North-East

कोभिड–१९ भाइरस पत्ता लाग्नुअघि वुहान प्रयोगशालामा सङ्क्रमण थिएन : चीन

कोभिड–१९ भाइरस पत्ता लाग्नुअघि वुहान प्रयोगशालामा सङ्क्रमण थिएन : चीन

चीनको हुबेइ प्रान्तको वुहानस्थित प्रयोगशालाका कुनै पनि कर्मचारी वा अनुसन्धानकर्ता कोरोना भाइरसबाट सङ्क्रमित नरहेको चीनले फेरि एक पटक दोहोराएको छ । अमेरिकी गुप्तचर निकायको प्रतिवेदनमा सन् २०१९ को अन्त्यतिर चीनमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनुभन्दा केही हप्ता पहिले वुहानस्थित प्रयोगशालाका तीनजनामा मिल्दोजुल्दो लक्षण देखिएको भन्ने दावीको खण्डन गर्दै चीनको यो भनाइ आएको हो । अमेरिकी गुप्तचरको रिपोर्टपछि कोरोना भाइरसको उत्पतिलाई लिएर अमेरिका र चीनका परस्पर भिन्न भनाइ आउने गरेका छन् । पछिल्लो पटक अमेरिकी गुप्तचर निकायको सूचनापछि वुहानको समुद्री खाद्यान्न बजारबाट नभई प्रयोगशालाबाट भाइरस फैलिएको हुन सक्ने आशंकामा बल पुगेको हो। यसलाई नै मध्यनजर गरेर अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ…
Read More
दिल्लीमा कोभिड सङ्क्रमण दर ०.६८ प्रतिशत, लकडाउन खुकुलो पारिँदै

दिल्लीमा कोभिड सङ्क्रमण दर ०.६८ प्रतिशत, लकडाउन खुकुलो पारिँदै

दिल्लीमा पछिल्लो साता सङ्क्रमण दर ०.६८ प्रतिशत कायम भएको सरकारले तथ्याङ्कमा उल्लेख गरेको छ । दिल्ली शहरमा शुक्रबार ५२३ व्यक्ति सङ्क्रमित भएका र ५० सङ्क्रमितको मृत्यु भएको पुष्टि गरिएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म दुइ करोड ८६ लाख ९४ हजार ८७९ जना सङ्क्रमित भएका छन् । अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको संख्या भने १५ लाख ५५ हजार २४८ रहेको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दैनिक कोभिड–१९ सङ्क्रमण दरमा गिरावट आएपछि नयाँ दिल्ली र वरपरका क्षेत्रमा आउँदो हप्तादेखि लकडाउनलाई थप खुकुलो पार्ने घोषणा गर्ने उहाँ निकट अधिकारीहरूले शनिबार बताएका छन् ।…
Read More
डेनमार्कद्वारा तीन लाख ५८ हजार डोज अस्ट्राजेनिका खोप केन्यालाई प्रदान

डेनमार्कद्वारा तीन लाख ५८ हजार डोज अस्ट्राजेनिका खोप केन्यालाई प्रदान

डेनमार्कले आफूसँग रहेको अस्ट्राजेनिकाको तीन लाख ५८ हजार ७०० डोज खोप अफ्रिकी मुलुक केन्यालाई अनुदानमा उपलब्ध गराउने घोषणा गरेको छ । आगामी जुलाई ३१ मा म्याद समाप्त हुन लागेकाले उक्त खोप जतिसक्दो चाँडो केन्यालाई प्रदान गरिने छ । डेनमार्कले यस वर्ष करिब ३० लाख डोज खोप अन्य राष्ट्रलाई उपलब्ध गराउने योजना बनाएको छ । डेनमार्कका विदेशी सहायता मन्त्री फ्लेमिङ मोलर मर्टेनसेनले एक वक्तव्य जारी गर्दै सबैजना सुरक्षित नहुँदासम्म कोही पनि सुरक्षित हुन नसक्ने बताउनु भएको छ । उहाँले अन्य देशको तुलनामा केन्याले खोप प्राप्त गर्न नसकेका कारण केन्याले कठिन परिस्थितिको सामना गरिरहेको पनि बताउनुभयो । उक्त खोप राष्ट्रसंघीय बालकोष (युनिसेफ)…
Read More
जापानमा जन्मदर घट्यो

