एक जना व्यक्ति, उनकी श्रीमती र दुई जना बच्चाको ज्यान गएको छ । मोटरसाइकलमा यात्रा गरिरहेका उनीहरको घर नजिकैको एक सडकमा बिछ्याइएको विद्युतीय धरापमा परेर उनीहरुको ज्यान गएको थियो ।त्यसैगरी बुधबार राति पनि सोही प्रान्तको कारुम भन्ने स्थानमा पनि सडक छेउमा राखिएको बम विस्फोटमा परेर अरु तीन जना सर्वसाधारण मारिएका छन् । उनीहरु आफ्नो…
Read More
कोभिड नेपाल: कुल मृतक सङ्ख्या छ हजार नाघ्यो

कोभिड नेपाल: कुल मृतक सङ्ख्या छ हजार नाघ्यो

मन्त्रालयले शुक्रवार अपराह्ण सार्वजनिक गरेको तथ्याङ्कमा विगत २४ घण्टामा देशभरि एन्टिजन तथा पीसीआर विधिबाट २३,२२६ वटा परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्। यससँगै कुल मृतकको सङ्ख्या छ हजार नाघेको छ। अहिलेसम्म नेपालमा ६,०२४ जनाको कोभिडका कारण मृत्यु भइसकेको छ। शुक्रवार काठमाण्डू जिल्लामा १,७५२ जनामा तथा भक्तपुरमा २९५ र ललितपुरमा ४०० जनामा कोभिड-१९ पुष्टि भएको हो। केही दिनदेखि मृतकको सङ्ख्यामा नेपाली सेनाले विभिन्न मितिमा अन्तिम संस्कार गरेका व्यक्तिको तथ्याङ्क पनि समाविष्ट भएको मन्त्रालयले जनाएको छ। देशभरि भएका सक्रिय सङ्क्रमितमध्ये ७,६९७ जना संस्थागत आइसोलेशनमा र बाँकी जना घरमै बसिरहेको मन्त्रालयले जनाएको छ। अहिले उपत्यकाका तीन जिल्लामध्ये काठमाण्डूमा २२,१९३ जना, ललितपुरमा…
Read More
इजरेल-प्यालेस्टिनी विद्रोहीबीच लडाइँ अन्त्य

इजरेल-प्यालेस्टिनी विद्रोहीबीच लडाइँ अन्त्य

युद्धविराम स्थानीय समयानुसार शुक्रवार राति २ बजेबाट शुरु भएको छ। प्यालेस्टिनी विद्रोही तथा इजरेलको सुरक्षा क्याबिनेटले इजिप्टको मध्यस्थतामा गरिएको युद्धविरामप्रति स्वीकृति जनाएका छन्। गाजामा विजयोत्सव मनाउन गोली चलाइएका आवाज आएका छन्। तर इजरेलतर्फ रकेट प्रहार रोकिएको छ। अमेरिकी राष्ट्रपति जो बाइडनले युद्धविरामको स्वागत गरेका छन्। यसले मध्येपूर्वमा प्रगतिका निम्ति अवसर दिएको उनले बताएका छन्। युद्धविराम लागु हुनुअगावै बोल्दै उनले इजरेलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग कुरा गरेको र लडाइँ अन्त्य गराएकोमा उनलाई बधाइ दिएको बताएका थिए। साथै बाइडनले युद्धविरामको मध्यस्थता गराएकोमा इजिप्टका राष्ट्रपति सीसीलाई पनि धन्यवाद दिएका छन्। अमेरिका गाजामा मानवीय कार्यहरूको समर्थन गर्न कटिबद्ध रहेको उनले बताए। ब्रिटेनका विदेशमन्त्री डोमिनिक राबले…
Read More
पुलिस र नक्सलवादी बीचको मुठभेड महाराष्ट्रको गडचिरोलीमा भयो। यस भिडन्तमा १ 13 नक्सली मारिएको खबर छ।

पुलिस र नक्सलवादी बीचको मुठभेड महाराष्ट्रको गडचिरोलीमा भयो। यस भिडन्तमा १ 13 नक्सली मारिएको खबर छ।

