10
Jun
जो बाइडेन अमेरिकाका राष्ट्रपति बनेपछि पहिलो पटक आफ्नो विदेश भ्रमणमा बेलायत पुगेका छन् जहाँ उनले रुसमाथि निशाना साँधेका छन् । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाईरुसले हानी पुर्याउने खालका गतिविधिमा समावेश भए यसका लागि बलियो र सार्थक परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । बाइडेन जीसेभेन देशको शिखर सम्मेलनका लागि बुधबार बेलायत पुगेका छन् । सम्मेलनका बेला उनी नयाँ ‘एट्लान्टिक चार्टर’ बारे चर्चा गर्नका लागि बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँग भेटघाट गर्नेछन् । यो एक तरिकाले सन् १९१४ मा विन्स्टन चर्चिल र फ्रेंकलिन रुजवेल्टबीच भएको सम्झौताको आधुनिक संस्करण हुनेछ जसमा जलवायु परिवर्तन र सुरक्षा जस्ता चुनौतीलाई पनि महत्व दिइनेछ । आफ्नो आठ दिनको…