जापानमा जन्मदर घट्यो

जापानमा जन्मदरमा कमी आएको देखिएको छ । कोरोनाभाइरसको महामारीका कारण गत बर्ष सन् २०२० मा जापानमा अघिल्लो बर्षकोभन्दा धेरै बालबालिकाको जन्म भएको हो ।जापानमा लामो समयदेखि निरन्तर जनसङ्ख्या घट्दै जाने समस्या रहेको छ । यसले मुलुकको जनसाङ्खीक संरचनामा समेत असर परेको भन्दै चिन्ता व्यक्त भइरहेको छ । स्वदेशी जनसङ्ख्या घटेपछि जापानमा सक्रिय जनशक्तिको समेत अभाव हुन थालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार सन् २०२० मा आठ लाख ४० हजार ८३२ बालबालिकाको जन्म भएको छ । यो सङ्ख्या अघिल्लो बर्षको भन्दा २.८ प्रतिशत कम हो । गत बर्षको जन्मदर जन्मदर्ता सुरु गरेको बर्ष सन् १८९९ देखि कै सवैभन्दा कम भएको…
Read More
कोरोनाविरुद्धको खोप स्पुतनिक-भी ब्राजिलमा पनि प्रयोग गर्न अनुमति

कोरोनाविरुद्धको खोप स्पुतनिक-भी ब्राजिलमा पनि प्रयोग गर्न अनुमति

कोरोनाभाइरस विरुद्धको खोप स्पुतनिक–भी प्रयोग गर्न ब्राजिलमा पनि अनुमति दिइएको छ । ब्राजिलका उच्च सरकारी अधिकारीहरुले खोप प्रयोगका लागि अनुमति दिएको बताएसँगै यो खोप प्रयोग गर्न अनुमति दिने देशहरु्मध्ये ब्राजिल ६७ औँ क्रममा परेको छ । रुसमा विकास गरिएको स्पुतनीक भी खोप कोरोनाभाइरसका विरुद्धमा निकै प्रभावकारी रहेको रुसी स्वास्थ्य अधिकारीहरुले दावी गर्दै आएका छन् । दक्षिण अमेरिकी मुलुकहरुमध्ये सवैभन्दा धेरै जनसङ्ख्या रहेको मुलुक ब्राजिलमा राष्ट्रिय स्वास्थ्य सेवा कार्यालयले सो खोपलाई प्रयोगका लागि अनुमति दिने निर्णय शुक्रबार गरेको हो । कोरोनाभाइरसको महामारी फैलिइरहेको र खोपको अभाव भइरहेका बेला रुसी खोपले अनुमति पाएपछि कोरोनाभाइरसको महामारी न्युनिकरण पहिलाभन्दा प्रभावकारी हुने अपेक्षा गरिएको छ…
Read More
भारतमा कोरोनाभाइरसका एक लाख ३२ हजार ३६४ सङ्क्रमित थपिएका छन्

भारतमा कोरोनाभाइरसका एक लाख ३२ हजार ३६४ सङ्क्रमित थपिएका छन्

पछिल्लो चौबीस घण्टामा २० लाख ७५ हजार ४२८ नमूनाको परीक्षण गरिएको छ ।भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित दुई करोड ८४ लाख ४१ ह्जार ९८६ पुगेको छ । भारतमा हाल १६ लाख ३५ हजार ९९३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । पछिल्लो चौबीस घण्टामा सक्रिय सङ्क्रमित ७७ हजार ४२० ले कमी आएको छ । दैनिक सङ्क्रमण दर ६.३८ प्रतिशत छ ।पछिल्लो चौबीस घण्टामा दुई हजार ७१३ जनाको मृत्यु भएको छ । हालसम्म तीन लाख ४० हजार ७०२ सङ्क्रमितको मृत्यु भएको हो । एकैदिन दुई लाख सात हजार ७१ जना सङ्क्रमित निको भएका छन् ।…
Read More
अमेरिकी राष्ट्रपति जो वाइडेनले बेलायतकी महारानी एलिजावेथ द्वितीयलाई भेट्नुहुने भएको छ

अमेरिकी राष्ट्रपति जो वाइडेनले बेलायतकी महारानी एलिजावेथ द्वितीयलाई भेट्नुहुने भएको छ

उहाँहरुका बीचमा आगामी जुन १३ तारिखमा महारानीको दरबार बकिङहममा भेटवार्ता हुने तय भएको अधिकारीहरुले जनाएका छन् ।बेलायती राजदरबारले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ, “महारानी एलिजावेथले अमेरिकी राष्ट्रपति जो वाइडेनलाई भेट गर्नुहुने भएको छ । भेटका क्रममा अमेरिकी प्रथम महिला जिल वाइडेन समेत सहभागी हुनुहुने छ ।”अमेरिकी राष्ट्रपति वाइडेन केही हप्तापछि हुने जी ७ को सम्मेलनमा सहभागी हुन बेलायत आउने कार्यक्रम रहेको छ । सोही अवसरमा उहाँले बेलायती महारानीलाई भेट्नुहुने भएको हो । राष्ट्रपतिमा निर्वाचित भएपछि वाइेडन दम्पत्तिको यो पहिले विदेश भ्रमण हुने राष्ट्रपति कार्यालयका अधिकारीहरूले जानकारी दिएका छन् ।विश्व राजनीति र अर्थतन्त्रमा निकै महत्वपूर्ण मानिने जी–७ को सम्मेलन यही जुन…
Read More
कोरोना महामारीका कारण यो वर्ष मात्र ७ करोड ५० लाखले रोजगारी गुमाएको अन्तराष्ट्रिय श्रमिक संगठन ९आईएलओ०ले जनाएको छ