महाराष्ट्रमा नक्सल विरोधी अभियानको बारेमा एउटा ठूलो खबर आउँदैछ। पुलिस र नक्सलवादीहरु बीचको मुठभेड महाराष्ट्रको गडचिरोलीमा भएको थियो जसमा १ 13 नक्सली मारिएको खबर छ| महाराष्ट्र पुलिसको C-60 इकाई र नक्सलीहरु बीच एक भिडन्त भएको गडचिरोलीका डीआईजी संदीप पाटिलले यो जानकारी दिए। हामीलाई थाहा छ कि गडचिरोली, महाराष्ट्रमा सुरक्षाकर्मी बाहेक, यहाँ बस्ने मानिसहरूलाई पनि नक्सलीले निशाना बनाएका छन्। राज्य पुलिसले यी नक्सल प्रभावित क्षेत्रहरुमा सञ्चालित नक्सलहरुको बिरूद्ध एक अभियान चलाएको छ। यी नक्सली प्रभावित क्षेत्रबाट गाउँलेहरू र नक्सलीहरू बीच द्वन्द्वको खबर छ। पुलिसलाई मात्र यसको साथ यो अभियान पछिदेखि गरिएको छ। यद्यपि पहिलेको तुलनामा मुलुकमा नक्सली गतिविधिमा कमी आएको छ।…
Read More
इजरेलमा मारिएका १० मध्ये दुई जना बालबालिका भएको त्यहाँको स्वास्थ्य सेवाले जनाएको छ।

इजरेलमा मारिएका १० मध्ये दुई जना बालबालिका भएको त्यहाँको स्वास्थ्य सेवाले जनाएको छ।

शनिवार इजरेलले प्रहार गरेको बम गाजा सहरको अल ह्विदा सडकमा बज्रिँदा अल-कावालेक परिवारका कम्तीमा १३ सदस्य आफ्नै घरमा पुरिएर मरेको बताइन्छ। तीमध्ये धेरै बालबालिका थिए र सबैभन्दा कम उमेरका शिशुत त केवल छ महिनाका थिए। "हामीले धुवाँबाहेक केही देखेनौँ," बचेका एक सदस्य साना अल-कावालेकले एउटा अनलाइनलई भनिन्। "मैले मसँगै रहेका छोरा पनि देखिनँ। म उसलाई अँगालो मारिरहेको थिएँ तर देखिरहेको थिइनँ।" इजरेल डिफेन्स फोर्सेजले सो बम आक्रमणलाई असामान्य बताउँदै नागरिकको मृत्यु अनपेक्षित भएको बताएको छ। एक प्रवक्ताले सो हवाई हमलाले एउटा सुरुङलाई ध्वस्त बनाएका कारण घरहरू ढलेको बताएका छन्। मारिएकामा नौ वर्षीया यारा र पाँच वर्षीया रुला थिए। ती दिदीबहिनी…
Read More
अमेरिकी राष्ट्रपति जो बाइडनले इजरेलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई गाजा सङ्घर्ष उल्लेखनीय मत्थर हुने आशा गरेको बताएका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडनले इजरेलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई गाजा सङ्घर्ष उल्लेखनीय मत्थर हुने आशा गरेको बताएका छन्।

ह्वाइट हाउसका अनुसार राष्ट्रपति बाइडनले युद्धविराम तर्फको मार्ग खुलेको हेर्न चाहेको जनाएको छ। इजरेललको बलियो समर्थक अमेरिकाले हालसम्म त्यहाँको लडाइँबारे संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌मा कुनै संयुक्त वक्तव्य जारी हुन दिएको छैन। राष्ट्रपति बाइडनको आह्वानको प्रतिक्रियामा प्रधानमन्त्री नेतान्याहुले चाहिँ इजरेली नागरिकहरूका निम्ति शान्ति सुरक्षा बहाली नभएसम्म सैन्य कारबाही जारी राख्ने दृढता व्यक्त गरेको इजरेली सञ्चारमाध्यमहरूले जनाएका छन्। लडाइँ सुरु भएको १० औँ दिनमा पनि प्यालेस्टिनी विद्रोहीहरूद्वारा रकेट प्रहार अनि इजरेली सेनाद्वारा हवाई आक्रमणको सिलसिला जारी छ। बुधवार लेबननबाट चारवटा रकेट इजरेलमाथि प्रहार गरियो। बदलामा लेबननी क्षेत्रका कैयौँ निशानामा इजरेली सेनाले गोलाबारी गर्‍यो। यसले लडाइँलाई थप चर्काउने हो कि भन्ने स्पष्ट भएको…
Read More
मल सब्सिडी १४०% ले बढाइयो, प्रधानमन्त्रीको कार्यालयले भनेको छ “ऐतिहासिक निर्णय”

