11
Jun
बलिउडका दिग्गज अभिनेता दिलीपकुमार अस्पतालबाट डिस्चार्ज भएका छन् । फैजल फारुकीले सामाजिक सञ्जालबाट दिलीपकुमार अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएकी हुन् । उनले लेखेकी छन्– ‘तपाईंहरुको प्रेम, स्नेह र प्रार्थनाले दिलीप साहब अस्पतालबाट घर फर्किएका छन् ।’ दिलीप कुमारलाई गत आइतबार स्वासप्रस्वासमा समस्या देखिए पछि हिन्दुजा अस्पताल भर्ना गरिएको थियो । गत महिना पनि दिलीपकुमार अस्पताल भर्ना भएका थिए । सो समय पनि उनलाई सास फेर्न गाह्रो भएको बताइएको थियो ।अभिनेता दिलीप कुमारको वास्तविक नाम मोहम्मद युसुफ खान हो । उनले ‘ज्वार भाटा’, ‘अन्दाज’, ‘आन’, ‘देवदास’, ‘आजाद’, ‘मुगल ए आजाद’, ‘गंगा जमुना’, ‘क्रान्ति’, ‘कर्मा’ र ‘सौदागर’ जस्ता ५० भन्दा बढी बलिउड…