कोरोना महामारीका कारण यो वर्ष मात्र ७ करोड ५० लाखले रोजगारी गुमाएको अन्तराष्ट्रिय श्रमिक संगठन ९आईएलओ०ले जनाएको छ

आईएलओका निर्देशक गाय राइडका अनुसार महामारी सुरुहुनुभन्दा अगाडि बेरोजगारको संख्या १८ करोड ७० लाख रहेकोमा अब बढेर २०२२ सम्ममा २० करोड ५० लाख पुग्ने अनुमान गरिएको जानकारी दिनुभयो ।बेरोजगार भएका ३ करोड १० लाख मानिस अत्यन्तै गरिब बन्न पुगेको एक अध्ययनले देखाएको छ ।जुन् संयुक्त राष्ट्रसंघद्धारा निर्धारित १.९० डलर प्रतिदिनको अन्तराष्ट्रिय गरीबी रेखाभन्दा तल हो ।सबै देशको समान स्थिति नभएकाले धनी देशका लागि यो संकट टार्न सहज भए पनि गरिब राष्ट्रका लागि भने चुनौतीपूर्ण हुने निर्देशक राइडको भनाइ छ । न्यून आय भएको देशहरुमा रोजगारी गुमेका कारण परिवारमा गरीबी बढ्ने र त्यसको असर समाजिक सुरक्षामा पर्ने उहाँले चेतावनी दिनुभयो ।गरिब…
Read More
फ्रान्स–चीन ढुवानी रेल सेवा शुरु

फ्रान्स–चीन ढुवानी रेल सेवा शुरु

उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा शुक्रबार रेल दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् । चिनियाँ रेलवे लान्झाउ ब्युरोका अनुसार लान्झाउ–सिनजियाङ रेल्वेको जिन्चाङ खण्डमा शुक्रबार बिहान ५।२५ बजे रेल दुर्घटना भएको हो ।प्रहरी र स्थानीय मानिसले रेल दुर्घटनाका मृतक एवं घाइतेहरुको उद्धार गरेका थिए । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।यसैबीच, चीन र युरोपबीच फ्राइट (सामान ढुवानी)का लागि नयाँ रेल सेवा बुधबार शुरु भएको छ । यो सेवा शुरु भएसँगै चीनको उत्तरी प्रान्त साङ्सी र फ्रान्सबीच सोझो रेल सेवा सम्पर्क स्थापित भएको छ । पचास वटा कन्टेनर लोड गरिएको रेल मध्य साङ्सी प्रान्तबाट बुधबार फ्रान्सको राजधानी पेरिसका…
Read More
भियतनामले सिनोफार्मको खोपलाई अनुमति दियो

भियतनामले सिनोफार्मको खोपलाई अनुमति दियो

भियतनामको स्वास्थ्य मन्त्रालयले चीनको औषधि निर्माता सिनोफार्म कम्पनीले निर्माण गरेको कोभिड–१९ को खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ। भियतनामका उप स्वास्थ्यमन्त्री ट्रुओङ क्वोक कुओङले सिनोफार्मको खोपलाई बिहीबार स्वीकृति गर्नुभएको थियो । भियतनामले यसअघि अस्ट्राजेनिका र स्पुतनिक भी खोपलाई अनुमति दिइसकेको छ। गत अप्रिल महिनाको अन्त्यदेखि भियतनाममा कोभिड–१९ को संक्रमण बढी देखिएको छ। शुक्रबारसम्म भियतनाममा गत अप्रिल २७ यता करिब पाँच हजार व्यक्तिमा कोभिड संक्रमण पुष्टि भएको छ । योसहित भियतनाममा छ हजार ५७७ जना सङ्क्रमित भएका छन्। सिनोफार्मको कोभिड–१९ विरुद्धको खोपलाई विश्व स्वास्थ्य सङ्गठनले आपतकालीन प्रयोगका लागि गत मे महिनामा अनुमति दिएको थियो यसैबीच, चीनमा बुधबारसम्म ७० करोड ४८ लाख…
Read More