मल सब्सिडी १४०% ले बढाइयो, प्रधानमन्त्रीको कार्यालयले भनेको छ “ऐतिहासिक निर्णय”

प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका छन कि "अन्तर्राष्ट्रिय मूल्यवृद्धि भए पनि किसानहरूले पुरानो दरमा मल पाउनु पर्छ … सरकारको प्रयासको मुख्य केन्द्र किसानहरूको हित हो" प्रधानमन्त्री कार्यालयले एक विज्ञप्तिमा भन्यो। प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयले भनेको छ कि केन्द्रले अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिलाई कम गर्न मलमा अनुदानमा पूरै १४० प्रतिशत वृद्धि प्रस्ताव गर्नेछ। सरकारले यस अनुदानमा थप ₹१४,७७५ करोड खर्च गर्ने छ, जसले खर्च जम्मा करिब ₹ ९५,००० करोडमा पुग्नेछ। सरकारले भने किसानहरूले हालको ₹५०० को सट्टा प्रति झोलामा ₹१,२०० सब्सिडी पाउने छन। विश्वव्यापी प्रक्रियामा वृद्धि भएपछि डीएपी वा डि-अमोनियम फास्फेटको झोलाको लागत ₹२,४०० पुगेको छ तर किसानहरूले गत वर्षको ₹१२००मूल्यमा मलको झोला…
Read More
अफगानिस्तानका दुई प्रान्तमा दुई जना अफगान सेना र अरु १७ जना तालिबान मारिएका छन्

अफगानिस्तानका दुई प्रान्तमा दुई जना अफगान सेना र अरु १७ जना तालिबान मारिएका छन्

गएराति अफगानिस्तानको दक्षिणी प्रान्त कुन्दुजमा अफगानिस्तानको राष्ट्रिय सुरक्षा फोर्सको शिविरमा तालिबानहरुले नै आक्रमण गरेका थिए । आक्रमणमा परी अगानिस्तानको सेनाका दुई सदस्य मारिएका छन् । अन्य केही अफगान सैनिक घाइते पनि भएका प्रान्तका एक अधिरकारीले जानकारी दिएका थिए ।आक्रमणपछिको कारबाहीमा परेर तीन जना तालिबान लडाकू पनि मारिएका छन् । राति दोहोरो भिडन्त पनि भएको थियो ।भिडन्तमा परेर अरु केही तालिबानी लडाकूहरु घाइते पनि भएका बताइएको छ । त्यस्तै, बादखसानमा अफगान सेनाले गरेको कारबाहीका क्रममा कम्तीमा पनि १४ जना तालिबानी लडाकू मारिएका छन् । उक्त क्षेत्रमा अफगान सेनाले तालिबानको खोजीका लागि अभियान चलाएको बताइएको छ । त्यस क्षेत्रमा केही समययतादेखि तालिबानका…
Read More
इजरायललाई ७३५ मिलियन डलर बराबरको हतियार बेच्दै अमेरिका

इजरायललाई ७३५ मिलियन डलर बराबरको हतियार बेच्दै अमेरिका

अमेरिकाले इजरायललाई ७३५ मिलियन अमेरिकी डलर(करिब ८६ अर्ब नेपाली) रुपैयाँ बराबरको हतियार बेच्ने भएको छ । इजरायल र प्यालेस्टाइनबीच हिंसात्मक संघर्ष जारी रहेका बेला बाइडेन प्रशासनले इजरायललाई ठूलो परिमाणमा हतियार बेच्न लागेको समाचार सार्वजनिक भएको हो ।  वासिङ्टन पोस्टले बाइडेन प्रशासनले इजरायललाई हतियार बेच्ने प्रस्तावलाई स्वीकृति दिएको समाचार प्रकाशित गरेको छ ।गाजा क्षेत्रमा द्वन्द्व चर्किरहेको समय भए पनि अमेरिकी संसद्मा उक्त प्रस्ताव पास हुने अपेक्षा गरिएको छ । रोयर्टसले अमेरिकी संसद्को उच्च स्रोतलाई उद्धृत गर्दै मे ५ मा इजरायललाई हतियार बेच्न प्रस्तावबारे सूचित गरिएको बताएको छ । अमेरिकाले इजरायललाई हतियार बेच्ने भन्ने समाचार सबैभन्दा पहिले वासिङ्टन पोस्टले प्रकाशित गरेको हो…
Read More