15
Jul
अमेरिकाले नेतृत्व गरेको सुरक्षा फौजलाई अनुवादमा सहयोग गरेका अफगान दोभासेहरूलाई उसले उद्धार गर्न लागेको छ। अपरेसन एलाइज रिफ्युजी जुलाई महिनाको अन्त्यमा सुरु हुने ह्वाइट हाउसले जनाएको छ। अमेरिकी राष्ट्रपति जो बाइडनले सेप्टेम्बर ११ तारिखसम्ममा आफ्ना सेना फिर्ता लिने समय सीमा तोकेसँगै ह्वाइट हाउसले पछिल्लो तयारी गरेको हो। ''यी बहादुर व्यक्तिहरू हुन्। उनीहरूले विगत धेरै वर्षहरूमा खेलेको भूमिकालाई हामी सम्मान गर्न र त्यसको महत्त्व बुझ्न चाहन्छौँ,'' ह्वाइट हाउसकी एक जना प्रवक्ता जेन साकीले एउटा पत्रकार सम्मेलनमा भनिन्। रोयटर्स समाचार संस्थासँग बोल्दै एक जना अधिकारीले सुरुवाती चरणमा झन्डै २,५०० जनालाई उद्धार गरिने र उनीहरूको भिसासम्बन्धी कामहरू भइरहँदा उनीहरूलाई अमेरिकामै वा अन्य कुनै…
